समाज

    Showing 10,351-10,360 of 11,092 items.
  • ताप्लेजुङमा भीरबाट लडेर एकको मृत्यु

    ताप्लेजुङ / ताप्लेजुङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका –२ आजुङका खेम्जु शेर्पा रहेका छन् । शेर्पा सोमबार राती १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा खाम्दाके भीरबाट अन्दाजी २० मिटर तल खसेका थिए । भीरबाट खसी घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा राती ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । 

    • प्रकाशित मितिः असार २२, २०७८
    • 373 पटक पढिएको
  • टेङ्ग्रा खोलामा डुबी ९ वर्षीया बालिका बेपत्ता

    सुनसरी / सुनसरीको टेङ्ग्रा खेलामा डुबेर एक बालीका बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा भारतको बसमतिया घर भई हाल सितागंगा बस्ने ९ वर्षीया जिबीका यादव रहेकी छिन् । सुनसरीको बर्जु गाउँपालिका –५ टेङ्ग्रा खोला किनारमा बाख्रा चराउन गएकी यादवको हिजो बेलुका साढे ५ बजे खोलामा डुबी बेपत्ता भएकी हुन्। घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय सितागंजबाट प्रहरी टोली खटिई खोजतलास भइरहेको छ ।

    • प्रकाशित मितिः असार २२, २०७८
    • 388 पटक पढिएको
  • भीरबाट लडेर एक बालकको मृत्यु

    उदयपुर / उदयपुरमा भीरबाट लडी एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई नगरपालिका –४ बेल्बासेका १३ वर्षीय सबशाल सार्की रहेका छन् । उनको आइतबार अपरान्ह पौने ५ बजे घर नजिकै रहेको जंरगेडाँडा भीरमा बाख्रा चराउन गएका वेला सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    • प्रकाशित मितिः असार २१, २०७८
    • 106 पटक पढिएको
  • पाटेबाघको आक्रमणबाट एकको मृत्यु

    बर्दिया / पाटेबाघले आक्रमण गर्दा बर्दियामा एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ बस्ने ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् ।घरबाट दाउरा खोज्न गएका खत्री आइतबारदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा नेपाल-भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक बनभित्र शव फेला परेको सशस्त्र सिमा सुरक्षा बल भग्रैयाका प्रहरी निरीक्षक अस्मित थापाले जानकारी दिएका छन्।बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित

    • प्रकाशित मितिः असार २१, २०७८
    • 139 पटक पढिएको
  • पौडी खेल्न गएका दुई बालक खोलाले बगाएर बेपत्ता

    पाँचथर / पाँचथरको याङवरक गाउँपालिका –४ काबेली खोलामा पौडी खेल्न गएका २ बालक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ रहेका छन् । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनीहरू मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा उद्धार सामाग्री सहितको  टोली खटि गई खोजतलास भइरहेको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 149 पटक पढिएको
  • हिमाली समाजद्वारा ९ बालबालिकाको उद्धार

    काठमाडौँ  / हिमाली नवीन समाजले हुम्लाका नौ जना बालबालिकाको उद्धार गरि परिवारलाई जिम्मा लगाएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँ लगिएका खार्पुनाथ र आदानचुली गाउँपालिका बालबालिकालाई परिवारको जिम्मा लगाएको हो ।  आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगरपालिका –६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट उनीहरूलाई उद्धार गरिएको हो । राष्ट्रिय बाल अधिकार परिषद

    • प्रकाशित मितिः असार २१, २०७८
    • 131 पटक पढिएको
  • उपत्यकामा जोर-बिजोर प्रणली हट्यो

    काठमाण्डौँ / काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाइएको छ। निषेधाज्ञा भने असार ३१ गतेसम्म जारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।निषेधाज्ञामा सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो।माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।सभा, सम्मेलन तथा कुनै प्रकारको भिडभाड

    • प्रकाशित मितिः असार २१, २०७८
    • 137 पटक पढिएको
  • उपत्यकामा बिहान भूकम्पको धक्का

    काठमाण्डौ / काठमाण्डौ उपत्यकामा बिहान भूकम्पको महसुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर आसपास केन्द्रबिन्दु भएर ३ .२ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।विनाशकारी ‘गोरखा भूकम्प’ कै परकम्प भएको केन्द्रले जनाएको छ ।

    • प्रकाशित मितिः असार २१, २०७८
    • 171 पटक पढिएको
  • बाढी, पहिरो पीडितलाई सरकारद्वारा प्रतिपरिवार ५० हजार राहत

    बिर्तामोड / गृहमन्त्री विष्णुप्रसाद पौडेलले बाढी, पहिरोबाट क्षति भएका ५ सय ७२ परिवारलाई ५० हजारका दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि ५० हजारका दरले राहत दिइने जानकारी गराएका हुन् ।मन्त्री पौडेलले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’उनले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५ सय ६५ घरमा प

    • प्रकाशित मितिः असार २०, २०७८
    • 138 पटक पढिएको
  • म माथि आक्रमण भयोः सिग्देल

    बिर्तामोड / ढल बनाउने विषयमा विवाद हुँदा मेचीनगर –१३ का वडा अध्यक्ष कृष्णराज सिग्देल र सोही ठाउँका अर्जुन थेबे दुवैले आफूमाथि आक्रमण भएको बताएका छन्। जेसिबि लिएर ढल बनाउन चारआली आएका सिग्देल र थेबे बीच शुक्रबार बिहान हात हालाहाल भएको थियो । सोही क्रममा दुवैजना सामान्य घाइते भएका थिए। थेबेको टाउकोमा चोट लागेको छ। त्यस ठाउँका १२ वटा घर डुबानमा परेको विषयमा वादविवाद हुँदा स्थानीय अर्जुन थेबेले वडाध्यक्ष  सिग्देललाई कुटपिट गरेको उनले बताएका छन्। दुवैले स्थानीय अस्पतालबाट उपचार लिएका छन्।घटना विवरण अनसार भारी वर्षाका कारण मेचीनगर वडा नं. १३ को चारआलीस्थित काँकरभिट्टा रोडमा १२ घर डुबा

    • प्रकाशित मितिः असार २०, २०७८
    • 323 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.