समाज

    Showing 8,301-8,310 of 11,082 items.
  • ११ दिनदेखि हराएकी महिलाको शव जंगलमा भेटियो

    सिन्धुली— सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–२ स्थित नाङ्गे डाँडाको जंगलमा एक महिलाको शव फेला परेको छ। शव फेला पर्ने महिलाको पहिचान घ्याङ्लेक–२, चन्दनपुर निवासी ४० वर्षीया सन्चमाया वाइबा लामा भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।सन्चमाया साउन ११ गतेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारजनले साउन १५ गते इलाका प्रहरी कार्यालय वस्तिपुरमा उनको बेपत्ताको जानकारी गराएका थिए। त्यसयता प्रहरीको टोलीले खोजतलास जारी राखेको थियो।सन्चमायाको शव नाङ्गे डाँडाको जंगलमा फेला परेको हो। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 755 पटक पढिएको
  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएपछि हलेसी आउने तीर्थालु अलपत्र

    खोटाङ— लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज बिहान सडकभन्दा करिब १०० मिटरमाथिबाट पहिरो झर्दा जयराम–हलेसी सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि काठमाडौं तथा तराई जानेरआउने यातायातका सवारीसाधन तथा यात्रुहरूबीच सडकमै अलपत्र परेका छन् । जयराम–हलेसी सडक अवरुद्ध हुँदा ‘बोलबम’का लागि हलेसी आउने तीर्थालुसमेत बीच सडकमै अलपत्र परेका छन् ।करिब १०० मिटर जति सडक पुर्नेगरी झरेको पहिरो पन्छाउन समय लाग्ने भएपछि उताबाट आउने यातायातका साधन जयराममा तथा यता ९दिक्तेल०बाट जानेलाई दुर्छिममा रोकिएको जिल्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 736 पटक पढिएको
  • रवि बसेको कोठाको झ्याल बन्द छ, हिँडडुल गर्न पाएका छैनन्ः मानव अधिकार आयोग

    बुटवल— राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको बताएको छ ।राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको हो । अनुगमनपछि आयोगकी आयुक्त लिली थापाले रवी बसेको कारागारमा क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।आयुक्त थापाले कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । उनले भनिन्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 586 पटक पढिएको
  • कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

    काठमाडौं— कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुलेको ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने प्रयोजनका लागि योग्य उमेदवार छनोट गर्न प्रथम चरणको परीक्षाका लागि आवेदन खुलेको हो ।उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा आवेदन दिन सकिने पनि शाखाले जनाएको छ । उत्पादन क्षेत्रमा तीनहजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा एकहजार ८०० गरी पाँचहजार ३०० जना भाषा परीक्षामा उत्तीर्ण हुन सक्ने शाखाको अनुमान छ । एक व्य

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 647 पटक पढिएको
  • चितवनमा लम्पी स्किन रोगको प्रकोप तीव्र , ३० गाईगोरुको मृत्यु

    चितवन— चितवनमा लम्पी स्किन रोगको प्रकोप तीव्र बनेको छ। असार महिनाको अन्तिम सातादेखि देखा परेको उक्त रोगका कारण हालसम्म ३० वटा गाईगोरुको मृत्यु भएको छ।हालसम्म जिल्लाभर ७९७ वटा गाईगोरु र भैँसीमा संक्रमण देखिएको पशु सेवा कार्यालय चितवनले जनाएको छ। तीमध्ये ७९३ गाईगोरु र ४ भैँसी–राँगा रहेका छन्।कार्यालयकी सूचना अधिकारी डा.सविना मिश्रका अनुसार खैरहनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको हो। सो पालिकामा ४२५ पशुमा संक्रमण देखिएको छ भने २२ वटा गाईगोरु मरेका छन्।त्यस्तै, रत्ननगर नगरपालिकामा १९१ पशुमा संक्रमण देखिएकोमा ४ वटा गाईगोरु मरेका छन्। राप्ती नगरपालिकामा ७५, भरतपुर महानगरपालिकामा ६२, माडी नगरपालि

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 771 पटक पढिएको
  • स्यालको आक्रमणमा तीन जना घाइते, रेबिज खोप नपाएपछि धनगढी रिफर

    दार्चुला— दार्चुलाको व्याँस गाउँपालिका–६ बसेडीमा स्यालको आक्रमणबाट तीन जना स्थानीय घाइते भएका छन्। आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा उनीहरूलाई स्यालले टोकेको स्थानीयवासी केशरसिंह खातीले जानकारी दिए।घाइते हुनेमा ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी रहेका छन्। प्रारम्भिक उपचारका लागि उनीहरूलाई व्याँस–६ खातीगाउँस्थित ग्रामीण स्वास्थ्य एकाइ केन्द्रमा लगिएको थियो।तर, थप उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएकोमा त्यहाँ पनि रेबिजविरुद्धको खोप उपलब्ध नहुँदा तीनैजनालाई धनगढीस्थित अस्पतालमा रिफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकार

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 556 पटक पढिएको
  • टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

    काठमाडौं— टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो । उक्त भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन् ।टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 659 पटक पढिएको
  • वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्षको आपत्ति

    काठमाडौं— डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।  वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो । बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए ।  अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्ष जोशीले बताए । तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक संञ्

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 796 पटक पढिएको
  • पाँचपोखरी र जटापोखरीको आकर्षण बढ्दै, घुम्न आउनेको संख्या दिनप्रतिदिन वृद्धि

    रामेछाप— जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ । रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्दछ ।जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने भएपनि त्यसअघि र पछिपनि दर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारले जानकारी दिए । उनका अनुसार हरेक वर्ष असारदेखि भदौसम्म यहाँ १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्दछन् ।४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँचपोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमा असोजपछि जाड

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 645 पटक पढिएको
  • माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— माबिलुङ इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०–१० प्रतिशत शेयर छुट्याएर जारी गरिसकेको छ ।प्रति कित्ता १०० रुपैयाँ अंकित आईपीओको लाागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको

    • प्रकाशित मितिः साउन २६, २०८२
    • 578 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.