समाज

    Showing 8,271-8,280 of 11,082 items.
  • खोलामा डुबेर एक बालकको मृत्यु

    कैलाली—  कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।गर्मी छल्न साथीहरूसँग रोरा खोलामा नुहाउन गएका लम्कीचुहा नगरपालिका–१ थपालीपुरका ९ वर्षीय बालक रोशन बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले गर्मी छल्न तीन जना साथीहरूसँग नुहाउन गएकामा बालकको घटनास्थलमै मृत्यु भएको बताएका छन्।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 518 पटक पढिएको
  • १५ हजार घुससहित सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ

    काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सशस्त्र प्रहरी बलका एक जवानलाई १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। भारतबाट भन्सार छली गरी अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट, मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन्। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, खत्रीले सीमापारिबाट अवैध सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 536 पटक पढिएको
  • सुन तोलामा १३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 625 पटक पढिएको
  • सप्तकोसीमा पानीको बहाव बढ्दै, १९ ढोका खुला, रातो बत्ती बालियो

    पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 564 पटक पढिएको
  • कालोबजारीको मुद्दा लागेका सप्लिमेन्ट्स अस्पतालअगाडिकै फार्मेसीमा बिक्री हुँदै

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचाररत एक बिरामीले डाक्टरले सिफारिस गरेको प्रेस्किप्सन लिएर फार्मेसी पुगे। प्रेस्किप्सनमा केही औषधिहरूका साथमा धेरै संख्यामा मल्टिभिटामिन र फुड सप्लिमेन्टहरू थिए। जब फार्मेसीले सबै सामग्रीको मूल्य जोडे, रकम ४८ हजार रुपैयाँ पुग्यो — जुन बिरामीका लागि अत्यन्तै ठूलो बोझ थियो, जसले घर फर्किने भाडासमेत जुटाउन सकेन।फार्मेसी सञ्चालकले ती बिरामीलाई सहुलियत दिँदै हाललाई एक महिनाको मात्र औषधि लैजान सुझाए र आवश्यक परेमा पठाइदिने आश्वासन दिए।  फार्मेसी सञ्चालकले कुरा गर्दै क्यान्सर अस्पतालका केही डाक्टरहरू औषधिभन्दा बढी फुड सप्लिमेन्ट सिफारिस गर्ने गर

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 503 पटक पढिएको
  • गण्डकी प्रदेशले ल्यायो ऐतिहासिक विधेयक: गाँजा खेतीमा कानुनी अनुमति

    काठमाडौं—  गण्डकी प्रदेश सरकारले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने गरी विधेयकको मसौदा तयार पारेको छ। प्रस्तावित प्रावधान अनुसार खेती, प्रशोधन, बिक्री–वितरणदेखि निर्यातसम्मका सम्पूर्ण गतिविधि इजाजतपत्र प्रणालीमार्फत मात्र गर्न सकिनेछ।मसौदामा नेपाली नागरिकलाई मात्र खेतीको अनुमति दिने प्रावधान छ। विदेशी लगानीसहितको व्यवसायमा नेपाली पक्षको न्यूनतम ५१ प्रतिशत स्वामित्व अनिवार्य हुने उल्लेख छ। १८ वर्ष नपुगेका व्यक्तिलाई गाँजा कारोबारमा संलग्न गराएमा अनुमति पत्र सोझै खारेज हुने प्रस्ताव गरिएको छ।उत्पादित गाँजा प्रदेश सरकारको मातहतमा रहने बोर्ड, बोर्डले तोके

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 696 पटक पढिएको
  • भक्तपुर गाईजात्रामा झडप: भिडिओ सार्वजनिक भएपछि तीन जना पक्राउ, अनुसन्धान जारी

    भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।आइतबार राति भक्तपुरको न्यातापोल मन्दिरअगाडि युवाहरू झडप गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा बाहिरिएको छ।उक्त भिडिओ बाहिरिएपछि ध्यानाकर्षण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।‘झडप गरेको भिडिओबारे हाम्रो ध्यानाकर्षण भएको छ। हामी यस घटनामा संलग्नहरूको खोजी गरिरहेका छौं,’ उनले भने, ‘तीन जना नियन्त्रणमा छन्।’उनले यसमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको बताए। युवाहरूबीच किन झडप भयो भन्नेबारे खुलिसकेको छैन।भिडिओमा केही युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रहार ग

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 582 पटक पढिएको
  • डेंगी नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान, प्लाष्टिकको कप प्रयोगमा प्रतिबन्ध

    ललितपुर— ललितपुर महानगरले डेंगीको प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ । सामाजिक समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनको अध्यक्षतामा सोमबार बसेको डेंगी नियन्त्रणसम्बन्धी बैठकमा घर कम्पाउण्डभित्र पानी जम्न नदिन विज्ञहरुले अनुरोध गरेका हुन् ।  टायर, ट्यूब र प्लाष्टिकका भाडाहरु जथाभावी फ्याँँक्दा त्यसमा पानी जम्ने र त्यो पानीमा डेंगी फैलाउने लामखुट्टेको विकास हुने भएकाले टायर र ट्युब घर वरपर नराख्न महानगरले अनुरोध गरेको छ । महानगरका प्रवक्ता राजु महर्जन सामान्य जस्तो लाग्ने सजगताले डेंगी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 821 पटक पढिएको
  • कपडा लोड भएको ट्रकमा आगलागी हुँदा ३६ लाखको क्षति

    झापा— झापाको दमकमा कपडा लोड भएको ट्रकमा अचानक आगलागी भएको छ । गएराति १२ः४५ बजे दमक । ३ बेलडाँगी बस्ने २७ वर्षीय महेन्द्र तामाङले आफ्नै घर अगाडी सडकछेउमा पार्किङ गरी राखेको रेडिमेट कपडा लोड भएको ना ७ ख ८६९१ नम्बरको मिनी ट्रकमा अचानक आगलागी भएको हो । प्रहरी चौकी बाघखोर र भुटानी शरणार्थी सुरक्षा बेस बेलडाँगीबाट खटिएको टोली, स्थानीयबासी, दमक नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो राति १ः४० बजे नियन्त्रणमा लिएका थिए ।उक्त आगलागीबाट ७–८ जना ब्यापारीहरुको कपडा पूर्णरुपमा जल्दा अन्दाजी ३० लाख र ट्रक आंशिक रुपमा जल्दा ६ लाखसमेत गरी जम्मा ३६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 568 पटक पढिएको
  • 'सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

    काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । मंगलबार अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिदैँ उनले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताए ।यस्तै, उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमि

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 452 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.