समाज

    Showing 71-80 of 6,520 items.
  • होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म ख

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 319 पटक पढिएको
  • रौतहटमा निर्वाचन १५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा, सुरक्षा व्यवस्था कडा पारिँदै

    रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।१५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने १०० वटालाई संवेदनशील र बाँकी २५ वटालाई सामान्य सूचीमा राखिएको छ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 348 पटक पढिएको
  • कछुअवा पुलमा मोटरसाइकल दुर्घटनाः एक भारतीय नागरिकको मृत्यु, अर्का गम्भीर घाइते

    रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो।दुर्घटनामा परी मृत्यु हुनेमा भारत बिहार राज्य, शिवहर जिल्लास्थित पिपराढी थाना अन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको पहिचान खुलेको छ। उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो ।सोही दुर्घटनामा परेर सोही गाउँका राज

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 346 पटक पढिएको
  • आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ ।यस्तै, दिनको १ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१९ औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 325 पटक पढिएको
  • एमाले सचिवालय बैठकः भावी प्रधानमन्त्रीका रूपमा ओली अगाडि, प्रदेश र जिल्लागत उम्मेदवार टुङ्गो

    काठमाडौं— शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ।बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ ।यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफार

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 334 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो।रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल हुने झाले जनाएका छन् ।रास्वपाले आगामी निर्वाचनको तयारी, रणनीति र संगठनात्मक विषयमा महत्त्वपूर्ण नि

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 324 पटक पढिएको
  • यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा निर्धारण छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 331 पटक पढिएको
  • आजको मौसमः देशभर पश्चिमी वायूको आंशिक प्रभाव

    काठमाडौं— हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जसका कारण तराईमा हुस्सु र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महा

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 336 पटक पढिएको
  • आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ४ गते आइतबार । माघ कृष्ण पक्षको औंसी तिथि । मेषः सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ ।वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।मिथुनः साथीभाइ दाहिना रहेका छन् । अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन् । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् ।

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 329 पटक पढिएको
  • रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन

    काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो ।विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन् ।उनले भने, ‘सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा काम गरिरहँदा यो सरकार निर्वाचन सफल गराउने भन्दापनि दुख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 71 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा