समाज

    Showing 10,551-10,560 of 11,092 items.
  • सुदूरपश्चिमका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको निधन

    धनगढी / सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसमेत भएका थिए । पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि कांग्रेस प्रवेश गरेका थिए । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले माघ ८ गते शपथ लिएका थिए । मल्लका एक छोरा र एक छोरी छन् ।

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 209 पटक पढिएको
  • संकटको समयमा जनताको लागि लड्नुपर्ने तर कुर्सीको लडाइ भैरहेको छ : नायिका ढुंगाना

    काठमाडौं / नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको बताएकी छिन्। कलाकार हरिहर अधिकारीका पिताको निधनपछि सामाजिक संजालमा उनले यस्तो लेखेकी हुन्।‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ। मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ। कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो’, नायिका ढुंगानाले फेसबुकमा लेखेकी छिन्, ‘ यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ। समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ।’स

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 142 पटक पढिएको
  • निषेधाज्ञामा दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

    डोटी / कोरोना सङ्क्रमणका कारण जिल्लामा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारी लगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ ।यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिना (निषेधाज्ञा)को तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताए ।उनले भने, ‘कोरोनाको बेला सबै बन्द छ, बजा

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 129 पटक पढिएको
  • नदीमा डुबेर किशोरको मृत्यु

    बैतडी / मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका –१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको हो ।बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मङ्गलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए ।बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो ।

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 118 पटक पढिएको
  • दिगो शान्तिविना समग्र विकास सम्भव छैन : देउवा

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५ औँ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति  विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रासामु थुप्रै अवसर रहेको बताएका छन्। सभापति देउवाले देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलोभन्दा दोस्रो  कयौंँ गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसियु बेड, भ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 132 पटक पढिएको
  • नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा

    काठमाडौँ / नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।  नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राध

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 201 पटक पढिएको
  • आज उँभौली पर्व भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै

    बिर्तामोड / प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।  वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 118 पटक पढिएको
  • पूर्वी रुकुममा यार्सागुम्बा सङ्कलनमा रोक

    रुकुमपूर्व / जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो । रुकुम (पूर्व) सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको यस जिल्लाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोरोना महामारी फैलिरहेको यो अवस्थामा एउटा जिल्लाले मात्र रोक लगाएर नहुँने भन्दै यार्सा पाइने छिमेकी जिल्लामा पनि रोक लगाउने सहमति भएको

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 117 पटक पढिएको
  • हात्तीको आक्रमणबाट आमाछोरीको निधन

    बर्दिया / बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–१  की ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षकी छोरी दिपिका रहेका छन् । गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला उनीहरुलाई बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले आक्रमण गरेको थियो । आक्रमण पश्चात चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 152 पटक पढिएको
  • जुम्लाका किसानलाई जौ भित्र्याउन चटारो

    खलङ्गा / जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महिनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ । दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलङ्गा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।सदरमुकाम क्षेत्रमा कोरोना सङ्क्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.