समाज

    Showing 4,891-4,900 of 6,735 items.
  • राधेश्याम जोन्छेंबारे किताब लेख्नुहोस, देशभर प्रचार गर्नुहोसः देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्त्तपुरको सुर्यविनायक नगरपालिकामा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण गरेका छन् । आइतबार शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले शहीद राधेश्यामको देशभर प्रचार गर्नुपर्ने बताए । उनले राधेश्याममाथि हमला हुनुको कारण उनी धेरै लोकप्रिय र लडाकु रहेको बताए ।  ‘शहीद राधेश्यामको एउटै मात्र दोष उहाँ धेरै लोकप्रिय हुनुहुन्थ्यो । त्यसै कारण उहाँमाथि प्रहार भएको हो । उहाँको दोष लोकप्रिय र ल

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 233 पटक पढिएको
  • सप्तकोशी नदीमा बेपत्ता गोताखोरको चार दिनपछि शव भेटियो

    काठमाडौं— विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेला परेको छ । कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो । कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भन्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।  सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो। 

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 234 पटक पढिएको
  • अत्यधिक कार्यभार र कम तलब भएका कारण जागिर छोड्ने प्रहरीको संख्या बढ्दो

    काठमाडौं— मधेस प्रदेशका युवामाझ कुनै समय नेपाल प्रहरीको जागिरमा ठूलो आकर्षण थियो। तर मधेसमा पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेहरू बढिरहेको देखिन्छ । नेपाल प्रहरीमा विशेष गरी तल्लो दर्जाका कर्मचारीहरूले विभिन्न कारण देखाउँदै जागिर छाड्ने प्रवृत्ति बढ्दो छ। मुख्यतः न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर छाड्न बाध्य बनाएको हो।कम तलब र अत्यधिक कार्यभारप्रहरी जवानहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। यो तलब दैनिक खर्च, परिवारको पालनपोषण र भविष्यको सुरक्षाका लागि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 357 पटक पढिएको
  • अत्यधिक गर्मी भएपछि चौधरी आफ्नै घर बाहिर सुतिरहेकी थिइन तर लुटिइन्

    सप्तरी— सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशला देवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।अत्यधिक गर्मीका कारण घर बाहिर सुतिरहेको बेला कान, नाकमा लगाएको गहना लुटेराले थुतेर लगेको उनले बताइन् ।कानमा लगाएको सुनको कुण्डल, नाकमा लगाएको फुली गरी दुई तोला भन्दा बढी सुनको गहना लुटेर लगेको उनले बताइन् । पति र छोरा रोजगारीको क्रममा बाहिर गएको बेला घरमा छोरा मान्छे नभएको मौका छोपी बुहारी र आफू मात्रै घरमा भएको बेला लुटेराहरूले गहना लुटेर लगेको बताइन् ।गहना लुटेर घरको ताल्चा खोल्ने प्रयास गर्दा जोर जोरले हल्ला गर्न थालेपछि लुटेराहरू भाग

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 226 पटक पढिएको
  • ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ

    मोरङ— मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ५५ बर्षीय एसराज लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई पक्राउ गरेको छ । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 229 पटक पढिएको
  • बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

     दोलखा—  दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।गौरीशंकर गाउँपालिका –४ झ्याँकुको देपुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।दुर्घटना परी स्थानीय अन्दाजी ४५ वर्षीया फुलमाया शेर्पाको घटनास्थलमै र गम्भीर घाईते भएकी अन्दाजी ३२ वर्षीया डोल्मा शेर्पाको उपचारको लागि चरिकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोेलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिए।सामान्य घाईते छिरि शेर्पालाई स्थनीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटी लगिएको छ । शुक्रबार गौरीशंकर गाउँपालिक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 119 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सशस्त्रका असइको मृत्यु

    झापा— पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक (असइ) पुरनलाल राजवंशी रहेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते सप्रनानि राजवंशीको  बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 192 पटक पढिएको
  • टिप्परको ठक्करबाट बौद्धमा एक जनाको मृत्यु

    काठमाडौं—  काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध रामहिटीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर टिप्परको ठक्करबाट नाम नखुलेका करिब ६५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिप्पर चालक काभ्रे मण्डदनेउपुर नगरपालिका–६ घर भएका २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।चालकलाई मण्डनदेउपुरबाट आइतबार बिहान  नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको एसपी बोहराले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 129 पटक पढिएको
  • आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा हुने

    काठमाडौं—  हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गत जेठ १५ गते रातिबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ।आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 281 पटक पढिएको
  • पोखरीमा डुबेर दुई बालकको मृत्यु

    झापा— झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर शनिबार बिहान दुई बालकको मृत्यु भएको छ ।मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा– ११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।शनिबार बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटल पुर्‍याएका थिए ।हस्पिटलका चिकित्सकले दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 185 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा