समाज

    Showing 10,441-10,450 of 11,092 items.
  • बेलबारी नगरपालिकामा बोका सहित प्रर्दशन (भिडियोसहित)

    बेलबारी / मोरङको बेलबारी नगरपालिकाको बोका वितरणमा भ्रष्टचार भएको भन्दै स्थानियले नगरपालिकाको गेटमा बोका सहित प्रर्दशन गरेका छन् ।दुई साताअघि नगरपालिकाले अष्ट्रेलियाबाट ल्याएको भन्दै  बोयर जातको बाख्रा बितरण गरेको थियो । स्थानियलाई नवलपरासीबाट बाख्रा ल्याएर अष्ट्रेलियन बोयर भन्दै वितरण गरेको खुलेपछि स्थानियले यो विषयमा छानविन र कारवाहीको माग गर्दै आएका छन् ।किसानको आँखामा छारो हालेर भ्रष्टाचार गरेको भन्दै स्थानियले बोकासहित प्रर्दशन गरेका हुन । भ्रष्टाचारको विरोधमा आन्दोलन गर्दै आएका स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  इटहरी स्थित कार्यलयमा समेत यो विषयमा उजुरी गरेर कार

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 973 पटक पढिएको
  • एउटै फार्ममा तीन लाख कुखुरा

    चितवन / पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको दाउन्ने कर्पोरेटअन्तर्गतको दाउन्ने एग्रोफार्ममा तीन लाख लेयर्स कुखुरा पुगेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ सुनही सर्दीमा दाउन्ने एग्रोफार्म रहेको छ ।पैँतीस बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १९ महिनाअघि पहिलो पटक ५० हजार चल्ला राखेर कुखुरापालन शुरु गरिएको थियो । क्रमशः बढाउँदै लगेर हाल यो सङ्ख्या तीन लाखमाथि पुर्याइएको फार्मका सुपरभाइजर भुवन लामिछानेले जानकारी दिए ।झलक्क हेर्दा विदेशको अनुभूति हुने अत्याधुनिक खोरहरु त्यहाँ रहेका छन् । स्वचालित यन्त्रहरुबाट कम जनशक्तिमा फार्मको व्यवस्थापन गरिएको लामिछानेले ब

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 152 पटक पढिएको
  • पानीमा डुबेर २ जना बालिकाको मृत्यु

    सुनसरी / सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ । आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका –७ का प्रदिप दनुवारको २ बर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडी रहेको नहरमा डुबीकी थिइन् । उनलाई  उपचारको लागी बिराट मेडिकल कलेज टंकी मोरङ पुर्‍याउदा मृत्यु भई सकेको थियो । त्यस्तै आईतबार दिनको साढे ३ बजे  सुनसरीकै बराहक्षेत्र नगरपालिका –५ ठिकि टोल का भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भई घोपा धरानमा लगी उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 127 पटक पढिएको
  • लागुऔषध सहित एक जना पक्राउ

    बिर्तामोड / झापाको कमल गाउँपालिकाबाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका –३ का २२ बर्षीय प्रज्वल बानियाँ रहेका छन् । विशेष सूचनाका आधारमा दमकबाट खटिएको प्रहरी टोलीले बानियाँको घरबाट खोजतलास गर्दा ४ (ग्राम) ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले बताएका छन् । बानियालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 174 पटक पढिएको
  • रुखको हागाले लागेर एक युवकको मृत्यु

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका –७ पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका –८ धितुङ का २२  बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै कानुनि प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 120 पटक पढिएको
  • तनहुँमा बन्यो रूखमाथि आकर्षण घर

    तनहुँ / तनहुँको म्याग्दे गाउँपालिका –२ स्थित ज्यानटाङ समुदायिक बनमा रुखमाथि घर निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सामुदायिक वनमा  रूखमाथि घर बनाइएको हो । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर  निषेधाज्ञाकै बीचमा पनि दैनिक १५–२० जना सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् । रूखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिए पनि उद्यानको काम भने पूरा नसकिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यका रुपमा विकास

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 131 पटक पढिएको
  • सङ्घद्धारा चालकलाई खोपको व्यवस्था गर्न सरकारसँग माग

    काठमाडौँ / नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले कोरोन सङ्क्रमण विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने सङ्घले जनाएको छ । सङ्घले आज नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो ।सङ्घले दोस्रो लहरको  सङ्क्रमणका कारण ट्याङ्कर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै  थप जोखिम मोलेर पेट्रोलियम पदार्थकोे ढुवानी नगर्ने बताएका हुन् ।सङ्घका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 133 पटक पढिएको
  • पाँचथरमा ७९ वर्षीय वृद्धको हत्या

    पाँचथर / पाँचथरको फिदिम नगरपालिका –४ जोरसालमा एक वृद्धको हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक रूपमा अशक्त छिन् । सासूससुरा भेट्न मृतककी बुहारी आज बिहान त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ । मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन् । गत बिहीवारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनको हत्या भएको ह

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 121 पटक पढिएको
  • डोटीमा प्रहरीद्वारा बालविवाह बदर

    डोटी / डोटीमा उमेर नपुगी गरिएको एक बालविवाहलाई प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज बालिकाकोे विवाह भएको भन्दै रद्द गराइपाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिनपश्चात उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो ।विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेन

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 127 पटक पढिएको
  • मौसम पूर्वानुमान महाशाखा : मनसुन प्रवेशसँगै उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले शनिबार विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगाय

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.