समाज

    Showing 8,181-8,190 of 11,082 items.
  • नयाँ आईपीओ आउँदै, साढे सत्र करोड रुपैयाँको सेयर निष्कासन हुने

    काठमाडौं— फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सत्र करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको साधारणसभाले यो निर्णय गरेको हो।कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा ४.३ मेगावाटको फेदीखोला (थुमलुङ) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आगामी पुस मसान्तसम्ममा यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।सञ्चालक प्रकाशचन्द्र दुलालका अनुसार, आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ रहे पनि २०८१ साउन १५ गतेको बाढीका कारण लागत ४ करोड रुपैयाँले बढेर ९८ करोड रुपैयाँ पुगेको छ। कुल लागतको ४९ प्रतिशत (४८ करोड रुपैयाँ) सेयरधनीबाट र बाँकी ५१ प्रतिशत (५० करोड रुपैयाँ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 669 पटक पढिएको
  • तुइनखोलामा सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

    काठमाडौं— सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुई ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए ।पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • 554 पटक पढिएको
  • एमाले केन्द्रीय परिषद् सदस्य कुँवर माओवादी केन्द्रमा प्रवेश

    बैतडी— बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 664 पटक पढिएको
  • ९८ किलो गाँजासहित बगैँचाबाट ठुलो परिमाणमा लागुऔषध फेला

    सप्तरी— सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका—११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 680 पटक पढिएको
  • कारागारबाट भागेका कैदी तीन दिनपछि पक्राउ परे

    सुनसरी— सुनसरीको झुम्का कारागारबाट भागेका कैदी तीन दिनपछि शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए।जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 603 पटक पढिएको
  • तातोपानी नाकामा बोकेर ल्याइयो उड्ने कार

    काठमाडौं— उड्ने कार तातोपानी नाकामा आइपुगेको छ । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि शुरू हुने नाडा अटो शोका लागि उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हो । बाढीपहिरोले बाटो बन्द भएका कारण कारलाई भरिया लगाइ बोकेर नाकामा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । उड्ने कार यतिबेला नेपाली भन्सार कार्यालयले आइपुगेको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गर्ने शोमा उड्ने कार राखिने छ ।भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन ग

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 894 पटक पढिएको
  • लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो, चार जना पक्राउ

    नेपालगञ्ज— बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्कमा लागुऔषध कारोबारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पिछा गरिरहेको बेला चार जना भेटिएका थिए।'हामीले दुई जनालाई नियन्त्रणमा लिएका थियौँ, बाँकी दुई जनाले ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले बाध्य भएर गोली चलाउनुपर्‍यो,' घर्तीले बताए।गोली लागेका व्यक्ति भारतको बहराइज, रूपैडिय

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,132 पटक पढिएको
  • नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर पीडितलाई गर्यो आर्थिक सहयोग

    काठमाडौं – नेपाल विद्यार्थी संघ(नेविसंघ) दार्चुला–काठमाडौं सम्पर्क समितिले ब्लड क्यान्सर रोगसँग लडिरहेका दुईजना बालकलाई आर्थिक सहयोग गरेको छ । हाल काठमाडौं स्थित बालकान्ति अस्पतालमा उपचाररत लेकम गाउँपालिका ३ निवासी दुई बर्षीय अनमोल बोहोरा र सिभिल अस्पतालमा उपचाररत महाकाली नगरपालिका ३ निवासी नौं बर्षीय रोशन बडाललाई समितिले १०–१० हजार आर्थिक सहयोग गरेको हो । समितिका अध्यक्ष अविरल महताले अस्पतालमा पुगेर विरामीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष महताले समितिका सम्पूर्ण सदस्यहरुबाट रकम संकलनगरी आफूहरुको सानो  सहयोगले कसैको जीवन मुस्कुराउन मद्दत गर्छ भन्ने किन सकेको सहयो

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 1,551 पटक पढिएको
  • जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    झापा— जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी दमक नगरपालिका–१ बरगाछीकी ४६ वर्षीया सुनिता राईको मृत्यु भएको छ।साउन ११ गते बिहान करिब ४ः३० बजे ‘मर्निङ वाक’मा निस्किएकी सुनितामाथि बरगाछीस्थित सडकमा जङ्गली हात्तीले आक्रमण गरेको थियो। उनको बहिनी कविता राई पनि सोही घटनामा घाइते भएकी थिइन्।दमक प्रहरीका निरीक्षक नवीन राईका अनुसार घटनापछि दुवैलाई प्रारम्भिक उपचारका लागि दमक अस्पताल पुर्याइयो, जहाँबाट थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको थियो।सुनिताको आज बिहान उपचारका क्रममा निधन भएको हो भने कविता राईको त्यही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 561 पटक पढिएको
  • अखिल क्रान्तिकारीका विद्यार्थीहरू २३ दिनदेखि रिले अनशनमा

    काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले शुल्क घटाउने लगायतका माग राखेर त्रिभुवन विश्वविद्यालयमा सुरु गरेको रिले अनशन २३ दिन पुगेको छ। तर, माग अझै सम्बोधन नभएको भन्दै उनीहरूले गुनासो गरेका छन्।अखिल क्रान्तिकारी त्रिवि इन्चार्ज ममता जोशीका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य तथा लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमहरू ९ महिना अघि केन्द्रीय विभागमा गाभिएपछि शुल्क घटाउनुपर्ने माग उठाइएको हो। साथै, विभागमा आवश्यक शिक्षक, कर्मचारी र भौतिक संरचना व्यवस्थापन गर्नुपर्ने मागसमेत विद्यार्थीहरूको छ।विद्यार्थीहरूले १९ दिनसम्म उपकुलपतिको कार्यकक्

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 835 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.