समाज

    Showing 4,801-4,810 of 6,735 items.
  • विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— इटाली र अजरबैजानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–७ बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखाको धार्चे गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।दर्शन खड्काले तीन जना पीडितलाई इटाली पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाखका दरले जम्मा छ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, सरेश गुरूङले अजरबैजान पठाइदिने प्रलोभन देखाई दुई जना पीडितसँग दुई लाखका दरले चार लाख रुपैयाँ लिएका थिए। पीडितहरूसँग दुवै जनाले रकम लिएपछि सम्पर्

    • प्रकाशित मितिः असार ५, २०८२
    • 286 पटक पढिएको
  • स्याङ्जामा प्रहरीको अपरेसन:४२ फरार अभियुक्त पक्राउ

    स्याङ्जा— स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ। ३३ दिनमा विभिन्न मुद्दाका ४२ जना फरार अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये ३४ जना पुरुष र ८ महिला रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनीहरूलाई जरिवाना र कैद सजाए तोकिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। स्याङ्जा प्रहरीले कार्य विवरण सार्वजनिक गर्दै नदीजन्य पदार्थ अवैध उत्खननमा संलग्न ११ वटा सवारीसाधन नियन्त्रण लिएर २ लाख ६० हजार जरिवाना गरेको जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 217 पटक पढिएको
  • भिजिट भिसा काण्डमा संसदमा कडा आन्दोलन गर्ने रास्वपाको घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रुपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ।‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपा निर्णय छ। रास्वपा वैकल्पिक राजनीतिक पक्षधरहरुलाई एकताबद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको छ। बैठकले वैकल्पिक राजनीति पक्षधरलाई एकताबद

    • प्रकाशित मितिः असार ५, २०८२
    • 227 पटक पढिएको
  • सर्पको टोकाईबाट १३ वर्षीय किशोरको मृत्यु

    डडेल्धुरा— परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। 

    • प्रकाशित मितिः असार ५, २०८२
    • 158 पटक पढिएको
  • बाढीपहिरो स् विभिन्न राजमार्गका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं— बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् । बिहीबार बिहान नेपाल प्रहरीले दिएको जानकारी अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध भएको जनाएको छ ।धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटक सडक एकतर्फी सञ्चालनमा छन् ।सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसे

    • प्रकाशित मितिः असार ५, २०८२
    • 288 पटक पढिएको
  • मलद्वारमा लुकाएर सुन तस्करीः दुबईबाट आएकी भारतीय महिलाबाट एक किलोभन्दा बढी सुन बरामद

    काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी छन् ।एयर अरेबियाको उडानमार्फत दुबईबाट काठमाडौं आएकी उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।शंका लागेर जाँच गर्दा मलद्वारमा प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 195 पटक पढिएको
  • तनहुँमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढ्दै

    तनहुँ— गर्मीयामसँगै प्रदेश अस्पताल दमौलीमा भाइरल ज्वरो, पखाला र टाइफाइडका बिरामीहरु बढेका छन्।  दैनिक ४५० भन्दा बढी बिरामी उपचारका लागि आउन थालेको अस्पताल स्रोतले जनाएको छ।बिरामीले बढी प्रभावित हुनेहरुमा बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गर्नेहरू रहेका छन्। औषधि प्रयोग गरेर पकाइएका आँप र लिची धेरै खाँदा झाडापखालाका बिरामी बढेका डा. परिवर्तन बरालको भनाइ छ।गर्मीबाट बच्न झोलिलो पदार्थको सेवन बढाउन, पानी उमालेर पिउन, र ज्वरो आएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न सुझाव दिइएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 281 पटक पढिएको
  • सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

    कञ्चनपुर— भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकामा कोरोना संक्रमणको जोखिम अझै कायम रहेको छ। कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किएका बर्दियाका एक व्यक्तिमा कोरोना पुष्टि भई गम्भीर अवस्थामा महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।जेठ २१ देखि असार ४ सम्म भारतबाट फर्किएका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा १६ जना निको भइसकेका छन् भने सातजना होम आइसोलेसनमा छन्। सीमा नाकामा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको एन्टिजेन परीक्षण हुँदै आएको छ। स्वास्थ्यकर्मीहरूद्वारा मास्क, स्यानिटाइजरको प्रयोग र क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 345 पटक पढिएको
  • घट्यो १५९ वटा कम्पनीको शेयरमूल्य

    काठमाडौं— बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक सय ५९ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार नेप्सेमा भएको शेयर कारोबारमा ८८ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो भने एउटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।आज नेप्सेमा १.०७ अंकको गिरावट आउँदा नेप्से परिसूचक घटेर २६५३.६८ अंकमा पुगेको छ । आज नेप्सेमा नौ अर्ब ८ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँको शेयर कारोबार भएको थियो भएकोमा नेप्से परिसूचक घट्दा पूँजीकरण पनि ०.०४ प्रतिशतले घटेको छ ।आज नेप्सेमा भएको शेयर कारोबारमा पियोर इनर्जीका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने कर्पोरेट डेभलपमेन्ट बैंकका कारोबारीले सबै

    • प्रकाशित मितिः असार ४, २०८२
    • 258 पटक पढिएको
  • कारागारमा व्यवसायीको रहस्यमय मृत्युपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात ठप्प

    डडेल्धुरा– डडेल्धुराका २८ वर्षीय युवा व्यवसायी हरिसिंह पालीको कैलाली कारागारमा रहस्यमय मृत्यु भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु प्रहरीको कुटपिटका कारण भएको आरोप लगाउँदै उनका आफन्त र स्थानीय व्यवसायीहरू आन्दोलित बनेका हुन्। उनीहरूले न्यायको माग गर्दै बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, अछाम र बझाङ लगायतका जिल्लाको सवारी आवागमन अवरुद्ध गरेका छन्।प्रहरीका अनुसार पालीलाई कैलाली जिल्ला अदालतले २९ फागुनमा बैंकिङ्ग कसुरअन्तर्गत १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयन गर्न पालीला

    • प्रकाशित मितिः असार ४, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा