समाज

    Showing 4,901-4,910 of 6,735 items.
  • आगलागी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

    बाजुरा— जिल्लाको बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ । बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । ग्यास सिलिन्डर पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिक

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 144 पटक पढिएको
  • आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    काठमाडौं— वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन प

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 237 पटक पढिएको
  • 'पत्रकारमाथि वरिष्ठ अधिवक्ता थापाको दुर्व्यवहार अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप'

    काठमाडौं— वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथि गरेको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ।नेपालप्रेसडटकमका फोटो पत्रकार कार्कीलाई हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा थापाले अपशब्द गर्दै दुर्व्यवहार गरेका थिए।सार्वजनिक स्थानमा निर्वाध रूपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।चौतारीका महासचिव हिरामान लामाले आज एक विज्ञप्ति जारी गर्दै थापाको यस प्रकारको व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको निष्कर्ष उल्लेख गरिएको छ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 143 पटक पढिएको
  • मुस्ताङको दामोदर कुण्डमा लेक लागेर ७० वर्षीय वृद्धको मृत्यु

    मुस्ताङ— मुस्ताङमा रहेको दामोदर कुण्ड पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ। लो—घेकर दामोदर कुण्ड गाउँपालिका—४ मा अवस्थित दामोमर कुण्डमा पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। सिटौला तीर्थयात्राको क्रममा त्यहाँ पुगेका थिए। गएको बुधबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भएको परिवारका सदस्यले बताएका छन्। 

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 123 पटक पढिएको
  • उद्दारकला र पुर्व अभ्यासमा सहभागी भएका २ प्रहरी बेपत्ता, खोजी कार्य जारी

    सप्तरी— सप्तकोशी नदीमा उद्दारकला र पुर्व अभ्यासमा खटिएका दुई प्रहरी आफै बेपत्ता भएका छन् । विहीबार बाढी पहिरोमा फँसेकाहरुलाई कसरी जोगाउने? भन्ने उद्देश्यका साथ सचेतनाका लागि अभ्यासमा खटिएका उनीहरु बेपत्ता भएका हुन् ।बेपत्ता हुनेहरुमा मधेश प्रदेश सशस्त्र प्रहरीका जवान सुरज साउद र हरदेव राजवंशी छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीमा बर्षाका बेला बाढीपहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्देगर्दा उनीहरु बेपत्ता भएका हुन् ।विपद् पुर्व तयारीका अभ्यासका लागिव मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट आएका गोताखोर सह

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 437 पटक पढिएको
  • बालुवा बोकेको टिपरमा तार र फ्युज निकाल्न लाग्दा आगलागी

    काभ्रेपलाञ्चोक— काभ्रेमा बालुवा बोकेको टिपरमा आगलागी भएको छ । पाँचखाल नगरपालिका–५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा बा२क ६१२५ नम्बरको टिपरमा आगलागी भएको हो ।एक्कासी गति बढ्न थालेपछि चालक नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा आगलागी भएको प्रहरीले बताएको छ ।आगलागी राति साढे १ बजे नियन्त्रणमा आएको थियो । टिपर पाँचखालबाट भक्तपुर जाँदै थियो ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 170 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर

    काठमाडौं— अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ।आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ।अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 218 पटक पढिएको
  • कुटपिटबाट घाइते किशोरको मृत्यु

    दाङ— तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ ।नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । निजको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बुधबार १५ वर्षीय यज्ञ वली र गिरीबीच भएको झगडा कुटपिटमा परिणत भएको थियो । वलीलाई नियन्त्रणमा लिइएको छ ।

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 186 पटक पढिएको
  • आज यी प्रदेशमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

    काठमाडौं— हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्य

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 304 पटक पढिएको
  • जिस्किँदा-जिस्किदै एक व्यक्तिले सात वर्षीय बालकको लिङ्ग काटिदिएपछि...

    विराटनगर— मोरङमा एक व्यक्तिले जिस्किदाजिस्किदै सात वर्षीय बालकको लिङ्ग काटिदिएका छन् । मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का ४८ वर्षीय मही चौधरीले फलाम काट्ने ग्रेन्डरले सोही स्थानका सात वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।ग्रील पसल सञ्चालन गर्ने महीले पसलमा आएका सोही स्थानका किरण चौधरीका ७ वर्षीय छोरासँग जिस्किने क्रममा लिङ्गको टुप्पोको केही भाग काटिएको थियो ।घटनापछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीका अनुसार मही चौधरीले नै बालकलाई उपचारका लागि अस्पताल लगेका हुन् । बालकको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानका

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 226 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा