समाज

    Showing 3,321-3,330 of 9,907 items.
  • लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

    मोरङं— मोरङको विराटनगर महानगरपालिका–४ बाट लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरी रहेका छन्। उनको साथबाट १४० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यसैगरी, इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट पक्राउ गरिएको हो। प्रहरीक

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 423 पटक पढिएको
  • निर्वाचन तयारीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ ।बैठकमा आवश्यक निर्णयसमेत हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 473 पटक पढिएको
  • ‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक

    काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ ।नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासमा पुग्ने जो

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 203 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    बैतडी— जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो।दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताए।घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ। 

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 497 पटक पढिएको
  • प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन/तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा रहेका छन् । पचालझरना गाउँपालिका नेपाली काँग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्र

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 193 पटक पढिएको
  • बिहीवार कति पुग्यो सुनचाँदीको मूल्य ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीवार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भईरहेको छ ।बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो ।अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 169 पटक पढिएको
  • मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 155 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : बाजुराका आठ उम्मेदवारको सामुहिक प्रतिबद्धता

    बाजुरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बाजुराबाट उम्मेदवारी बनेका आठ जना उम्मेदारले सामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिई शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता जारी गरेका हुन्।बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै प्रतिस्पर्धालाई मर्यादित र शान्तिपूर्ण बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सामुहिक रुपमा करिब सात बुँदे लिखित प्रतिबद्धता जायर गरिएको छ । बाजुरामा एक स्वतन्त्र सहित

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 179 पटक पढिएको
  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    काठमाडौं— परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताए।मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव  राईले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवद्र्धन र संरक्षणका साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानव अधिकारको क्षेत्रमा नेपालले हासिल प्रगतिबा

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 440 पटक पढिएको
  • नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर माघ १८ गतेबाट बिक्रीमा राखिँदै

    काठमाडौं— नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने भएको छ।बैंकले संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राख्न लागेको हो।बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।बोलपत्र फागुन ४ गतेसम्म काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 502 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.