समाज

    Showing 4,841-4,850 of 6,735 items.
  • गाविसमा भ्रष्टाचार गरेको भन्दै आयोगले नै विषेश अदालतमा १७ जनाविरुद्ध मुद्दा दायार गर्यो, कति पैसा हिनामिना भएको थियो ?

    काठमाडौं— बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व.२०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन

    • प्रकाशित मितिः असार १, २०८२
    • 239 पटक पढिएको
  • प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीको फन्दामा परे युवक

    गोरखा— आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । शाहिदलखन गाउँपालिका–२ बस्ने १९ वर्षका जिफ्रान थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।रिलेसन सिपमा रहेको आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।जिफ्रान थापा मगरलाई अहिले विद्युतीय कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।पक्राउ परेका युवकले नाम परिवर्तित “(०८१।०८२) फ कुमारी” का प्रेमीलाई सामाजिक सञ्

    • प्रकाशित मितिः असार १, २०८२
    • 229 पटक पढिएको
  • सम्झना राईले गरिन करिब ३ सर्पकाे उद्दार, बनाइन फरक पहिचान

    मोरङ, १ असार । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजीब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय

    • प्रकाशित मितिः असार १, २०८२
    • 239 पटक पढिएको
  • अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी

    काठमाडौं  - सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न गरेको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो ।अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।दुईदिने सम्मेलनलाई उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत

    • प्रकाशित मितिः असार १, २०८२
    • 244 पटक पढिएको
  • मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर

    काठमाडौं — बलात्कार अभियोगमा पक्राउ परेका मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरिएको छ।काठमाडौं जिल्ला अदालतले शुक्रबार गरेको अन्तिम आदेशमा पोखरेललाई बलात्कारमा भने अभियोग नपुगेको भन्दै उन्मुक्ति दिएको छ तर यौन दुर्व्यवहारमा दोषी ठहर गरेको हो। आदेश न्यायाधीश खिमानन्द भुषालको इजलासबाट जारी गरिएको हो।पोखरेलमाथि आफैले घरमा काम गर्न राखेकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नै घरबाट २०८० साउन १२ गते प्रहरीद्वारा पक्राउ परेका उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले बलात्कारको कसुरमा मुद्दा दर्ता गरेको थि

    • प्रकाशित मितिः असार १, २०८२
    • 293 पटक पढिएको
  • हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानबिन समिति गठन

    पाँचथर —पाँचथरको फिदिम–ताप्लेजुङ सडक खण्डअन्तर्गत हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको संयोजकता सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गरेका छन्।समितिलाई घटनाको कारण पत्ता लगाउने, भविष्यमा यस्ता घटना नदोहोरिन सल्लाह दिने र अस्थायी रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले आइतबारदेखि काम सुरु गरिसकेको छ। मन्त्री दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने

    • प्रकाशित मितिः असार १, २०८२
    • 261 पटक पढिएको
  • युनुस अन्सारीको पुनः गिरफ्तारीमाथि प्रश्न, उच्च अदालतमा रिट दायर

    काठमाडौं — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नियन्त्रणमा रहेका युनुस अन्सारीले उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) को रिट दायर गरेका छन्।नक्कली नोट प्रकरणमा ६ वर्षको सजाय पूरा गरी जेठ १० गते नख्खु कारागारबाट रिहा भएका अन्सारीलाई CIB ले तत्कालै पुनः पक्राउ गरी हिरासतमा राखेको थियो। ब्युरोले उनीमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) को अभियोगमा थप अनुसन्धान गरिरहेको जनाएको छ।यसैबीच, अन्सारीले आफ्नो निरन्तर थुनालाई गैरकानुनी दाबी गर्दै शुक्रबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि आइतबार न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा सुनुवाइ हुने बताइएको छ।युनु

    • प्रकाशित मितिः असार १, २०८२
    • 226 पटक पढिएको
  • रौतहटमा चट्याङ लागेर ६५ वर्षीय सियारामको मृत्यु

    रौतहट— चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आइतबार विहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते उनको गौरस्थित प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।

    • प्रकाशित मितिः असार १, २०८२
    • 201 पटक पढिएको
  • सभामुखले डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग गरे छुट्टाछुट्टै छलफल

    काठमाडौं — सभामुख देवराज घिमिरेले संसद्‌मा जारी अवरोध अन्त्य गर्न रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन्।अर्यालसँगको भेटमा सभामुख घिमिरेले संविधानअनुसार संसद्‌मा बजेटमाथिको छलफल सुरु गर्नु अपरिहार्य रहेको बताएका थिए। उनले संसद्‌को अवरोधको स्वरूप परिवर्तन गर्न आग्रह गर्दै सदन मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।जवाफमा अर्यालले संसद्‌मा जारी अवरोध कायमै रहने स्पष्ट पार्दै पनि संसदीय मर्यादा पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।यसैबीच, गत शुक्रबार संसद्‌ बैठकमा अवरोधका क्रममा भएको अमर्यादित गतिविधिबारे प

    • प्रकाशित मितिः असार १, २०८२
    • 202 पटक पढिएको
  • विश्व रक्तदाता दिवसमा चर्मरोग विशेषज्ञ ठाकुरसहित दुई जना सम्मानित

    विराटनगर— विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन व्यक्तित्व शनिबार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चर्मरोग विशेषज्ञ डा. केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगर हाटखोलास्थित आरोहण गुरुकुलमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी  रक्तदान गर्ने व्यक्तिका रुपमा डा. ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।यस्तै आफै रक्तदाता मात्र नभएर नाटक, टेलिफि

    • प्रकाशित मितिः असार १, २०८२
    • 223 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा