समाज

    Showing 10,521-10,530 of 11,092 items.
  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बर्दिया / बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 122 पटक पढिएको
  • यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

    दार्चुला / अपी हिमाल गाउँपालिका –५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् । मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छारा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 130 पटक पढिएको
  • रक्सी चोरेको आरोपमा तीन प्रहरी पक्राउ

    जनकपुरधाम  / रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले ३ जना अधिकारीलाई निलम्बन गरेको छ । रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय सिराहाले निलम्बन गरेको हो ।सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माका अनुसार उनीहरुलाई लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा निलम्बन गरिएको हो ।प्रवक्ता शर्माका अनुसार निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने ग

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 192 पटक पढिएको
  • एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    पाँचथर / पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका –३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 132 पटक पढिएको
  • फलाम खानीबाट व्यावसायिक उत्पादन गर्न बजेट विनियोजन

    नवलपुर / नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बतएका हुन् । फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थ लगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन शुरु गर्ने क्रममा जिल्लाको हुप्सेकोट गाउँपालिका–५ धौवादी डाँडामा रहेको फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने पौडेलले बताए । धौवादीबाट व्यावसायिक उत्पादन शुरु गर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको पौडेलले बताए । हुप्सेकोटको १० किलोमिटर

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 131 पटक पढिएको
  • आरोहीको शव उद्धार गरी काठमाडोँ लगियो

    सोलुखुम्बु / सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडोँ लगिएको छ । सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ः०० बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए । मौसम अनुकूल नहुँदा तत्काल उद्धार गर्न नसकिएकाले आज उद्धार गरी काठमाडोँ लगिएको उनको भनाइ छ । प्रहरीका अनुसार लिउको शव परीक्षणका लागि लुक्लाबाट हेलिकप्टरमार्फत शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । यस्तै दुई व

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 113 पटक पढिएको
  • महिलालाई आगो लगाउने व्यक्ति अझै फरार

    डोटी / आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् । उनि आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले आगो लगाउने व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् ।उनले भने, “लक्ष्मीलाई आगो लगाउने व्यक्तिका विषयमा प्रहरीले ९० प्रतिशत प्रमाण जुटाइसकेको छ, केही दिनमा प्रक्राउ गरी सबै कुरा बाहिर ल्याउछौँ ।” आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइर

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 147 पटक पढिएको
  • सङ्क्रमितलाई लिन गएको टोली सडक अवरुद्ध हुँदा रोकियो

    स्याङ्जा / केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् । हुलकाङस्थित फूलबारीमा कोरोना सङ्क्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पु¥याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।वालिङ –१२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुला

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 127 पटक पढिएको
  • कोरोनाबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले गरिन आत्महत्या

    धनगढी /बाजुराको खप्तड छेडेदह गाउँपालिकामा कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले पनि आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्महत्या गरेकी हुन् ।वडाध्यक्ष खगेन्द्र रावतका अनुसार शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा कठायतले ज्यान गुमाएका थिए । त्यसलगतै कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।ज्वरो र रुघाखोकी लागेपछि कठायत २ जेठमा जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनकी श्रीमत

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 221 पटक पढिएको
  • बजेट : खुवालुङ फुटाउने सरकारको घोषणा (भिडियो सहित)

    बिर्तामोड / केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले नयाँ आर्थिक बर्षको बजेट मार्फत किराती समुदायको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई फुटाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै खुवालुङ हटाउने सरकारी नीति सार्वजनिक गरेका हुन् ।आगामी आर्थिक वर्षदेखि कोसी, नारायणी र कर्णालीमा पानीजहाज सञ्चालन गर्नका लागि रकम विनियोजन गरिएको र कोसी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन गर्न जलमार्गमा रहेको अवरोध हटाइने बजेटको बुँदा नं ३६५ मा उल्लेख छ ।यस्तो छ ३६५ मा‘देशको ठूला नदी प्रणालीमा जलयातायात सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृ

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 337 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.