समाज

    Showing 3,101-3,110 of 11,026 items.
  • अबदेखि शुक्रबार पनि शेयर कारोबार हुने, आइतबार बन्द रहने

    काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नो कारोबार तालिका परिवर्तन गरेको हो ।आईतबारको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार सबै सरकारी कार्यालय बन्द रहने व्यवस्था लागू भएपछि नेप्सेले लगानीकर्ताको हित र बजारको सक्रियता कायम राख्न नयाँ तालिका लागू गरेको जनाएको हो । नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो । अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 470 पटक पढिएको
  • स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको थियो ।पहिलो चरणमा ९ लाख ३७ हजार ५०० कित्ता स्थानीय बासिन्दा र ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसमा वैदेशिक रोजगारीतर्फको आवेदन चैत १२ गते नै बन्द भइसकेको छ ।आयोजना प्रभावितमध्ये सिरिजङ्गा गाउँपालिका–८ का अति प्रभावित बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ भने बाँकी शेयर अन्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 434 पटक पढिएको
  • नियन्त्रित लागू औषधसहित एकजना पक्राउ

    काठमाडौं— कास्कीमा नियन्त्रित लागू औषधसहित एकजना प्रहरीले पक्राउ परेको छ ।प्रहरीले पोखरा महानगरपालिका–३ तेस्रापट्टीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३८ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल र फेनारगन ३७ एम्पुलसहित एकजना पक्राउ गरेको हो । महानगरपालिका–१६ बाटुलेचौर बस्ने पाल्पा तानसेन घर भएका ४५ वर्षीय संजय श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 490 पटक पढिएको
  • नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह

    काठमाडौं—  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका केही संस्थागत विद्यालयले शिक्षा विनियमावली र सर्वोच्च अदालतको आदशेको उलङ्घन गरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गरेको सप्रमाण तथ्यहरू बाहिरिएका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै विद्यालयबाट उल्लेखित कानुनी व्यवस्था तथा सर्वोच्च अदालतको आदशेक अनुसार नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको छ । साथै संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्क सङ्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 455 पटक पढिएको
  • युएस ओपन करातेमा सन्तोषलाई काँस्य

    काठमाडौं— अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपालका सन्तोष राईले कँंस्य पदक जितेका छन् ।टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ काँस्य पदक जितेका हुन् । यस प्रतियोगितामा सन्तोषले रिपेचाजमार्फत पदक सुरक्षित गरे । रिपेचाजमा अमेरिकाका कारास्क्वेललाई हराउँदै सन्तोषले नेपाललाई पदक दिलाए ।त्यसअघि पहिलो खेलमा अमेरिकाकै भिरायो पिएरपाओलोलाई हराएर सन्तोषले विजयी यात्रा सुरु थिए । उनले दोस्रो खेलमा पनि अमेरिकाकै कोम्पस जोनीलाई पराजित गरे । तेस्रो खेलमा भने सन्तोष ओसाको हिसाओसँग पराजित हुन पुगे । यससँगै उनको फाइनल

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 501 पटक पढिएको
  • सर्लाहीको मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ

    सर्लाही— सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४ः५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।पक्राउ पर्नेहरूमा मलंगवा–६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा–८ का २० वर्षीय रबी साह रहेका छन्। उनीहरू दुई जनालाई ट्रायल सेन्टरबाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बिन्देश्वर यादवले जानकारी दिए ।त्यस्तै, मालपोत कार्यालय परिसरबाट हरिपुर्वा–६ का ४० वर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 557 पटक पढिएको
  • अधिवक्ता कँडेल महान्यायाधीवक्ता नियुक्त

    काठमाडौं— महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाग्लुङ स्थायी घर घएका कँडेललाई नियुक्त गरेको हो।संवैधानिक व्यवस्थाअनुसार सरकारको कानुनी सल्लाहाकार महामन्यायाधीवक्ता हुने गर्छ।साथै सरकारवादी हुने मुद्दा चलाउने वा नचलाउने अधिकार पनि महान्यायाधीवक्तालाई संविधानले दिएको छ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 527 पटक पढिएको
  • बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच बर्षसम्मको प्रगति २१ प्रतिशत मात्र

    बाजुरा— बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारको चरम लापरवाहीका कारण उक्त पुल करिब पाँच वर्षदेखि अलपत्र परेको हो ।१६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा वर्षेनी समस्या हुने गरेको छ । सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुलको भौतिक प्रगति अहिलेसम्म २१ प्रतिशत मात्रै हुन सकेको छ ।पुल निर्माणका लागि एकातर्फ सरिया हालेर थोरै ढलान गरिएको छ भने बाँकी काम अलपत्र छ । आरसीसी ब्रिज निर्माण सम्झौता भएको पाँच वर्षसम्मको भौतिक प्रगती लाजमर्

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 577 पटक पढिएको
  • निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

    काठमाडौं— नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व नै गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् ।आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै पोजिसन स्पष्ट पार्न माग गरेका छन् ।महासचिव दाहाले सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए आन्दोलनमा जाने बताए । उनले भने, ‘सरकारले आफ्नो पोजिसन क्लियर पारेर आओस हामी पनि त्यसको कडा प्रतिवाद गर्न तयार छौं ।’म

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 537 पटक पढिएको
  • देश चलाउन २८ अर्ब ऋण लिए बालेन सरकारले

    काठमाडौं— सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ ।दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो ।अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ ।त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ ।हालको विनिमयदर अनुसार सबै ऋण सहयोगको कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 528 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.