समाज

    Showing 10,561-10,570 of 11,092 items.
  • एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला

    काठमाडौं  / प्युठानमा एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।प्युठान नगरपालिका–२ बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार नजिकैको जंगलमा झण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।रातामाटाको जंगलमा उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला बताइएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 135 पटक पढिएको
  • रुखले किचेर एकको मृत्यु

    धनकुटा / धनकटाको महालक्ष्मी नगरपालिका –७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ । आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 121 पटक पढिएको
  • श्रीमतीको हत्या आरोपमा एक पक्राउ

      वाग्मती / मकवानपुर  वाग्मती– मकवानपुर प्रहरीले श्रीमती हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । बयालीस वर्षीया श्रीमती सुनिता थापामगरलाई कुटपिट गरी हत्या गरेको भन्दै प्रहरीले बारा निजगढ घर भई हेटौँडा बस्ने ५४ वर्षीय कृष्णबहादुर मोक्तानलाई सोमबार हेटौँडा–८ कमानेबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार ९ गते दिउँसो हेटौँडा–१० न्यूरेनीस्थित भुटनदेवी सामुदायिक वनमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको घटनाको अनुसन्धानका क्रममा शव मगरको रहेको पहिचान खुलेको थियो ।  पहिचान खुलेपछि प्रारम्भिक अनुसन्धानमा उनकै श्रीमान् बारा जिल्ला निजगढ नगरपालिकाअन्तर्गत रामथली घर भई हाल हेटौँडा–१० बस्ने

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 111 पटक पढिएको
  • एम्बुलेन्समा गाँजा ओसारपसार : १०० केजी वरामद, २ जना पक्राउ

    धरान / निषेधाज्ञाको समयमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओासारपसार हुने गरेको सार्वजनिक भएको छ । धरान प्रहरीले सोमबार राती भेडेटारबाट धरान आउँदै गरेको एम्बुलेन्सबाट गाँजा बरामद गरेपछि यो कुराको खुलासा भएको हो । प्रहरीले हुडेप नेपालको को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट गाँजा वरामद भएको हो । प्रहरीले एम्बुलेन्सबाट १०० किलो गाँजा सहित एम्बुलेन्स चालक धरान १५ का ३६ बर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभुमी गाउँपालिका १ घर भई धरान ११ बस्नेत २८ बर्षीय पोशन राईलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले एम्बुलेन्सबाट २४ केजीको ४ वटा झोलामा एक सय किलो गाँजा बरामद भएको ज

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 196 पटक पढिएको
  • मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

    म्याग्दी / कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषक मुखमा मास्क र खल्तीमा स्यानिटाइजरसहित धान रोप्न व्यस्त भएका हुन् ।निषेधाज्ञामा शहरबजारसँगै ग्रामीण क्षेत्रसमेत सुनसान भइरहेको बेलामा मङ्गला गाउँपालिका–३ बरङ्जा आल्टामा यतिबेला धान रोप्ने चटारो छ । असार मह

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 141 पटक पढिएको
  • दुई वर्षअघि मृत्यु भएका आरोहीको शव फेला

    सोलुखुम्बु / सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 143 पटक पढिएको
  • हत्या गरेको आरोपमा चार जना पक्राउ

    सप्तरी / रुपनी गाउँपालिका –१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो । मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 184 पटक पढिएको
  • निषेधाज्ञामा बढ्दै तस्कर र शिकारीको बिगबिगी

    सर्लाही / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् । जिल्लाको लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीले जङ्गली जनावर र वनजन्य पदा

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 141 पटक पढिएको
  • संक्रमितको उपचारका लागि बुधबारे जेसीजको आर्थिक सहयोग

    बुधबारे / बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो ।सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए । रकम लिँदै गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 192 पटक पढिएको
  • लागूऔषध सहित १ जना पक्राउ

    मोरङ  / मोरङको बिराटनगर –१६ दरैया स्थितबाट लागूऔषध सहित प्रहरीले १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४३ बर्षीय सजजु साही रहेका छन् । उनलाई आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले डाइलेक्स डिइ –२ बोतल, निट्रभिट –३० ट्याब्लेट, स्प्यास्मो प्रोक्स्योभन पलस –८ ट्याब्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई माथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 150 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.