समाज

    Showing 10,481-10,490 of 11,092 items.
  • पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन

    काठमाडौँ / पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव समेत भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 114 पटक पढिएको
  • सर्दु खोला उत्खनन् : स्थानिय माथि ठेकेदार समुहको भौतिक आक्रमण(भिडियोसहित)

    इटहरी / धरानको सर्दु खोलामा भईरहेको उत्खनन रोक्न पुगेका स्थानिय माथि ठेकेदारको समुहले भौतिक आक्रमण गरेको छ । बुधवार दिउँसो उत्खनन रोक्न खोलामा पुगेको स्थानीयमाथि ठेकेदार समुहले आक्रमण गरेको हो ।आक्रमणमा परि स्थानिय नेता समेत रहेका हर्क साम्पाङ र  राजेश खिम्दुङ सहित छ स्थानिय घाईते भएका छन् । उत्खनन स्थलमा रहेका ठेकेदार समर्थित युवाको समुहले स्थानीयमाथि भौतिक आक्रमण गरेको हो ।आक्रमणमा परि घाईते भएका साम्पाङ लगायतले मापदण्ड विपरीत भइरहेको उत्खननको विरोध गर्दै आएको छ ।घाइते खिम्दुङले गुण्डागर्दी शैलीमा स्थानिय माथि आक्रमण भएको बताएका छन् । मोटरसाईकलमा आएको ठेकेदार समर्थित युवाको समुहले आक्रम

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 1,097 पटक पढिएको
  • व्यापारीले चैते धानको आफूखुशी मूल्य तोक्दा झापाका किसान चिन्तित

    बितामोड / झापाका किसान चैते धानको उचित मूल्य नपाउँदा निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिदिए पछि व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले किसानहरु मारमा परेका हुन् । खेती गर्दा लागेको लागत अनुसार धानको उचित मूल्य नपाएको भन्दै सरकरले धान खरिदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग रहेको छ । यहाँका किसानले विजी जातको चैते धान लगाएका थिए । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् । गौरीगञ्ज गाउँपालिका –१ महाभारा स्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले केही दिन अघिसम्म प्रतिमन रु ७ सय ५० बिक्री हुँदै आएको चैते

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 249 पटक पढिएको
  • झपामा करेन्ट लागेर बालकको मृत्यु

     विर्तामोड / विर्तामोड नगरपालिका –१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । छ दिन अघि मात्र कचनकवल गाउँपालिका –६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 287 पटक पढिएको
  • कर्णाली सरकारद्धारा गोठालोलाई मासिक भत्ता

    कर्णाली / कर्णाली प्रदेश सरकारले दश ओटा जिल्लामा लागु हुने गरी  ‘गोठालो भत्ता’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जीवनभरि कृषि पेशामा गरेर ६० बर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक ५०० दिनेगरी ‘कृषक पेन्सन’ कार्यक्रम सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार प्राप्त गर्नेछन् । भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए ।“नेपाल कृषि प्रधान देश भनिए पनि पछिल्लो समयमा कृषि पेशा

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 134 पटक पढिएको
  • आगलागीबाट घाइते भएकी महीलाको उपचारका क्रममा मृत्यु

    पाँचथर / पाँचथरमा सोमबार राति आगलागीमा परी घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका –४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो । आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् । आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाती मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइ

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 118 पटक पढिएको
  • ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता

    काठमाडौँ / राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सनले ज्येष्ठ नागरिकको सम्मानका लागि कविता प्रतियोगिता गर्ने भएको छ । असार १ गतेदेखी भर्चुअल माध्यमबाट उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता गर्ने भएको हो ।नेशनल प्याब्सनका अध्यक्ष खड्गबहादुर बस्नेतले ज्येष्ठ नागरिकको दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । “कविता प्र्रतियोगिताले स–साना बालबालिकालाई ज्येष्ठ नागरिकप्रति सम्मान गर्नका लागि थप सहयोग पुग्ने विश्वास लिएका छौँ”, अध्यक्ष बस्नेतले भने ।नेशनल प्याब्सनका सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले ज्

    • प्रकाशित मितिः जेठ २६, २०७८
    • 118 पटक पढिएको
  • जीविका चलाउन मजदूरी गर्दै थारु महिला

    कैलाली / कैलालीको टीकापुरका २५ वर्षीया बबिता चौधरी श्रीमानसँगै मजदूरी गर्न कञ्चनपुरको महेन्द्रनगर पुगेको वर्षौं भयो । अढाई वर्षीय छोरालाई डेरामै छाडेर घर निर्माणमा मजदूरी गर्न जाने गरेकी बबिता आर्थिक अवस्था कमजोर हुँदा नै बाध्यताले कडा परिश्रम गरेर जीविका चलाउनु परेको पीडा पोख्छन् ।उनिहरु दुवैको कमाइले जीविका चलिरहेको छ । “कमाएको मध्ये अलिकति बैंकमा बचत पनि गरेकी छु” उनले भने, “यहाँ शिविरमा डेरा गरी बजार क्षेत्रमा मजदूरी गरिरहेका छौँ । दैनिक रु ५०० ज्यालाबाट घरखर्च पु¥याएर केही पैसा वचत गरेको हुँ ।”उनले बन्दाबन्दीअघि साहुको घरमा दैनिक सरसफाइ र लुगा धुने काम पनि गर्ने गरेको बताएका छन् । “अहिले

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 99 पटक पढिएको
  • अज्ञात समूह द्धारा घरमुलीलाई गोली हानी लुटपाट

    महोत्तरी / महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार गएराति घरका सबैजना सुतिरहेको बेला लोहारपट्टी–६ बस्ने राजकरण साहको घरमा चाररपाँच अज्ञात व्यक्तिको समूहले प्रवेश गरी घरमुली गायत्रीदेवी साहको बायाँ तिघ्रामा गोली हानी लाखौँको लुटपाट गरी भागेका छन् ।लुटेराको समूहले राजकरणको घरमा लुटपाट गरिरहँदा निजकी पत्नी गायत्रीले थाहा पाई हो हल्ला गर्न थालेपछि उनलाई लुटेराले गोली हानेको प्रहरी उपरीक्षक आचार्यले बताएका छन् । गोली लागेको महिला गायत्री देवीको उपचार जनकपुरस्थित प्रादेशिक

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 139 पटक पढिएको
  • हावाहुरीले घरको छानो उडाउँदा एक दर्जन घरमा क्षति

    तनहुँ / जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिएका छन् । “अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ”, उन

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.