समाज

    Showing 4,851-4,860 of 6,735 items.
  • मोरङमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनाः प्रहरीसहित दुई जनाको मृत्यु, ६ जना घाइते

    विराटनगर— मोरङ जिल्लामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा नेपाल प्रहरीका एक सहायक हवल्दारसहित दुईजनाको मृत्यु भएको छ भने बालकसहित ६ जना घाइते भएका छन्।पहिलो घटना कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा शनिबार राति करिब ८ बजे भएको हो। पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा इलामको प्रहरी चौकी जमुनामा कार्यरत ३१ वर्षीय सहायक हवल्दार जितेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचार हुँदै गर्दा चौधरीको निधन भएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः असार १, २०८२
    • 202 पटक पढिएको
  • इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

    काठमाडौं । इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको म

    • प्रकाशित मितिः असार १, २०८२
    • 246 पटक पढिएको
  • प्रचण्डले दिए एक लाख विरुवा रोप्ने अभियानमा साथ

    दमक - नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।उनले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूला विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण

    • प्रकाशित मितिः असार १, २०८२
    • 225 पटक पढिएको
  • घाँटीमा मासु अड्किएर वृद्धको निधन

    धनकुटा— मासु अड्किएर धनकुटामा एक वृद्धको दुखद निधन भएको छ। महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको घाँटीमा मासु अड्किएपछि गम्भीर अवस्था बनेको थियो।जेठ २१ गते मासु खानेदौरान घाँटीमा अड्किएपछि उनलाई तत्काल विराटनगरस्थित विराट अस्पताल लगिएको थियो। अस्पतालमा घाँटीबाट मासु त निकालिएको थियो, तर त्यसले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुर्‍याएको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। लामो समयदेखि उपचाररत लिम्बूको गएराति निधन भएको हो।

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 248 पटक पढिएको
  • महिलासँग रंगेहात पक्राउ परेका मालपोत कर्मचारीको कोठाबाट सरकारी कागजातको ठेली बरामद

    सिरहा— महिलासँग रंगेहात पक्राउ परेका मालपोत कार्यालयका एक कर्मचारीको कोठाबाट सरकारी कागजातको ठेली बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारीअनुसार मालपोत कार्यालय सिरहा–मिर्चैयाका कर्मचारी संजय रायको डेरामा छापा मार्दा मालपोतसम्बन्धी कैयौं कागजात फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले राय बस्दै आएको कोठामा खानतलासी गरिएको पुष्टि गर्दै बरामद कागजातमाथि अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।खानतलासीका क्रममा घटनास्थलमा पुगेका सिरहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट सरकारी कागजातको थुप्रो भेटिएको जानकारी द

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 320 पटक पढिएको
  • माग पुरा नभए असार २ गतेदेखि सुनचाँदी व्यवसायीले थप आन्दोलन गर्ने चेतावनी

    काठमाडौं— आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट नहटाए असार २ गतेदेखि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएका छन्।शुक्रबार विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले पत्रकार सम्मेलन आयोजना गरी सरकारको गलत कर नीतिले नेपाली उपभोक्ताहरू सीमावर्ती भारतीय बजारमा जाने सम्भावना बढेकाले आर्थिक वर्ष ०८२/८३ को बजेटमा लगाइएको कर सच्याउन माग गरेका हुन्।उनीहरूले अहिले सरकारले लिइरहेको सुन आयातमा १० प्रतिशत भन्सार र १० लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना खरिद गर्दा लगाइएको विलासिता कर नै उपयुक्त भएको समेत बताएका छन्। सरकारले विलासिता क

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 318 पटक पढिएको
  • प्रतिन्धित लागू औषधसहित ४ जना पक्राउ

    विराटनगर— धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुन कटुवाल, सुमन माझी, रोहित बिष्ट र बालकृष्ण मगर रहेका छन् । विहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका–१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका–२ का ३३ बर्षीय सुमन माझीलाई पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी रेल्वेले धरान– १६ बाट सोही स

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 367 पटक पढिएको
  • वल्र्डलिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

    सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–८ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिङ्क नेटको तार जोड्ने क्रममा करेन्ट लागेको हो ।तार जडान गर्ने क्रममा  नेटका कर्मचारी इटहरी उप–महानगरपालिका–१४ का २६ बर्षीय मुकेश कुमार चौधरी अचानक करेन्ट लागि घाइते भएकोमा उनलाई जिल्ला अस्पताल सुनसरी इनरुवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । 

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 241 पटक पढिएको
  • मिश्र र राणा फरार घोषित, पक्राउ पुर्जी जारी हुने तयारी

    काठमाडौं— राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणा अदालतमा अनुपस्थित भएपछि उनीहरूलाई फरार अभियुक्त घोषणा गरिएको छ। अब उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी हुने प्रक्रिया अघि बढाइएको छ।तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा संलग्न रहेको आरोपमा मुद्दा दायर हुँदा मिश्र र राणा दुवै अदालतमा उपस्थित थिएनन्। उनीहरू अनुपस्थित रहँदा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आरोपपत्र पेश गरिसकेको छ।राणा उपचारका लागि अदालतबाट हाजिर जमानीमा छुटेका थिए भने मिश्र बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत रिहा भएका थिए। तर अब उनीहरू सम्पर्कविहीन छन्। अदालत स्रोतका अनुसार अनुसन्धान

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 417 पटक पढिएको
  • कन्सट्रक्सनको सामान चोरीमा संलग्न आरोपमा तीन जना पक्राउ

    ओखलढुंगा— कन्सट्रक्सनको सामान चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिमल कार्की, रज बिश्वकर्मा र एक जना बालक रहेका छन् ।खिजिदेम्बा गाउँपालिका–७ स्थितमा रहेको एपोलो हाइड्रोपावर प्रा.लि. अन्तर्गतको त्रिसाइज कन्सट्रक्सन कम्पनीको सामानहरु खिजिदेम्बा–८ स्थित क्याम्पको कम्पाउण्डमा राखेकोमा जेठ २७ गते राती ड्रिल मेसिन १ थान, ग्रेन्डर १ थान र बिभिन्न प्रकारको तारहरु चोरी भएको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खोजतलाशमा खटिएको प्रहरी टोलीले सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 341 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा