समाज

    Showing 10,531-10,540 of 11,092 items.
  • लागुऔषध सहित २ जना पक्राउ

    बिर्तामोड / झापाको बुद्धशान्ती गाऊपालिका –३ धाईजन चौकबाट लागूऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई बुद्धशान्ती गाऊपालिका –३ ईलाका प्रहरी कार्यालय धाईजनबाट खटिएको प्रहरी टोलीले  ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान भईरहेको सो कार्यालय धाइजनले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 172 पटक पढिएको
  • विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार

    सर्लाही / सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन् ।युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 124 पटक पढिएको
  • विमानस्थलको नाम परिवर्तन प्रति एमाले र माओवादीको आपत्ति

    बिर्तामोड / सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर ‘रवीन्द्र विमानस्थल’ बनाउने निर्णय गरेकोमा एमालेको माधव नेपाल समुह र माओवादीले असन्तुष्टि व्यक्त गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित एमाले र माओवादीका प्रभावशाली नेताले सामाजिक संजालमा स्टाटस लेख्दै सरकारी निर्णय प्रति असन्तुष्टि जनाएका हुन् । प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा सरकारले कमजोरी गरेको बताएका छन् ।नेता भट्टराईले नाम परिवर्तन प्रति असन्तुष्टि जनाउद

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 444 पटक पढिएको
  • अक्सिजन प्लान्टका लागि मेयरले दिए आफ्नो सवै तलव

    बिर्तामोड / कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले प्रस्तावित कनकाई अस्पतालको अक्सिजन प्लान्ट निर्माणका लागि १० लाख रूपैयाँ सहयोग दिएका छन्। उनले आफूले पाउने पारिश्रमिकबाट अक्सिजन प्लान्ट निर्माणका लागि सहयोग गरेको जानकारी गराएका छन् ।मेयरमा निर्वाचित भएपछि हालसम्मको आर्थिक सुविधा बराबरको सो रकम उनले नगरपालिकाकी उप्र–प्रमुख मन्जु प्रसाईंलाई शनिबार हस्तान्तरण गरेका छन् । मुलुकभर अक्सिजन अभाव भएपछि कन्काई नगरपालिकाले प्लान्ट स्थापना गर्ने निर्णय गरेको थियो ।करिब दुई करोडको लागत अनुमान गरिएको प्लान्ट तीन महिनाभित्र सुरुङ्गामा निर्माण भइसक्ने छ । प्लान्ट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन ग

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 242 पटक पढिएको
  • हिमालयन अनुसन्धान केन्द्र निर्माण कार्य अन्तिम चरणमा

    फुङ्लिङ / ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिमालयन अनुसन्धान केन्द्र  निर्माण कार्य अन्तिम चरण पुगेको छ ।  हिमालयन अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य जारी रहेको छ ।फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यालय प्रमुख तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए । भवनको पर्खाल लगाउने कार्य  सम्पन्न भइसकेको छ । अब छानो हाल्न बाँकी रहेको छ । आवश्यक निर्माण सामग्री यस अ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 118 पटक पढिएको
  • सूचना विभागको कार्ड नहुँदा समाचार सङ्कलन गर्न समस्या

    भक्तपुर / निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ ।कोरोना संक्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ गरेपछि त्यसको मार कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीलाई परेको छ ।सूचना विभागद्वारा जारी गरिएको परिचयपत्रलाई मात्र मान्यता दिएपछि कार्यक्षेत्रमा खटिने धेरै पत्रकारलाई समस्या भएको छ । विभागद्वारा जारी परिचयपत्र नहुँदा समाचार सङ्कलनका लागि कार्यक्षेत्रमा खटिएका दैनिक पत्रिका, टेलिभिजन, रेडियो तथा अनलाइनका धेरै सञ्चारकर्मी सडकमै आफ्नो सवारी साधन रोकेर अलपत्र पर्नुपरेको छ ।कतिपय पत्रकारले कार्य

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 161 पटक पढिएको
  • व्याधिको प्रकोप झेलिरहेका किसान प्राकृतिक प्रकोपको मारमा

    महोत्तरी / लगातारको वर्षाका कारण किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेतका गह्रा पानीले डम्म भरिएका छन् । भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।“एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा¥यो सहनै परेको छ”, बर्दिब

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 161 पटक पढिएको
  • पहिरो खस्दा एक वृद्धाको मृत्यु

    दमौली / लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती रहेका छन् । गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते भएका थिए । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उनको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए । वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए । चारजना सकुशल रहेका छन् । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 129 पटक पढिएको
  • नेपाल स्काउट महामारी रोकथाममा स्वयंसेवा गर्दै

    काठमाडौँ / नेपाल स्काउटले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षात्मक क्रियाकलाप लगायत विभिन्न सामाजिक गतिविधिलाई अभियानकै रुपमा जारी राखेको छ ।गतवर्ष महामारी शुरु भएपछि स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक क्रियाकलाप परिपालन गर्न गराउन शुरु गरेको तथा देशव्यापी रुपमा एसएमएस अभियानलाई अहिले परिमामर्जन सहित निरन्तरता दिएको छ । यस अभियानमा ४०० स्काउट स्वयंसेवक प्रत्येक दिन कोरोना सङ्क्रमणबाट बच्ने उपाय सिकाउँदै सक्रियरुपमा लागिरहेको स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 136 पटक पढिएको
  • एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ

    तम्घास / नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका  थिए । पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा च

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.