समाज

    Showing 7,931-7,940 of 11,082 items.
  • मोबाइल चोरी आरोपमा कुटिएका दलित युवाको मृत्यु

    काठमाडौं— मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक दलित युवाको मृत्यु भएको छ । वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।मृतकका भाइ दर्शन बैठाका अनुसार घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।त्यसको भोलिपल्ट १७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशंकामा नसिवलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरे।‘रुखमा उल्

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 867 पटक पढिएको
  • बर्दियामा युरिया मलको चरम अभाव, किसानको धान पहेँलिँदै

    गुलरिया— बर्दिया जिल्लामा युरिया मलको चरम अभाव भएपछि किसानहरू गम्भीर संकटमा परेका छन्। धानमा आवश्यक समयमा मल हाल्न नपाएका किसानका खेतमा बाली पहेँलिँदै जान थालेको छ।गुलरिया नगरपालिका वडा नं. ३ का किसान बाबुराम यादव युरिया मल खोज्दै दिनभर भौतारिए। उनी कुनै पनि सहकारीको सदस्य नभएकाले मल पाउनबाट बञ्चित भए। “सहकारीको सदस्य नभइकन मल दिँदैनन्, पहिले त सजिलै पाइन्थ्यो, अहिले त भात खान पनि नपाइने जस्तो भयो,” यादवले गुनासो गरे।सरकारले अनुदानमा दिइने मल सहकारीमार्फत मात्रै वितरण गर्ने नीति अपनाएपछि सदस्यता नभएका किसानहरूलाई मल प्राप्त हुन सकेको छैन। सहकारी संस्थामा समेत मलको मात्रा अत्यन्त कम भएको जनाइएक

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 638 पटक पढिएको
  • नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं— नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।यसका लागि बैंकले भदौ ९ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोज मितिअनुसार भदौ ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर असोज २२ गतेसम्म निष्कासनमा रहनेछ ।बैंकले निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर सी प्लस’ प्रदान गर्दै समयमा वित्तीय दायित्व बहन गर्ने क्षमताम

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 807 पटक पढिएको
  • बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गर्न माग

    रामेछाप— मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सशस्त्र द्वन्द्वको बेलामा बलपूर्वक बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गर्न माग गरेको छ । आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै सञ्जालले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गर्ने र उनीहरूको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ हरेक वर्ष अगष्ट ३० का दिन बेपत्ता पारिएका व्यक्तिहरूको स्मरण गरिँदै आएको स्मरण गराएको छ । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिनभित्र सार्वजनिक गर्ने उल्लेख भएको स्मरण गराउँदै सञ्जालले उन

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 484 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन अवैध चोरीपैठारी र निकासी रोक्नका लागि समन्वय गरेर काम गर्नुपर्‍यो

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिए। आज जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए। “राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबीच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभइ समन्वयसहित सहकार्य गर्न

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 670 पटक पढिएको
  • पर्सामा झाडापखाला र हैजाको सङ्क्रमण तीव्र, संक्रमित ७८९ नाघे

    पर्सा— पर्सामा फैलिएको झाडापखाला तथा हैजाको प्रकोप दैनिक रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार गत २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९ जना उपचारपछि घर फर्किका छन् भने १ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इडिसिडीले जनाएको छ । गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका केश देखिन थालेपछि जाँच गर्दा भदौ ५ गते हैजा पुष्टि भएको थियो । त्यसपछि संक्रमितकहरु दैनिक रूपमा थपिँदै गएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । प्रकोप नियन्त्रणका लागि हाल संघिय सरकारदेखि प्रदेश

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 780 पटक पढिएको
  • बैंक नोट वाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

    काठमाडौं— सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् । आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरांै । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 708 पटक पढिएको
  • इन्द्र जात्राः यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदै

    काठमाडौं— काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ ।यस वर्ष भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिदैछ । बिहिबार (भाद्र १९ गते) विशेष साइतमा यसिं थनेगु (इन्द्र ध्वजोत्थान) अर्थात् ध्वजोत्थान विधि सम्पन्न गरिन्छ । इन्द्रध्वज केवल काठ र बाँसको संरचना होइन मात्र

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 649 पटक पढिएको
  • राष्ट्र बैंकले भदौ २९ देखि दशैंका लागि सुकिला नोट सटहि गर्ने

    काठमाडौं— यस वर्षको दशैंका लागि नेपाल राष्ट्र बैंकले यही भदौ २९ गतेदेखि असोज ३० गतेसम्म सुकिला नोट वितरण गर्ने जनाएको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।राष्ट्र बैंकका अनुसार दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ ।त्यसैगरी, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ÷संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइए

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 566 पटक पढिएको
  • बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं—  बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो ।लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल इस्योर रेटिङ प्रदान गरेको छ । जसले मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओको बा

    • प्रकाशित मितिः भदौ १५, २०८२
    • 745 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.