समाज

    Showing 4,911-4,920 of 9,944 items.
  • कास्कीमा १७ हजार ७८६ मतदाता थपिए

    पोखरा— कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् । नयाँ थपिएका मतदातामा अधिकांश युवा छन् । यसअघि कास्कीमा कुल दुई लाख ९४ हजार मतदाता कायम रहेको कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । 'मतदाता नामावली रुजु र अद्यावधिक भएपछि निर्वाचन आयोगबाट अन्तिम नामावली आउँदासम्म मतदाताको सङ्ख्या केही घटबढ हुनसक्छ,'उनले भने, 'कतिपय मतदाताले एक जिल्लाबाट अर्को जिल्लामा मतदाता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 413 पटक पढिएको
  • सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो

    काठमाडौं— सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो । हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । 

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 506 पटक पढिएको
  • एमाले र राप्रपाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गराए

    काठमाडौं— प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छ।आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए।प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ।  एमाले र राप्रपाले पनि दल दर्ता गराएसँगै अहिलेसम्ममा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६६ दल दर्ता भइसकेका छन्।निर्वाचन आयोगमा दर्ता दलको संख्या १३५ पु

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 431 पटक पढिएको
  • छ लाख रुपैयाँ बराबरको धनमाल चोरी

    काठमाडौं— टोखा नगरपालिका-३ सूर्य दर्शन हाईट डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-७ घर भएका ३६ वर्षीय प्रकाश श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 435 पटक पढिएको
  • जेनजी आन्दोलन:ओली-लेखकसहितका ९ जाहेरी तामेलीमा

    काठमाडौं— जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ ।जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको हो ।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका गरी ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।प्रहरीमा आएका १०४ जाहेरी भन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 459 पटक पढिएको
  • सुर्खेतमा महेश बस्नेतविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था कडा

    काठमाडौं— नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार सुर्खेतमा ‘जेनजी’ले प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबारै बिहान सुर्खेत आइपुगेका छन्  ।वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा यस दिन कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 460 पटक पढिएको
  • नवलपरासीमा छ हजार मतदाता थपिए

    काठमाडौं—  पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 447 पटक पढिएको
  • प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले सर्वोच्चमा रिट दायर

    काठमाडौं— नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै एमाले सर्वोच्चमा पुगेको हो। यो जानकारी विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले दिएका हुन्।यसअघि विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले अदालत जानेसम्बन्धी निर्णय गरेको थियो। बैठकले मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न आवश्यक अधिकार दिने निर्णय गरेको थियो।रिट निवेदकका रूपमा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभ

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 457 पटक पढिएको
  • सिरहामा ’लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु, हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता आवश्यक

    सिराहा— लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो ।सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो । सिरहा नगर परिक्रमापछि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 458 पटक पढिएको
  • देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण

    लहान— घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ ।कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो।जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।उद्योग दिवसको अवसर पारेर कार्यालयले जिल्लामा उत्कृष्ट काम गर्दै आएका दर्जनौं साना उद्योग व्यवसायीहरूलाई

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 526 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.