जाजरकोट / छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ।उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्। घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय (इप्रका) बडाबनबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले महताराको खोजी कार्य जारी राखेको जनाइएको छ। रातिको समय भएकाले तथा लगातार वर्षा हुँदा खोलाको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। खोलानाला तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत न
काठमाडौं / नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल, सञ्चालक अमृत लम्साल तथा सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल समितिबाट बिदा भएका छन् । बैंकले नेप्सेमार्फत दिएको जानकारीअनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी सञ्चालकमा नियुक्त भएका छन् ।त्यसैगरी कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालकमा नियुक्त भएका छन् ।नवनियुक्त सञ्चालकहरूले सम्बन्धित निकायको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समितिमा जि
मुस्ताङ / रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चिनको लिची कोरला जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ । बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्व
काठमाडौं । संसद्को कार्यसूची र आगामी गतिविधिबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समसामयिक विषय तथा संसद्को कार्यतालिकामाथि छलफल भइरहेको छ।
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परे
ताप्लेजुङ / पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । समितिले सोमबार रसुवा,भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि १० लाख कोषमा जम्म गर्ने निर्णय गरेको हो । साथै समितिले विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका आर्थिक सहायता सम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको जनाएको छ । त्यस्तै ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प
काठमाडौं / भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा अन्य जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा त्यहाँ कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेका छन् । अस्पताल व्यवस्थापन तथा कर्मचारीहरूले संयुक्त रूपमा उक्त रकम उपलब्ध गराउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेका हुन् । गत बुधबार आएको अकल्पनीय बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका
काठमाडौं / नेपालस्थित भारतीय दूतावासले रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाइने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध तस्बिर र विवरणबाट शव पहिचान गर्न तथा आवश्यक परे डीएनए प्रोफाइल वा रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासका अनुसार पहिचान भएका शव भारत पठाउन स्थानीय निकायसँग समन्वय गरिनेछ भने पहिचान हुन नसकेका वा अस्थायी रूपमा गाडिएका शवको डीएनए नमुना नेपाल सरकारले संकलन गरी प्रथम तहका आफन्तसँग मिलान गर्ने व्यवस्था गरिएको छ।रसुवाको बाढीमा हालसम्म ९३९ जनाको मृत्यु, ३ हजार ९२५ जना बेपत्ता र ११ हज
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। भोटेकोशीको विनाशकारी बाढीपछि पारित १० बुँदे साझा सङ्कल्पअनुसार विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने, पुनर्निर्माण, जलवायु अनुकूलन, नीतिगत सुधार तथा सरकारी कामको अनुगमनका लागि संयन्त्र गठन गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।सोही सहमतिलाई कार्यान्वयनमा लैजान र सम्बन्धित राजनीतिक दलबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो। रास्
काठमाडौं / राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १: १५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.