काठमाडौं - काठमाडौंको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। बुधबार राति १० बजेको समयमा काठमाडौंको टोखा नगरपालिका– ६ ग्रान्डी अस्पतालपछाडि विष्णुमती खोला किनाराबाट बा।प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार अचानक खोलामा खसेको थियो । काठमाडौंको धुम्बाराही बस्ने अंकुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेका थिए । चालक खोला किनारामा हाम फाल्न सफल भएका थिए भने गाडीभित्र सवार ओलीलाई खोलाले बगाएको थियो ।बानियाँटार पुलमा आइपुगी गाडी अड्किएको अवस्थाबाट महिलाको उद्धार गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
ललितपुर— ललितपुरको गोदावरी नगरपालिका–९, छम्पीस्थित गाइफर्ममा मकवानपुरगढीकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेकी ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनी ११ दिनअघि श्रीमान् पाल्साङ बम्जनसँग गाइफर्ममा काम गर्न गएकी थिइन्। दम्पतीले चार महिनाअघि विवाह गरेका थिए। गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
सप्तरी — राजविराजस्थित जिल्ला कारागारबाट फरार भएका थुनुवा रमानन्द मण्डल घटनाको डेढ महिनापछि पक्राउ परेका छन्। चोरी मुद्दामा थुनामा परेका शम्भुनाथ नगरपालिका–११ निवासी ३५ वर्षीय मण्डल वैशाख १५ गते राति कारागारबाट भागेका थिए।उनी २०७९ पुस ६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। लामो समयदेखि फरार रहेका मण्डललाई बुधबार आफ्नै गाउँ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।उच्च सुरक्षा सतर्कता र चारैतिर अग्लो पर्खालले घेरिएको कारागारबाट मण्डल कसरी भाग्न सफल भए भन्नेबारे अझै स्पष्ट विवरण प्राप्त भएको छैन। घटनाको सम्बन्धमा प्रहरीको छ
काठमाडौं— सरकार अब लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्ने तयारीमा जुटेको छ। यही सन्दर्भमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिने घोषणा गरिएको छ।बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रमेश लेखकले आउँदो आर्थिक वर्षदेखि विभाग स्थापनाको प्रक्रिया अघि बढाइने जानकारी दिए।सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न रणनीति र योजनाहरू तयार पारेर कार्यान्वयन गरिरहेको मन्त्री लेखकले बताए ।कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, सामाजिक संघसंस्था तथा सरोकारवालाहरू उपस्थितमा लागुऔषध दुरुपयोग रोकथाममा विभाग स्थापनाले नवीन पहल र प्रभावकारी निय
काठमाण्डौं - गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् । गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्
जनकपुरधाम— सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतत्तै स्थानीयले टिपरमा आगजनी गरेका छन् ।घटना बारे थप अनुसन्धान
काठमाडौं— छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरेको थियो । हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।
तनहुँ, १२ असार : तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिनुभयो । मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “बुध
कैलाली— कैलालीको लम्कीचुहामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।यस घटनाको अनुसन्धान गर्न प्रहरीले भान्जालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंह जैशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मध्यविन्दु (नवलपरासी), १२ असार : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.