समाज

    Showing 4,911-4,920 of 6,735 items.
  • आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलनराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं— आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । २०६८ देखि यो दिवस मनाउन थालिएको हो ।सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो । त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहामा कार्यान्वयन नुहँदा सरोकारवाला चिन्तित छन् । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् ।जातीय छुवाछूत कानूनतस् दण्डनीय अपराध हो । नेपालको संविधानले नै सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 195 पटक पढिएको
  • यातायात व्यवसायीको आन्दोलन फिर्ता लिएपछि, आजदेखि सार्वजनिक गाडी चल्न थाले

    काठमाडौं— यातायात व्यवसायीको आन्दोलन स्थगित भएसँगै सार्वजनिक गाडी चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् । सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो ।हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका ल

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 261 पटक पढिएको
  • टिपरको ठक्करबाट बाजुराका घर भएका प्रहरी जवान मीन बहादुर दानीको मृत्यु

    सर्लाही— पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फूलजोर चोकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा बाजुराको बडीमालिका नगरपालिका–६ निवासी ३० वर्षीय मीन बहादुर दानी रहेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दानी बयलवासबाट फूलजोरतर्फ जाँदै गरेको बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकलमा सवार थिए।सोही क्रममा रानिगन्जबाट आइरहेको ना १ क ८५२० नम्बरको टिपरले फूलजोर चोकमा ठक्कर दिएको थियो।गम्भीर घाइते भएका दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 145 पटक पढिएको
  • बन्द अवज्ञा गरेको बेला मयुर यातायात सञ्चालन गरेको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरूले गाडी रोकर दिए चेतावनी

    काठमाडौं—  हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।उनीहरूले मयुरको गाडी रोकेर बन्दको अवज्ञा गरेको भन्दै बाटोमा प्रदर्शन समेत गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।उनका अनुसार, प्रदर्शनका क्रममा एउटा सुमोमा तोडफोड पनि भएको छ । ना १ ज ६९७३ नम्बरको सुमो गाडीको झ्यालको सिसामा तोडफोड गरेर क्षति पुर्‍याएको एसपी बोहराले बताए ।व्यवसायीहरू सडकमा उत्रिएपछि केहीबेर जडीबुटी क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । राइड सेय

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 191 पटक पढिएको
  • पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका— १७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईलेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका—४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका—१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। भेनस अस्पताल बरहथवामा प्राथमिक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 247 पटक पढिएको
  • क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए । डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 271 पटक पढिएको
  • बेलिब्रिजको जडान गर्न लागिएकोले कान्तिलोकपथ ४ दिन बन्द हुने

    काठमाडौं— कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान(कलंकी(हुमाने वा कुलेखानी(सिस्नेरी(फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 203 पटक पढिएको
  • झापामा जंगली हात्तीको करेन्ट लागेर मृत्यु

    झापा—  झापाको कमल गाउँपालिका–३ रतुवामाई जंगलमा विद्युतप्रवाह (करेन्ट) चुहावट हुँदा जंगली हात्तीको मृत्यु भएको छ ।गएराति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए । उनले  करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 134 पटक पढिएको
  • आजभन्दा भोलि धेरै वर्षाको सम्भावना

    काठमाडौं— देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । यद्यपि, विगत केही दिनको तुलनामा आज कम पानी पर्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र सुदूरपश्चिम, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।विभागले राति कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती, गण्डक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 241 पटक पढिएको
  • ‘नक्कली प्रचण्ड’ बनेका हास्यकलाकार घनश्याम गौतमको निधन

    काठमाडौं— ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ।लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 258 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा