रामेछाप— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । दिवस मूल आयोजक समितिको आयोजनामा भएको ¥याली मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो । जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले नेपालको संविधान २०७२ र यसका विशेषता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि जिल्ला स्थिति राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले धारणा राखेका थिए । कार्यक्रमकी अध्यक्ष जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले अहिले दे
विराटनगर— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएकाले यसको रक्षा र कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।यस अवसरमा उनले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र स
दैलेख— जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँसहित रंगेहात पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित मुख्य कार्यालय र सुर्खेत कार्यालयको संयुक्त टोलीले कार्कीलाई बिहीबार बिरेन्द्रनगर नगरपालिका–९ स्थित मंगलगढी चोकबाट पक्राउ गरेको हो।कार्कीले सडक स्तरोन्नती तथा निर्माण सम्पन्नपश्चात् अन्तिम किस्ताको बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागेका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सोही क्रममा उनी रकम लिँदालिँदै पक्राउ परेका आयोगको भनाइ छ ।पक्राउ परेपछि कार्कीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् । तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए । ‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा नि
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख १६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । बिहीबार तोलाको दुई हजार पाँच सय २० रूपैयाँ किनबेच भएको चाँदी शुक्रबार २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं— राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । उनले भनिन् ,‘जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजला
हेटौंडा— मकवानपुरको भीमफेरी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौंडा इजलासका लागि कम्प्युटरका सामाग्री हस्तान्तरण गरिएको छ ।जेन–जी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन र भित्र रहेका धेरैजसो सामाग्री जलेर नष्ट भएका थिए । त्यसै कारणले गर्दा अदालतका काम गर्न असहज भइरहेको समयमा भीमफेदी गाउँपालिका कार्यालयले आज कम्प्युटर दुइ थान, प्रिन्टर ३ थान हस्तान्तरण गरिएको हो ।भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उपरजिष्टार बद्री प्रसाद लामिछानेलाई हस्तान्तरण गरिएको थियो ।कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत जि
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र क
विराटनगर— जेन्जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले पाँच लाख रुपैयाँसम्मका सम्पूर्ण योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिँदै आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा सरकारको तर्फबाट गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको र आन्दोलनमा संलग्न मृतकका परिवारलाई काजक्रियाका लागि एक–एक लाख रुपैयाँ दिने निर्णय भएको बताए ।त्यस्तै, आन्दोलनका क्रममा भएको भौतिक पूर्वाधारको क्षतिबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई कार्तिक ९ गतेसम्मको समय सिमा दिइएको छ ।यसैबीच, कोशी प्रदेश सरकारका मुख्यमन्
काठमाडौं— नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।‘अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.