समाज

    Showing 4,831-4,840 of 6,735 items.
  • सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा ?

    काठमाडौं  — प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीबीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा उल्लंघन भएको भन्दै नियमापत्ति जनाएका छन्।माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटसम्बन्धी धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधिसभा नियमावलीको नियम २० को उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसदको अवस्था प्रष्ट नहुँदा आफू कुन स्थानमा बसेको हो भन्ने समेत थाहा नपाएको बताए।थापाले भने, “हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा — मलाई केही थाहा छैन। कुर्सी रोइरहेका छ

    • प्रकाशित मितिः असार २, २०८२
    • 295 पटक पढिएको
  • विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन

    काठमाडौं -  आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका हुन् विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सड्क आन्दोलनकाठमाडौं । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँ

    • प्रकाशित मितिः असार २, २०८२
    • 267 पटक पढिएको
  • गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

    नारायणगढ— चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । कुमाललाई गएराति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार २, २०८२
    • 173 पटक पढिएको
  • साइबर अपराध अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पत्रकार दिलभूषण पाठक उच्च अदालतमा

    काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार

    • प्रकाशित मितिः असार २, २०८२
    • 377 पटक पढिएको
  • २१ सय किलो गाँजासहित ट्रक नियन्त्रण, चालक फरार

    सुनसरी— जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट सोमबार (आज) सशस्त्र प्रहरीले करीव २ हजार १ सय ३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ ।भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको हो । गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् ।बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 317 पटक पढिएको
  • शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्त सापकोटा

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन् । सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औं स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन् । उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौं र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापना गरेका छौ । यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन् । त्यसमा पनि शीर्ष स्थानमा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई राख्य

    • प्रकाशित मितिः असार २, २०८२
    • 224 पटक पढिएको
  • नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड

    सुर्खेत -  नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए । भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैंकहरुले त्यसतर्फ पनि सोच्नु पर्ने बताए । ‘सरकार

    • प्रकाशित मितिः असार २, २०८२
    • 249 पटक पढिएको
  • हुम्लाको उनापानीमा आगलागीबाट ८ घर जलेर नष्ट, क्षतीको विवरण संकलन गरिदै

    हुम्ला— जिल्लाको सर्केगाड गाउँपालिका—३, उनापानीको औल बस्तीमा गएराति भीषण आगलागी हुँदा ८ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो विर्ख रावतको गोठबाट सुरु भई आज बिहानसम्म नियन्त्रणमा आउन सकेको थिएन।पीडित धनबहादुर रावतका अनुसार आगलागीबाट अन्न, लत्ताकपडा, भाँडा, कागजातदेखि नगदसम्म सबै जलेको छ। जलेका घरहरू विजन, धनबहादुर, जनक, विर्ख, पाले, लालकौरा, दुधशिला, र बाटुल्ली फडेराको हुन्।प्रहरी निरीक्षक सुविन शाहको टोली राति नै घटनास्थल पुगेको हो । अहिले पूर्ण रूपमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। क्षतिको यथार्थ विवरण बारे बुझिरहेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार २, २०८२
    • 209 पटक पढिएको
  • हेवा खोलाको निर्माणधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु

    पाँचथर— मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना कामदारको मृत्यु भएको छ  । मृत्यु हुनेमा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन । निर्माणाधिन बेलिबृज भाँचिदा ३ जना गम्भिर घाईते भएका छन । जेठ ३१ गते  बेलुका बेलीबृज जडान गर्ने क्रममा अचानक भाँचिदा घाईते भएका कामदारहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी पाँचथर अस्पतालमा ल्याई थप उपचारको लागि वि

    • प्रकाशित मितिः असार १, २०८२
    • 156 पटक पढिएको
  • चार महिनामा एक करोड ८२ लाखको अवैध सामान बरामद

    रौतहट— सशस्त्र प्रहरीले पछिल्ला चार महिनामा रौतहटबाट एक करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटले फागुन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा सीमा क्षेत्रमा सक्रियता बढाउँदै यस्तो परिणाम निकालेको हो।प्रहरीले ६९ लाख ३२ हजार रुपैयाँ बराबरका सवारीसाधन नियन्त्रणमा लिएको गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । तीमध्ये एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल रहेका छन्।यसैबीच, ८५ लाख ६८ हजार २२४ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टससमेत बरामद भएका छन्।यसबाहेक, स्रोत

    • प्रकाशित मितिः असार १, २०८२
    • 206 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा