समाज

    Showing 4,821-4,830 of 6,735 items.
  • ऐतिहासिक नहर अब पक्की संरचनामा रूपान्तरण हुँदै

    म्याग्दी— म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। “कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पु(याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सर

    • प्रकाशित मितिः असार ३, २०८२
    • 167 पटक पढिएको
  • ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. श्रेष्ठ गृहमन्त्रीसँग भेट

    काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रम

    • प्रकाशित मितिः असार ३, २०८२
    • 334 पटक पढिएको
  • जुम्लामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मुत्यु, ४ जना घाइते

    मुगु— जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराती लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिए।दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन्।घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ तल

    • प्रकाशित मितिः असार ३, २०८२
    • 221 पटक पढिएको
  • सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

    काठमाण्डौं —सुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो । 

    • प्रकाशित मितिः असार ३, २०८२
    • 264 पटक पढिएको
  • स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना हुँदा ९ वर्षीया बालिकाको मृत्यु शिक्षकसहित ७ जना विद्यार्थी घाइते

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित ईडिफाई ईन्टेरनेशनल स्कुलको कमाउण्ड भित्र उक्त स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना भएको छ । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्कीदा शिक्षक तथा बाल बालिकाहरु घाईते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । निम्न अस्पतालमा उपचार भइरहेको ।सर्लाहीको लालबन्दि न.पा. १४ घर भएकी ८ की वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेका,रामेछाप घर भइ  हाल  का.जि. स्वयम्भु बस्ने ९ वर्षीया नेशिया थापाको टाउँकोमा चोट लागेको, किर्तिपुर घर भएकी ९ वर्षीया निकिशा डंगोलको बायाँ खुट्टामा चोट, मकवानपुर

    • प्रकाशित मितिः असार २, २०८२
    • 457 पटक पढिएको
  • विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

    धनुषा— हंसपुर नगरपालिका–६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउनको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गएराति उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 321 पटक पढिएको
  • प्रतिबन्धित औषधी र खैरो हिरोइन सहित ४ जना पक्राउ

    विराटनगर—  गएराती मोरङ र झापाको विभिन्न स्थानहरु बाट प्रतिबन्धित औषधी र खैरो हिरोइनसहित ४ जनालाई  पक्राउ गरेको छ  । पक्राउ पर्नेमा राकेश लिम्बु, दिपेश खनाल, निजाम मिया र  पुष्कर मगर रहेका छन् ।लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका–४ का ३० वर्षीय लिम्बु र २२ वर्षीय  खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्रामसहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट ख

    • प्रकाशित मितिः असार २, २०८२
    • 332 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

    विराटनगर— इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा ३८ बर्षीय बिष्णु पराजुली र २२ बर्षीय सुरज सरदार रहेका छन् ।आइतबार इलाम नगरपालिका–११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो ।दुर्घटनामा मृतक पराजुलीका ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई–९ जितपुर का २२ बर्षीय आइत ब

    • प्रकाशित मितिः असार २, २०८२
    • 292 पटक पढिएको
  • उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

    काठमाडौं  -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् । सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति  नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।  मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आ

    • प्रकाशित मितिः असार २, २०८२
    • 240 पटक पढिएको
  • धरानमा ठूलो मात्रामा गाँजा बरामद, अदुवा–बन्दाकोपीको आडमा तस्करी प्रयास

    धरान — सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक मालबाहक ट्रक बरामद गरेको छ।सशस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार सोमबार कोशी लोकमार्गस्थित शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट खटिएको एसपी सन्जीव पौडेलको नेतृत्वमा टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ आइरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा लुकाएर राखिएको गाँजा फेला पारेको हो।ट्रकमा अदुवा र बन्दाकोपी ल्याउने बहानामा गाँजा लुकाइएकाे थियाे। चेकजाँचमा ७० बोरा अर्थात् करिब २ हजार १३० केजी गाँजा बरामद भएको एसपी

    • प्रकाशित मितिः असार २, २०८२
    • 279 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा