समाज

    Showing 8,341-8,350 of 10,052 items.
  • आजको मौसमः केही प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौं— पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको स

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 283 पटक पढिएको
  • कटुवा पेस्तोल सहित १ जना पक्राउ

    काठमाडौं— सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सजाद अन्सारी रहेका छन । बैशाख १८ गते अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरीचौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 392 पटक पढिएको
  • उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

    काठमाडौं— उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्। चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा विहीबार साँझ दुर्घटना भएको हो।दुर्घटनामा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत गम्भीर घाइते भएका थिए।उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले जानकारी दिए। घाइते ५ जनाको विराटनगरस्थित न्यूरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 341 पटक पढिएको
  • रुखले च्यापेर एक जनाको मृत्यु

     काठमाडौं— मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन् ।प्रहरीका अनुसार बिहीबार स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा आफैंले ढालेको रुखले च्यापेर घाइते भएका थिए ।उनको उपचारको क्रममा मवानपुर सहकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 334 पटक पढिएको
  • अपहरणको गरेको भन्दै नाबालकसहित चार जना पक्राउ

    काठमाडौं— वीरगञ्जको कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले जानकारी दिए । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 387 पटक पढिएको
  • राउटे समुदायका मुखिया शाहीको निधन

    काठमाडौं— राउटे समुदायका एकजना मुखिया सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ । बराहताल गाउँपालिका–८ स्थित सोत खोलामा बस्दै आएका शाहीको गए राति निधन भएको हो ।राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका जोडी शिक्षक दुर्गा खत्रीका अनुसार अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको आशंका गरिएको छ ।अहिले उनी बिरामी थिएनन्, तर केही दिनयता अत्यधिक र लगातार मदिरा सेवन गरेका थिए,’ खत्रीले भनिन्,’तीन दिनअघि मात्रै एक पेटी मदिरा ल्याएर सबैले पिएको सुनिएको छ ।’शाही सन् २०७२ को जेठ महिनामा मुखिया बनेका थिए। उनी राउटे समुदायको रास्कोटी गोत्रका प्रतिनिधि थिए । राउटेको परम्परागत सामाजिक संरचनाअ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 277 पटक पढिएको
  • एमनेष्टी इन्टरनेसनल नेपाल भन्छ नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो

    काठमाडौं— एमनेष्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ । मानवअधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्षभन्दा बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख गरेको छ । यसको गम्भीर असर नेपालमा पनि परेको एमनेष्टीले जनाएको छ ।‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक छैन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा लागि पर्‍यो।’प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 426 पटक पढिएको
  • भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

    काठमाडौं— भक्तपुर जिल्लामा विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर थिमी नगरपालिका–४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 256 पटक पढिएको
  • ४३ लाख सहित युवक पक्राउ

    काठमाडौं— प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा भन्ने आशिष कुमार छन् । आरोपी बस्ने डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय रुपैयाँ नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ भेटिएको कपिलवस्तुका एसपी निरञ्जन दत्त भट्टले रातोपाटीलाई बताए । आरोपीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 375 पटक पढिएको
  • पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौं— पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् ।असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन् । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरु

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 393 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.