समाज

    Showing 7,591-7,600 of 11,080 items.
  • सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा

    सर्लाही –  नख्खु कारागार काठमाडौँबाट कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका – ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भ

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 452 पटक पढिएको
  • वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या बढ्दै

    वीरगन्ज— वीरगन्जमा झाडा–पखाला संक्रमितको संख्या पुनः बढ्दै गएको छ ।तीन दिनयता परेको अविरल वर्षापछि झाडा–पखालाबाट संक्रमित भई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना हुने विरामीको संख्या तीन गुणाले वृद्धि भएको हो ।गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका विरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त संख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् । उनका अनुसार झाडा–पखालाबाट बच्न अपनाउनु पर्ने सावधानी नागरिकले पालना नगरेको कारण पछिल्लो समय विरामीको संख्या बढ्दै गएको हो ।अविरल वर्षाका क

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 709 पटक पढिएको
  • जेन जी आन्दोलनसँग संलग्न भएको आरोपमा एकजनामाथि खुकुरी प्रहार

    हेटौंडा –  हेटौंडा उपमहानगरपालिका–१० फरेष्टीगेट अगाडि सोमबार साँझ करिब ६ बजे खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार अन्दाजी ३४÷३५ वर्षका मकवानपुरगढी गाउँपालिका–५ निवासी प्रेम घिमिरेमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन् । घिमिरेको अवस्था मध्यम रहेको छ र थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।स्थानीयहरूका अनुसार घिमिरे जेन जी आन्दोलनमा सक्रिय रहेको भन्दै विवाद भएको थियो भने केहीले खुकुरी प्रहार गर्ने व्यक्ति एमाले,कांग्रेस र माओवादीसँग जोडिएको दाबी गरेका छन् । तर प्रहरीले घटनामा संलग्न व्यक्ति वा समूहको पह

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 583 पटक पढिएको
  • आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ

    जनकपुर— जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जना आज पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीको एक थान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं. ९ का ३७ वर्षीय मनिष कुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउण्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।भाडाको घर

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 534 पटक पढिएको
  • स्रोत नखुलेको ७ लाख ६६ हजार नगदसहित तीन जना पक्राउ

    बाँके— स्रोत नखुलेको नगद रकमसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुकी कोहलपुर नगरपालिका–२ स्थित सालको बुटा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेमा कोहलपुर–५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोका २६ वर्षीय ऋषिकेश मिश्रा रहेका छन्।इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नगद रु ७ लाख ६६ हजारसहित फेला पारेको थियो। रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरल

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 621 पटक पढिएको
  • गृहमन्त्री अर्याल भन्छन जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको भयो, निष्पक्ष छानबिन गर्नुपर्छ

    काठमाडौं— गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन र कानुनी राज्यको प्रत्याभूति दिलाउन पनि सरकारले सो क्रममा भएको बल प्रयोगको घटनाको निष्पक्ष छानबिनको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको गृहमन्त्री अर्यालको भनाई थियो ।उनले जेनजी आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै त्यसक्रममा भएका

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 736 पटक पढिएको
  • विराटनगरको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव फेला

    विराटनगर—  विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ। सोमबार दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जानकारी दिए ।कंकाल कसको हो भन्ने खुल्न नसकेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । हालैको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सोही आगजनीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ । “शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको छ,” चिमोरियाले भने, “हामी घटनाको थप अनुसन्धान गर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 665 पटक पढिएको
  • अविरल वर्षासंगै आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

    बागलुङ— भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । लोकमार्ग अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन कालापैरामा ठप्प भएका छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना तथा यातायातका साधन कानाबगर

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 557 पटक पढिएको
  • सिन्धुलीमा जेनजी आन्दोलनः १३ कार्यालय र ६ घरमा तोडफोड तथा आगजनी

    रामेछाप— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा ठूलो तोडफोड र आगजनीका घटना भएका छन् । सो क्रममा १३ वटा सरकारी तथा गैरसरकारी कार्यालयमा क्षति पुग्नुका साथै ६ जना जनप्रतिनिधि र स्थानीय व्यक्तिहरूको घरमा समेत आगजनी, तोडफोड र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका, मालपोत कार्यालय, जिल्ला समन्वय समिति, करदाता सेवा कार्यालय, नेपाल बार एसोसिएसन जिल्ला वार इकाई, कमलामाई नगरपालिका वडा नं ४, ५ र ६ का कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन् ।यसैगरी नेकपा (एमाले), नेपाली कांग्रेस र माओवादी केन्द्र

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 691 पटक पढिएको
  • राष्ट्र बैंकले थाल्यो सुकिला नोटको वितरण

    काठमाडौं— नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो । बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ । दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 786 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.