समाज

    Showing 4,871-4,880 of 11,044 items.
  • परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार होः ईश्वर पोखरेल

    काठमाडौं— नेकपा एमालेका नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन् ।महाधिवेशनमा पराजित भएपछि आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए ।‘प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु हो । परिणाम स्वीकार गर्न नसक्ने वा स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धात्मक राजनीति गर्ने मान्छे हुँदैनन्,’ उनले भने ।उनले प्रतिस्पर्धात्मक राजनीतिका आफ्नै चुनौती र समस्याहरू हुने उल्लेख गरे । ती विषयमा अलग

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 597 पटक पढिएको
  • ओलीलाई चुनावी तालमेल गर्न र घोषणा पत्र बनाउने जिम्मा, ‘बादल’लाई निर्वाचन परिचालन कमिटीको जिम्मेवारी

    काठमाडौं— नेकपा )एमाले) को मंगलबार बसेको सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।एमाले उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटी गठन गरेको र त्यसको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई संयोजक तोकेको छ । जसमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भीष्म अधिकारी सदस्य रहेका छन् ।त्यस्तै, कांग्रेस र नेकपाबीच छलफल गर्ने र हरेक प्रदेशमा एकजना पर्ने गरी सात सीट माग गरेको उपमहासचिव भट्टले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 557 पटक पढिएको
  • कांग्रेस महाधिवेशन: सानेपामा सुरक्षा व्यवस्था कडा

    काठमाडौं– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर विवाद बढ्दै गएपछि पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मंगलबार पार्टीको सम्पादन समिति बैठक सुरु हुनुअघि कार्यकर्ताहरूको भीड बाक्लिँदै गएपछि सुरक्षा सतर्कता थप कडा बनाइएको जनाइएको छ। कार्यालय वरपर प्रहरीको उपस्थिति बढाइएको छ भने प्रवेशमा निगरानीसमेत गरिएको छ।पार्टीभित्र देखिएको आन्तरिक विवादले तनावको अवस्था सिर्जना भएपछि अप्रिय घटना हुन नदिन सुरक्षाका उपाय अपनाइएको स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 577 पटक पढिएको
  • अध्यक्ष ओली भन्छन कांग्रेस–एमाले नजिकिएपछि निर्वाचन सार्ने षडयन्त्र हुँदैछ

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।मंगलबार बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले तत्काल निर्वाचन हुने वातावरण अझै नबनिसकेको धारणा पनि राखे ।उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार तथा केही विदेशी शक्तिहरूले निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको अवस्था देखिएको छ । यस प्रक्रियामा सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनःस्थापना हुन नदिने प्रयास भइरहेको उल्लेख गर्दै उनले यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।अध

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 554 पटक पढिएको
  • गोंगबुमा खैरो हेरोइनसहित दुई जना पक्राउ

    काठमाडौं— टोखा नगरपालिका–९ गोंगबुस्थित एक होटलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–११ निवासी २६ वर्षीय महेन्द्र तामाङ र बागलुङ ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगर रहेका छन्। गएराति उनीहरु दीपसागर होटलमा खैरो हेरोइन सहित पक्राउ गरेकोे प्रहरीले जनाएको छ। उनीहरूको साथबाट छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 494 पटक पढिएको
  • आश्रममा सुबिसुको निःशुल्क वाइफाई जडान गर्यो

    काठमाडौं— नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको सुविसु लिमिटेडले नीलसागर सेवा आश्रममा निःशुल्क वाइफाई जडान गरिदिएको छ । २५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत निस्शुल्क वाइफाई जडान गरिएको कम्पनीले जनाएको छ ।नीलसागर सेवा आश्रमले वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । सो आश्रममा २५० भन्दा बढीले आश्रय पाएका छन् । तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्धवृद्धा छन् ।निशुल्क वाइफाई केवल इन्टरनेट कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि हो’ सुविसुले एक विज्ञप्तिमार्फत भनेको छ

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 578 पटक पढिएको
  • विशेष महाधिवेशन केन्द्रीय समितले आब्हान गर्नुपर्छः डा.शेखर कोइराला

    काठमाडौं— नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बिशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।उनले भने, ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार टुंग्याउनु पर्नेछ । यसकारण बिशेष महाधिवेशन पक्षधरहरुसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।’मंगलबार उनले आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा केन्द्रीय सदस्यहरुको समूहसँग छलफल गरेका थिए । उक्त भेटघाटमा डा. कोइरालाले सबैको मनोभावना सम्बोधन ह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 534 पटक पढिएको
  • २५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं— नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ (घ)’ जारी गर्ने भएको छ । बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र अनलाइन बोलकबोल प्रणालीमार्फत निष्कासन गर्न लागेको हो ।राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल मिति २०८२ पुस २२ गते  मध्यान्ह १२ बजेसम्म तोकिएको छ । आजै ऋणपत्र निष्कासन गरिनेछ भने यसको परिपक्वता मिति २०८३ पुस २२ गते रहेको छ ।ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । यसमा ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका दरले, कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 455 पटक पढिएको
  • आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार, केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनका विषयमा छलफल हुनेछ ।साथै, समानुपातिक उम्मेदवार परिचालन कार्यविधि, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेश र जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनका विषयमा समेत छलफल हुने प्रवक्ता झाले बताए ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 566 पटक पढिएको
  • गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन— चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।सोमबार दिउँसो चितवनको भरतपुर महानगरपालिका(१२ रामदेलस्थित सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका बेला ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई जंगली गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव सोमबार साँझ भरतपुर सरकारी अस्पताल पठाइएको छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 451 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.