समाज

    Showing 10,411-10,420 of 11,092 items.
  • धादिङमा पहिराले डोजर पुरिँदा दुई बेपत्ता

    धादिङ / धादिङको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

    • प्रकाशित मितिः असार ५, २०७८
    • 145 पटक पढिएको
  • कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन

    काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गर्न थालिएको छ । काठमाडौको पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा घण्टौँ पालो कुर्नुपर्ने अवस्था आएपछि काभ्रेपलाञ्चोकमै व्यवस्थापन शुरु गरिएको जनाइएको छ ।जिल्लास्थित कोभिड –१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि जिल्लामै शव व्यवस्थापन गर्न गत महिना वैकल्पिक तयारीको निर्णयसमेत गरेको थियो । “काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो”, केन्द्र संयोजक एवं प्रमुख जिल्

    • प्रकाशित मितिः असार ५, २०७८
    • 131 पटक पढिएको
  • अन्तरजातीय बिवाह गर्नेलाई आफ्नै बुवाको अन्तिम संस्कार गर्न दिइएन

    ओखलढुंगा / ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३ ताप्केडाँडा मा अन्तरजातीय बिवाह गरेको भन्दै आफ्नै बुवाको अन्तिम संस्कार गर्न नदिइएको पाईएको छ ।स्थानिय मित्रबहादुर तामाङको निधनपछि उनका अन्तरजातीय बिवाह गर्ने उनका दुई छोरालाई आफ्नै बुवाको अन्तिम संस्कार गर्न नदिइएको हो ।आफ्नै घरमा गत जेठ २९ मा निधन भएका तामाङका चार छोरामध्ये अन्तरजातीय विवाह गरेको भन्दै माइला छोरा शंकर  र कान्छा प्रदीपलाई अन्त्येष्टिमा जानबाट रोक लगाईएको हो ।वडाअध्यक्ष बलबहादुर तामाङले नै स्थानियलाई उचालेर आफ्ना बुवाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागि हुन नदिइएको शंकर र प्रदीपले बताएका छन् ।वडाअध्यक्षले नै स्थानियलाई उकासेर

    • प्रकाशित मितिः असार ४, २०७८
    • 216 पटक पढिएको
  • लडेर २ जनाको मृत्यु

    बिर्तामोड / ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । ओखलढुङगा सिद्दिचरण नगरपालिका –४ रुम्जाटार का  ६७ बर्षीय बिर बहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ । त्यस्तै आज बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका –३ का ३९ बर्षीय जय कुमार राईको सोही स्थानको फुस्रेडाडाको भिरबाट लडि मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी ट

    • प्रकाशित मितिः असार ४, २०७८
    • 114 पटक पढिएको
  • मोरङमा हात्तीको आक्रमणबाट युवकको मृत्यु

     मोरङ / मोरङको सुनवर्षि नगरपालिका –८ हर्चनगडीमा हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृतयु हुनेमा कुडेली घर भएका २० बर्षका मनोहर मिया रहेका छन् ।  शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न जादाँ उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते भएका मनोहर को उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताला मृत्यु भएको प्रहरीले जनाएको छ ।जंगली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रंगेली –५ स्थित आमगाछी हुदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए । 

    • प्रकाशित मितिः असार ४, २०७८
    • 119 पटक पढिएको
  • बाढी पहिरो र हिमपातमा परी ६० वेपता

    बिर्तामोड / मनाङमा परेको हिमपात र बाढी–पहिरोमा परी यार्चागुम्बा टिप्न गएका ६० जना बेपत्ता भएका छन् । फू गाउँको लेकमा यार्चागुम्बा संकलन गर्न १ सय १० जना गएका थिए ।  १ सय १० मध्ये ६० जना सम्पर्कविहीन भएका मनाङका डीएसपी सुवास खड्काले बताए । उनका अनुसार उक्त क्षेत्रमा गत सोमबारदेखि निरन्तर पानी परिरहेको छ । उनीहरू गएको ठाउँमाथि हिमालमा हिमपात भएको र यार्चागुम्बा खोज्ने ठाउँमा पनि बाढी आएको डीएसपी खड्काको भनाई छ ।फू गाउँबाट दुई दिन लाग्ने लेकतिर उनीहरू गत १५ जेठमा गएका थिए । ‘१ सय १० जनामध्ये नामयुङ लेक गएका ५० जना मात्र सम्पर्कमा छन्’, खड्काले भने, ‘लघु लेक र कुलुङ लेक गएका ३०र३० जनाको

    • प्रकाशित मितिः असार ४, २०७८
    • 143 पटक पढिएको
  • सेतीमा पानीको बहाव बढेकाले सतर्क रहन आग्रह

    डोटी / केही दिन देखि लगातार परेको वर्षाका कारण डोटीको सेती नदिमा पानीको बहाव बढेको छ ।  जिल्ला प्रशासन कार्यालयले पनीको बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन सबै नागरिकलाई आग्रह गरेको छ ।डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो ।केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ । सेती नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरख

    • प्रकाशित मितिः असार ४, २०७८
    • 129 पटक पढिएको
  • प्रहरीलाई सफलता : सरिताको हत्यामा आफ्नै प्रेमी संलग्न

    विराटनगर / मोरङको कानेपोखरी –१ होक्लाबारीकी ३२ वर्षीय सरीता सोरेनको हत्यामा उनकै प्रेमी संलग्न रहेको खुलासा भएको छ । घटनाका विषयमा अनुशन्धान गरीरहेको प्रहरीले भारतबाट उनकै प्रेमी रतुवामाई –६ का ३० वर्षीय सुफल हस्तालाई पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो ।हत्याको ४५ दिनपछि अनुसन्धानमा संलग्न प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनकै प्रेमी हस्तालाई भारतबाट पक्राउ गरेर ल्याएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेको र थप अनुशन्धान भईरहेको बताएका छन् ।गत वैशाख १९ गते रतुवामाई –४ भद्र चौक स्थित रामप्रसाद भण्डारीको मकैबारीमा सरिता अर्ध

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,003 पटक पढिएको
  • पेस्तोल सहित ३ पक्राउ

    गाईघाट / प्रहरीले त्रियुगा नगरपालिका–३ मोतिगढाबाट पेस्तोल सहित ३ जनालाई बुधबार राति पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा ८ का २३ वर्षीय बबि चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरु बसेको घर खानतलासी गर्ने क्रममा एक थान पेस्तोल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः असार ३, २०७८
    • 123 पटक पढिएको
  • सुनचाँदी पसलेलाई गोली हानी लाखौंको चोरी

    जनकपुरधाम / महोत्तरीको सम्सी गाउँपालिकामा सुनचाँदी पसलेलाई गोली हानी एक समूहले लाखौँको धनमाल चोरी गरेको छ ।सम्सी गाउँपालिका –१ स्थित सम्सी–गौशालामा आफ्नै घरमा राजीव ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेका वीरेन्द्र साहको घरमा गए राति एक समूहले गोली र रड प्रहार गर्दै घरका सबै सदस्यलाई घाइते बनाएर लाखौँको धनमाल लुटपाट गरेका हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले राति २ बजेको समयमा नौ दश जनाको समूहमा घरको पछाडिको ढोका फोडेर आएको उक्त समूहले नलकटुवा पेस्तोलले घरमूली ५० वर्षीय वीरेन्द्र साहको ढाडमा गोली हानेका बताएका छन् । साथै उनकी श्रीमती ४५ वर्षीया सुशील

    • प्रकाशित मितिः असार ३, २०७८
    • 143 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.