समाज

    Showing 8,171-8,180 of 11,082 items.
  • सागर डिष्टिलरीको आईपीओमा आज अन्तिम आवेदन दिने दिन

    काठमाण्डौं— सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।गत  साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आईपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने कुल १ करोड ४५ लाख २० हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको छ ।   गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 529 पटक पढिएको
  • युएईमा रहेका नेपालीमाथिको कारवाही रोक, १२० ले पाए आममाफी

    काठमाडौं—  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ  ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 556 पटक पढिएको
  • जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।विभागले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि आवश्यक पूर्वतयारी गर्न विभागको आग्रह छ ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 587 पटक पढिएको
  • पिपरामामा करेन्ट लागेर दम्पतीको मृत्यु

    सप्तरी— सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा करेन्ट लागेर आइतबार (आज) विहान एक दम्पतिको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब  उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार  कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । उनीहरु  आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो ।  खेतमा जानेक्रममा क्रममा सर

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 491 पटक पढिएको
  • प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ

    विराटनगर— झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका–३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी–७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 653 पटक पढिएको
  • कृषि विकास बैंकका शाखा प्रबन्धक मृत अवस्थामा फेला

    दाङ— रुकुम पूर्वको कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी मृत फेला परेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ बाहुनठाना स्थित कृषि विकास बैंकको आवासमा बैंक प्रबन्धक गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पूर्वले जनाएको छ। ।सल्यानको बागचौर ८ कोटमौलाका गिरी ५२ वर्षका थिए । गिरी शनिवार दिउँसो आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 586 पटक पढिएको
  • दुग्ध विकास संस्थानमा महाप्रबन्धक पदमा आवेदन खुला, २१ दिन भित्र इच्छुक उम्मेदवारले आवेदन दिन सकिने

    काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी)को महाप्रबन्धक पदमा आवेदन खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।महाप्रबन्धकका लागि इच्छुक उम्मेदवारले गोप्य सिलबन्दी २१ दिन भित्र पेस गर्नुपर्ने छ ।प्रशासन, व्यवस्थापन वा कानून विषयमा स्नातकोत्तर गरी ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने छन् ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 508 पटक पढिएको
  • विद्युतीय शवदाह गृह निर्माणमा दुई करोड ३० लाख रुपैयाँ खर्च

    झापा—  झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ ।  कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए । निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका ला

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 623 पटक पढिएको
  • सप्तरीको चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

    राजविराज— सप्तरीको कञ्चनरुप नगरपालिका—८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर एक जना पुरुष मृत्यु भएको छ।कञ्चनरुप—७ बलुवा चोकका ५० वर्षीय गोविन्द चौधरीको चन्द्रनहरमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।चन्द्रनहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 560 पटक पढिएको
  • वैशाखदेखि साउन ३१ गतेसम्म २,८५३ विपद्का घटना, १२६ जनाको मृत्यु

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनादेखि साउन ३१ गतेसम्म देशभर विभिन्न प्रकारका २,८५३ विपद्का घटना घटेका छन्। ती घटनामा परी १२६ जनाको ज्यान गएको छ भने ५८५ जना घाइते भएका छन्।उक्त अवधिमा २३ जना बेपत्ता भएका छन् भने पाँच हजार ४१ परिवार विपद्बाट प्रभावित भएका छन्। विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका १,११४ घटना दर्ता भएका छन्। यस्तै, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, र सर्पदंशका ७७ घटनाहरू भएका छन्।प्राकृतिक प्रकोपका अन्य घटनामध्ये बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, लेक लागेको ४६, भूकम्पक

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 539 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.