समाज

    Showing 3,371-3,380 of 9,907 items.
  • इलाम २ मा चुनावी रौनकः भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी

    इलाम— इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भेषराज आचार्य र एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।आचार्य ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि उम्मेदवार भएका थिए । त्यतिबेला उनी सुहाङका पीता सुबासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।त्यस्तै, इलाम २ बाट जनमुक्ति पार्टीबाट याम योङहाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेसनबाट श्यामबहादुर लिम्बू, श्रम संस्कृति पार्टीको तर्फबाट सुदीप राईलगायतले उम्मेदव

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 491 पटक पढिएको
  • उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भनेः हामी परिवर्तनको पक्षमा छौं

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन् । मंगलबार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ । विधि, विधान अन्तरगत पार्टी चलाउनका लागि जोडबल गरिरहेका छौं । पार्टीभित्रका सबैखाले अन्तर विरोधहरु अब अन्त्य भएर जाने छन् । अब निर्वाचनको सन्र्दभमा ल्याइने दृष्टिकोण १० गते सार्वजनिक गर्दैछौं । घोषणा पत्र सार्वजनिक गर्छौं । निर

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 451 पटक पढिएको
  • चिकित्सक सङ्घको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौं— नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा.अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको थियो ।सार्वजनिक सूचना अनुसार संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 447 पटक पढिएको
  • शेयर बजारमा चुनावी प्रभावः नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो

    काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा पनि देखिएको हो । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो ।मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतबार ८ अर्ब

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 465 पटक पढिएको
  • महावीर पुनद्वारा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता

    म्याग्दी— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट राजीनामा दिएका महावीर पुनले गृहजिल्ला म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार सबैभन्दा पहिले पुनले मनोनयनपत्र दर्ता गरेका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी घर भएका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।विद्यमान अव्याहारिक नीति, नियम र कानुनलाई परिमार्जन गरेर सुशासन, रोजागरी सिर्जना र समृद्धिका लागि आफू स्वतन्त्र उम्मेदवार बनेको पुनले बताए ।ब

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 501 पटक पढिएको
  • एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता

    सिउल— गैर आवासीय नेपाली संघ दक्षिण कोरियामा विगत केही समयदेखि देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । एनआरएनए आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठको कोरिया भ्रमणका क्रममा दुवै पक्षाबीच एकता भएको हो । कोरियाको विवाद मिलाउने उद्देश्यका साथ जापानबाट गएका अध्यक्ष श्रेष्ठले दुवै पक्षबीच लगातार वार्ता गरेका थिए ।अन्ततः ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन दुई समानान्तर समितिबीच मंगलबार ‘बृहत् एकता सहमति पत्र’मा हस्ताक्षर भएको अध्यक्ष श्रेष्ठले कोरियाबाट जानकारी दिए ।१० औं महाधिवेशनबाट निर्वाचित पार्वती लामा नेतृत्वको का

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 444 पटक पढिएको
  • मनोनयन दर्तापछि कुलमानले भनेः अत्याधिक मतले जित हासिल गर्छु

    काठमाडौं— उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन् ।मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूलाई क्षेत्र नम्बर ३ का जनताले धेरै माया र विश्वास गर्ने बताउँदै भारी मतकासाथ आफूले जित हासिल गर्ने दाबी गरे ।उनले भने,‘नेपाली जनताले माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ । त्यसैले मलाई विश्वास गर्नुहुन्छ, जिताउनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वास छ । सबैले जित्छु भन्ने सम्भावना बोकेर नै आउनुहुन्छ । उहाँहरुलाई शुभकामना दिनुपर्छ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 443 पटक पढिएको
  • रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 469 पटक पढिएको
  • ओलीले गराए उम्मेदवारी दर्ता

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन् ।यस क्षेत्रमा ओलीले जित्दै आएका छन् । यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले समेत उम्मेदवारी दर्ता गराएका छन् । शाह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 493 पटक पढिएको
  • महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी

    काठमाडौं— नेपाल जनादेश पार्टीकी उम्मेदवार शोभा पाठकले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएकी छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले उम्मेदवारी दर्ता गराएकी हुन् ।उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन् ।उनले भनिन्, ‘अन्यायको आवाजको लागि बोल्नुपर्नेछ । अन्यायको विरुद्ध हिजो सडकमा बोल्दै आएको थिएँ र सरकारका निकायहरुले नसुनेपछि मैले अब सदनमै गएर आफ्नो आवाज उठाउनुपर्छ भनेर नै उम्मेदवारी दर्ता गराएकी हुँ ।’सोही क्षेत्रमा एमालेका महेश बस्

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 473 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.