समाज

    Showing 4,891-4,900 of 9,944 items.
  • एनपीएलः आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । विराटनगरको कप्तान सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनका कप्तान कुशल मल्ल हुन्। तीन खेल खेलिसकेको विराटनगरले लगातार जित निकाल्दै ६ अंक जोडिसकेको छ। दुई खेल मात्र खेलेको चितवनको दुई अंक मात्र छ।विराटनगरले हालसम्म हारको सामना गरेको छैन। अंक तालिकामा विराटनगर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा विराटनगर तोस्रो स्थानमा छ। चितवन तालिक

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 420 पटक पढिएको
  • बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 373 पटक पढिएको
  • ६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरु दर्तामा आउनु हुनेछ । त्यसैले आयोग

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 305 पटक पढिएको
  • नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 259 पटक पढिएको
  • सर्लाही र सिरहामा स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

    सर्लाही— सर्लाही र सिरहामा छुट्टाछुट्टै घटनामा ठूलो परिमाणको स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ परेका छन्।सर्लाहीको मलंगवा–८ मा प्रहरीले भारतका सीतामढी सोनवर्षा–४ का ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मालाई पक्राउ गरेको हो। गोरखकाली प्रहरी चौकीबाट खटिएको टोलीले बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका उनीहरूबाट १ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।यसैगरी सिरहा नगरपालिका–१७ मा इलाका प्रहरी कार्यालय माडरले भारत मधुवनी जयनगरका २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मोहम्मद गुलसाहलाई नियन्त्रणमा लिएको छ। उनीहरू सवार मोटरसाइकल ‘अन टेस्ट’ नम्बरमा

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 514 पटक पढिएको
  • जेनजी आन्दोलनपछि एटीएम तोडफोड प्रकरणमा एक युवक पक्राउ

    काठमाडौं— जेनजी प्रदर्शनका दौरान एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी–८ घर भई भक्तपुर थिमीमा बस्दै आएका २९ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरिएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए।अनुसन्धानअनुसार तामाङले भदौ २४ गते प्रहरी वृत्त थिमीमा आगजनी भएको केहीबेरपछि सोही परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम क्षति पु¥याएका थिए।हाल उनलाई प्रहरी वृत्त थिमीमै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 454 पटक पढिएको
  • घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु

    ताप्लेजुङ— ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिममा घाँस काट्ने क्रममा लडेर १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय बलबहादुर तवेवुङ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका उनको लडेर मृत्यु भएको प्रहरी जनाएको छ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 524 पटक पढिएको
  • रौतहटमा १६ दिने अभियानको पहिलो दिनै बुहारीको हत्या

    रौतहट— लैङ्गिक हिंसा विरोधी १६ दिने अभियानको पहिलो दिन नै रौतहटमा २२ वर्षीया तरिमा खातुनको घरपरिवारकै सदस्यले हत्या गरेका छन्। बृन्दाबन–९ की खातुनलाई चरम रूपमा कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ।ससुरा शेष अलि महम्मदसहित घरका सबै सदस्य घटनापछि फरार छन्। उनीहरूलाई तरिमाको भतिजासँग सम्बन्ध रहेको शंकाका आधारमा कुटपिट गरेको बताइएको छ। मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरिएको र खुट्टामा नीलडाम भेटिएको छ। शव घरकै गोठमा गाडिएको अवस्थामा फेला परेको हो।तरिमाका श्रीमान साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। डेढ वर्षको छोरा समेत घरपरिवारले लुकाएको प्रहरीले बताएको छ। घटना सम्बन्धी अनुसन्धान जारी रहेको

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 528 पटक पढिएको
  • गण्डकी विश्वविद्यालयका नवनियुक्त निमित्त उपकुलपतिविरुद्ध अख्तियारमा योग्यता जालसाजीको उजुरी

    काठमाडौं— गण्डकी विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा ५ वर्ष काम गरेपछि यही कात्तिकको अन्तिममा निमित्त उपकुलपति नियुक्त भएका कैलाश तिमिल्सिनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको छ।उनले विश्वविद्यालयमा रजिष्ट्रारको रुपमा जागिर खाने बेलामा आफ्नो योग्यताको प्रमाणपत्रमा जालसाजी गरेको उजुरीकर्ताको आरोप छ।उजुरीमा उल्लेख भएअनुसार विश्वविद्यालयको रजिष्ट्रारको रुपमा नियुक्तिका लागि स्नातकोत्तरसहित कम्तीका १० वर्ष अनुसन्धान वा अध्यापनको अनुभव वा ५ वर्ष व्यवस्थापकीय पदमा रही ५ वर्ष काम गरेको अनुभव वा विश्वविद्यालयको बरिष्ठ प्रशासकको रुपमा ४ वर्ष काम गरेको अनुभव आवश्यक हुने कानुनी व्यवस्था छ।उज

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 550 पटक पढिएको
  • दार्चुलामा अवैध भन्सार छलीका सामान नियन्त्रण

    दार्चुला— दार्चुला मा प्रहरीले अवैध रूपमा भन्सार छली गरिएका सामानहरू नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार साँझ महाकाली नगरपालिका–४ को बसपार्क क्षेत्रबाट उक्त सामान बरामद गरेको हो।जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले करिब ४३ हजार ३०० रुपैयाँ बराबरका सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा बिँडी, स्विटर, सुटपिस, चप्पल लगायतका सामग्री रहेका छन्।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 522 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.