समाज

    Showing 7,611-7,620 of 11,082 items.
  • कञ्चनपुर कारागारबाट बाहिरिएका दुई सय ३९ कैदीबन्दी फिर्ता

    कञ्चनपुर— जेनजी आन्दोलनको क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ जना कैदीबन्दीहरु कारागारमा फर्किएका छन्। फिर्ता आएका कैदीबन्दीमध्ये २२७ जना पुरुष र १२ जना महिला रहेका कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीले जानकारी दिए । उक्त कारागारमा कुल ४७९ जना कैदीबन्दी थिए । जसमा लागूऔषध सम्बन्धी अभियोगमा मात्रै १६९ जना कैदी थुनामा रहेका थिए।त्यसैगरी कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये हालसम्म १० जनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिन सकेको छ। बाँकी १८ जना भारतीय कैदी अझै फरार छन्।प्रशासक जोशीका अनुसार, “कारागारबाट निस्केका केही कैदीहरू सम्पर्कमा छन्। उनीहरूले तीन दिनभि

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 408 पटक पढिएको
  • श्रीमतीलाई रुखमा बाँधेर दुई महिनाकी सुत्केरीमाथि बलात्कार, आरोपित पक्राउ

    मकवानपुर— मकवानपुरको राक्सिराङ गाउँपालिका–१, इन्द्रुङमा एक दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। सामाजिक रूपमा पछाडि पारिएको चेपाङ समुदायकी ती महिला अपाङ्गता (बोल्न असमर्थता) भएको अवस्थामा यौन हिंसाको शिकार बनेकी हुन्।२०८२ भदौ २६ गतेको राति एक व्यक्तिले ती महिलाका श्रीमानलाई रुखमा बाँधेर सुत्केरी श्रीमतीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहका अनुसार घटनामा संलग्न रहेको अभियोगमा स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरिएको छ। उनलाई आइतबार साँझ पक्राउ गरी थप अनुसन्धानका लागि मनहरी इलाका प्रहरी कार्यालयमा पठाइएको छ।अझै पन

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 530 पटक पढिएको
  • काठमाडौं महानगर ३२ वडाको सेवा अस्थायी रुपमा बन्द

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयबाट प्रदान गरिँदै आएका नियमित सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ ।वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँदै त्यसबाट भवन, फर्निचर तथा कार्यालय उपकरणमा गम्भीर क्षति पुगेको जानकारी दिएको छ ।हाल सो क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा नयाँ उपकरण जडानको कार्य तदारुकताका साथ भइरहेको जनाइएको छ ।वडा कार्यालयले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ भने सेवाग्राहीहरूलाई यसबाट असुविधा भएकोमा क्षमा प्रकट गरेको

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 226 पटक पढिएको
  • चाडपर्वलाई लक्षित गर्दै आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा

    काठमाडौं— चाडपर्व नजिकिँदै गर्दा सरकारले उपभोक्तालाई राहत दिन आजदेखि देशभर विभिन्न स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा सुपथ मूल्य पसल सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो। मन्त्रालयका अनुसार आम उपभोक्तालाई आवश्यक वस्तु सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले चाडपर्व अवधिभर यस्ता पसल सञ्चालनमा ल्याइनेछ।मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार पसल सञ्चालन सम्बन्धी निर्देशन सम्बन्धित संस्थाहरुल

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 553 पटक पढिएको
  • स्थगित गरिएको सागर डिस्टिलरीको आईपीओ आजदेखि खुला

    काठमाडौं— सागर डिस्टीलरीको आईपीओमा सर्वसाधारणले सोमबारबाट आवेदन दिन सक्ने भएका छन् ।कम्पनीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि खुला गर्ने भनेको आईपीओ जेनजी प्रदर्शनपछि स्थगित गरिएको थियो । तर, सोमबारबाट कम्पनीले कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर खुला गरेको हो ।कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो ।सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 664 पटक पढिएको
  • श्रीनगर एग्रोटेकको आईपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन म्याद थप

    काठमाडौं— श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो ।कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्कासनको अनुमति मिलेको छ । यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका बासिन्दाका लागि छुट्याइएको छ, जहाँ न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।स्था

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 670 पटक पढिएको
  • एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ । सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भैइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 155 पटक पढिएको
  • मन्त्री नियुक्तिमा विवाद स् ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन

    काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन् ।मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार साँझ प्रदर्शन गरेका हुन् प्रदर्शनका क्रममा उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए । प्रधानमन्त्री निवासको तीन नम्बर गेटअगाडि प्रदर्शनकारीलाई सम्बोधन गर्दै गुरुङले भने, ‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो। हा

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 335 पटक पढिएको
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले पत्रकारलाई उपचार निःशुल्क सेवा दिने

    रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने निर्णय गरेको हो । चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष नवराज पथिकको अध्यक्षतामा बसेको बैठकले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले दिने सशुल्क औषधि बाहेक पत्रकारलाई अन्य सबै उपचार निःशुल्क गर्ने निर्णय गरेको चिकित्सालयको निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले वाग्मती प्रदेशका पत्रकारहरूलाई

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 705 पटक पढिएको
  • जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने

    काठमाडौं । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन् । आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार तोडफोड र आगजनीबाट ध्वस्त विराटनगरस्थित क्युएफएक्सको भवनबाहेक अन्य सबै चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुनेछन् । महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गर्ने भए पनि राति १० बजेभित्र हल बन्द गर्ने व्यवस्था गरिएको बताए । सोमबारदेखि ‘रिमै’, ‘मोहर’ लगायत नेपाली चलचित्रसँगै

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 403 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.