समाज

    Showing 10,401-10,410 of 11,092 items.
  • बलात्कार गरेको आरोपमा युवक पक्राउ

    काठमाडौँ / बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका –८ का २३ वर्षीय जयराम चौलागाई रहेका छन् । धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौँको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलीखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।बालिकाको बयानका आधारमा ज

    • प्रकाशित मितिः असार ७, २०७८
    • 125 पटक पढिएको
  • पर्सामा सेनाका जवान गोली लागि घाइते

    पर्सा / पर्सामा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाही गोली लागि घाइते भएका छन् । घाइते हुनेमा पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान रहेका छन् । गणको कार्यालय भवन पछाडिको पोस्टमा आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा खटिएका उनको ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउन्ड फायर भएर घाइते अवस्थामा भेटिएका थिए । उनको बायाँ चिउँडोको मुनि घाँटीको भाग र दाहिने आँखाको मुनि अनुहारको भागमा एन –१६ राइफलको गोली लागेको घाउ छ ।  घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफै

    • प्रकाशित मितिः असार ७, २०७८
    • 218 पटक पढिएको
  • ४० हजार घुस सहित वन अधिकृत पक्राउ

    बिर्तामोड / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङका वन अधिकृतलाई ४० हजार नगद सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नीलकण्ठ सव –डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले आइतबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सिर्जना गरेर घूस माग गरेको उजुरी निवेदनको आधारमा पक्राउ गरेको बताए ।‘पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने आयोगका प्रवक्ता रिसालल

    • प्रकाशित मितिः असार ६, २०७८
    • 412 पटक पढिएको
  • ५ लाख नगद सहित चोरीमा संलग्न २ पक्राउ

    मोरङ / मोरङको विराटनगरमा ५ लाख नगद सहित सरसामानहरू चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –११ का २९ वर्षीय सञ्जय भन्ने अंगत चौधरी र विराटनगर –६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी थान –१, कानमा लगाउने झुम्का थान –३, टिभी थान –१, मोबाइल थान –२, फलामे कराई थान –१, फलामे औजार थान –४, चाँदीको सिक्री थान –१ र नेपाली नगद ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो । पक्राउ

    • प्रकाशित मितिः असार ६, २०७८
    • 246 पटक पढिएको
  • मोरङमा रकम ठगी गर्ने २ पक्राउ

    इटहरी / मोरङको रतुवामाई नगरपालिका –१० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका –६ जुटबिकास का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ वर्षीया पुष्प प्रसाद सिग्देल रहेका छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईबेनी स – मिलबाट रकम उठाउन आएको पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ता

    • प्रकाशित मितिः असार ६, २०७८
    • 556 पटक पढिएको
  • लडेर घाइते भएकी बालिकाको चार दिनपछि हेलिकप्टरमार्फत उद्धार

    बाजुरा / बाजुरामा भीरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका –१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनको चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थियो ।  किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण  उद्धार हुन सकेको थिएन । आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको र आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए । उनी गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ

    • प्रकाशित मितिः असार ६, २०७८
    • 134 पटक पढिएको
  • महाकालीमा आएको बाढीले बाँध बगाउँदा ८ घर डुबानमा

    धनगढी / महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटरवेल पुलको बाँध बगाउँदा ८ घर डुबानमा परेका छन् ।शनिबार राति आएको बाढीले भीमदत्त नगरपालिका –१२ ओदाली स्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको बाँध बगाएको हो । उक्त पुलको बाँध बगाउँदा तटीय क्षेत्र नजिकै पर्ने दोधारा चाँदनी नगरपालिका –१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका करिब ७० घरमा क्षति पुगेको र ८ परिवार पूर्णरुपमा विस्थापित भएको प्रहरीले जनाएको छ । । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति नभएको बताएका छन् ।  

    • प्रकाशित मितिः असार ६, २०७८
    • 215 पटक पढिएको
  • अपराध : मस्ट वान्टेड अपराधी यादव भारतबाट पक्राउ

    बिर्तामोड / नेपालका तराईका जिल्ला र भारतको विहारमा भएका दर्जनौं अपराधका घटनामा संलग्न मानिएका आरके यादव भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।नेपाल र भारतका विभिन्न ठाउँमा बसेर आपराधिक गिरोह सञ्चालन गर्दै आएका यादव नयाँ दिल्लीबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हत्या, चोरी, डकैती, अपहरण र लुटपाटका दर्जनौं घटनामा संलग्न मानिएका उनको लामो समयदेखि नेपाल र भारतका प्रहरीले खोजी गर्दै आएका थिए ।सिरहाको झिजोलका स्थानीय सामोननाथ यादवको अपहरण र फिरौती मागेको घटनामा आरके यादव कै गिरोह संलग्न रह

    • प्रकाशित मितिः असार ५, २०७८
    • 559 पटक पढिएको
  • रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन

    दोलखा  / पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीको नेपालसँग सीमा जोडिएको लप्चीनजिकै पहिरो गएर रोङसी खोला थुनिएको हो ।पहिरोले थुनिएको खोला ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको उनले बताए । ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ,’ उनले भने, ‘उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल फुटाउने काम भइर

    • प्रकाशित मितिः असार ५, २०७८
    • 134 पटक पढिएको
  • सडक दुर्घटनाबाट सञ्चारकर्मीको मृत्यु

    महोत्तरी / महोत्तरीमा सडक दुर्घटनामा परी एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो ।रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकला

    • प्रकाशित मितिः असार ५, २०७८
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.