समाज

    Showing 3,171-3,180 of 11,027 items.
  • सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

    काठमाडौं— नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ ।कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो ।अब सार्वजनिक खरिदलगायतका सबै सूचना प्रकाशन वा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै सीमित गर्नुपर्ने उल्लेख गरिएको छ ।निर्देशनमा सरकारी वा सार्वजनिक कोषबाट

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 458 पटक पढिएको
  • काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 511 पटक पढिएको
  • पुराना सुनका गहनाहरू पुनर्निर्माणमा युवा आकर्षणः मासिक २१ सय डलरसम्म आम्दानी

    एजेन्सी— युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् ।सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्।सुनको मूल्य उच्च रहँदा पुरानो सुनलाई पगाल्नु र यसलाई गहनाको मौलिक टुक्रामा परिणत गर्नु धेरै मानिसहरूको लागि किफायती विकल्प बनेको छ।सुनको काममा व्यस्त ली जियायी भन्छन्,‘मलाई सुनको पुनर्निर्माण पेशा साँच्चै मन पर्छ। जब म ग्राहकलाई सुन्दर ढंगले बनाइएको टुक्रा दिन्छु र उनीहरूको आँखामा प्रशंसा देख्छु, म त्यो क्षणको आनन्द ल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 454 पटक पढिएको
  • मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् ।छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । ‘पीडितहरूको सम्ब

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 488 पटक पढिएको
  • महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

    काठमाडौं— महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ ।  मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताए।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 413 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ । बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 400 पटक पढिएको
  • राजश्व चुहावट नियन्त्रणमा अर्थमन्त्रीको एक्सन, उच्चस्तरीय छलफल आयोजना गर्दै

    काठमाडौं— अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित आज उच्चस्तरीय छलफल आयोजना गर्ने भएको छ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, तथा राजश्व प्रशासनका सचिवहरू सहभागी हुनेछन्। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहने छ।बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई कडाइका साथ अघि बढाउने विषयमा छलफल हुने जनाइएक

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 450 पटक पढिएको
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    काठमाडौं— पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 499 पटक पढिएको
  • नयाँ नेतृत्व चयनका लागि दुई समूह प्यानलसहित मैदानमा

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्ष पदमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) प्रतिस्पर्धामा छन् ।लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी छ ।पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव धिरेन्द्र दाहाल र कोषाध्यक्ष उज्ज्वल गौतम छन् । स्वतन्त्र रूपमा प्रमोद लामिछाने उपमहासचिव पदमा उत्रेका छन् ।महाधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 458 पटक पढिएको
  • ललितपुर महानगरमा ‘वातावरण प्रहरी एम्बुलेन्स’ सञ्चालन सुरु

    काठमाडौं— ललितपुर महानगरपालिकाले बिहीबारदेखि ‘वातावरण प्रहरी एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमबीच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन्।वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको महानगरले जनाएको छ। एम्बुलेन्समार्फत वातावरणसम्बन्धी आकस्मिक समस्या समाधान, फोहोर व्यवस्थापनमा सहजीकरण तथा अनुगमन कार्यलाई तीव्रता दिइने विश्वास गरिएको छ।महानगरका अनुसार, यस सेवाले वातावरण प्रहरीको कामलाई थप व्यवस्थित र छरितो बनाउँदै नागरिकलाई छिटो सेवा पुर्‍याउन सहयोग गर्नेछ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 910 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.