समाज

    Showing 10,541-10,550 of 11,092 items.
  • अज्ञात समूहले आगो लगाउँदा महिला गम्भीर घाइते

    डोटी / जिल्लाको आदर्श गाउँपालिका –४ रोडिङ्गे गाउँ बस्ने –२८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो लगाउँदा गम्भीर घाइते भएको बताए । उनले भने, “आगोले जलेर लक्ष्मी गम्भीर घाइते हुनु भएको छ, कसले र किन आगो लगायो भन्ने विषयमा प्रहरी टोली घटना स्थलमा खटिएको छ, विस्तृत अनुसन्धान हुँदै छ ।”महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लक्ष्मीको ६० प्रतिशत शरीरको भाग आगोले जलेको उ

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 167 पटक पढिएको
  • आफ्नै छोराको हत्योको आरोपमा बाबु पक्राउ

    राँझा / बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।उनका अनुसार वलीले नुहाउदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।छोरामाथि हतियार प्रहार गर्ने बाबु ठाकुरलाई

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 132 पटक पढिएको
  • नाबालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ

    रुपन्देही / कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर गन्धर्वले यही जेठ ११ गते दिउँसो १ः०० बजे बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ । बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।खेतमा काम गर्न गएका आमाबुवा घरमा आए

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 118 पटक पढिएको
  • तातोपानी कुण्ड व्यवस्थित बनाउन पूर्वाधार निर्माण

    म्याग्दी / अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानी कुण्डलाई संरक्षण गरी व्यवस्थित बनाउन पूर्वाधार निर्माण भएको छ । गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्वार र भुरुङको तातोपानी कुण्डमा स्नानस्थल, नदी नियन्त्रण, पोखरी र टहरा निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले तातोपानीका कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण गरिएको बताए । “प्राकृतिक उपचार र पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधारले सहयोग पुग्ने विश्वास छ”, उनले भने, “पोखरेबगर नजिकैको रातोपानी कुण्ड संरक्षणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल र शरीर डुबाएर स्नान गर्न सकिने पोखरी बनाइएको छ, स्नान गर्ने पो

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 143 पटक पढिएको
  • मल्लको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँ स्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गरेका छन् ।देउवाले उनको निधन प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन् । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य थिए ।

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 118 पटक पढिएको
  • आमाको मृत्यु पश्चात चार बालबालीका अलपत्र

    बाजुरा / बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताएका छन् ।अलपत्र पर्नेमा सात वर्षीया करुणा नेपाली, छ वर्षीया कोपिला नेपाली, चार वर्षीया स्माया नेपाली र तीन वर्षीय धुव्रराज नेपाली छन् । आमा रेखा दमाईको उपचारका क्रममा दुई वर्ष पहिला भारतमा मृत्यु भएको थियो भने बुवा विनय नेपालीले अर्को बिहे गरेर भारत गएपछि अलपत्र रहेका वडाध्यक्ष महतको भनाइ छ ।यतिबेला नाबालक चार दलित भाइबहिनी बुढा बाजे अर्जुन दमाई र बज्यै बिस्नाको संरक्षणमा रहेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेको अ

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 146 पटक पढिएको
  • सङ्क्रमणबाट पूर्वसांसद रत्नप्रसाद न्यौपानेको निधन

    जाजरकोट / सशस्त्र प्रहरी अस्पताल काठमाडौँमा उपचार गराइरहेका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।बुधवार राति उनको निधन भएको उनका छोरा मदनरत्न न्यौपानेले बताए । शुरुमा कोरोना सङ्क्रमणका कारण बिरामी भएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी भएका थिए । वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना भएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिेलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताए । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 110 पटक पढिएको
  • संक्रमण बढेपछि सीमा नाकामा कडाइ

    वीरगञ्ज / दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ । भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले  बताए ।प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र  छ । सो सीमानाकामा ७२  बिओपी र ३९  एफओपिका पोष्ट छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 126 पटक पढिएको
  • संक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई किरिया खर्च

    टीकापुर / कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई १० हजार रुपैयाँ क्रियाखर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो । टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन क्रियाखर्च दिने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । “अधिकांश मृतकका परिवार पनि सङ्क्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतिर परिवार नै स

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 128 पटक पढिएको
  • स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

    गलेश्वर / कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.