समाज

    Showing 8,351-8,360 of 11,082 items.
  • पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तराष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    काठमाडौं –  सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न हवाइ भाडामा लाग्दै आएको विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ साल भदौ मसान्तसम्मका लागि विभिन्न ४ प्रकारका शुल्कमा छुट तथा सहुलियत प्रदान गरिएको जनाएको हो ।मन्त्रालयले जारी गरेको विज्ञप्तीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न ४ शिर्षकमा छुट दिने निर्णय भएको उल्लेख छ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 733 पटक पढिएको
  • ‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रामा हास्य र चेतनाको संगम

    बर्दिवास— गाईजात्राको अवसरमा सिस्नुपानी नेपाल महोत्तरीले शनिबार बर्दिवासमा आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ विशेष हास्यव्यङ्ग्य महोत्सव उत्साहका साथ सम्पन्न भएको छ ।गौतम होटलको सभाहल हाँसो, ताली र रमाइलोको लहरले भरिएको थियो । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य र नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट उपस्थितिले कार्यक्रमको गरिमा बढायो । उपाध्यक्ष जीवनराज दाहालले स्वागत मन्तव्य दिए भने सह–सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले सुरुदेखि अन्त्यसम्म माहोल चुलाइरहे ।कार्यक्रममा कविता, गीत, नृत्य, जादु र प्रहसनजस्ता विविध प्रस्तु

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 750 पटक पढिएको
  • माबिलुङ इनर्जीले सोमदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    काठमाडौं— माबिलुङ इनर्जी लिमिटेडले भोलि (सोमबा्) २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीक

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 562 पटक पढिएको
  • मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

    दाङ— दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल) एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा  तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 570 पटक पढिएको
  • रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए

    जनकपुर— जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 604 पटक पढिएको
  • जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

    जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् ।बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिए ।उनका अनुसार दुर्घटनास्थल कालिकोटमा भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो । अहिले कालिकोटबाट प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको छ । घाइतेहरूको विस्तृत वि

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 374 पटक पढिएको
  • इन्टरनेटको काम गर्दै गर्दा पोलमा चढेका युवकको करेन्ट लागेर निधन

    नेटको तार तान्न बिजुलीको पोलमा चढेका युवाको करेन्ट लागेर ज्यान गएको छ। काठमाडौँको तारकेश्वर नगरपालिका-११ नेपालटार हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका-८ घर भएका २४ वर्षीय राजन भुजेलको शुक्रबार बिहान मृत्यु भएको हो।नेटको तार तान्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 742 पटक पढिएको
  • पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 862 पटक पढिएको
  • पर्सामा ११ वर्षीया बालिकामाथि बलात्कार : १० रुपैयाँ देखाएर जंगल लगेर दुष्कर्म, एक जना पक्राउ

    वीरगन्ज – पर्सामा एक बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा लगेर  बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्।प्रहरी अनुसार गत बुधबार बिहान १० बजेतिर बाख्रा चराउन गएका बेला ११ वर्षीया बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए। घटनबारे थाहा पाएपछि पीडित बालिकाका अभिभावकले साहविरुद्ध प्रहरी कार्यालयमा त्यही दिन किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले साहलाई बिहीबार नै अपरान्ह ३ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 803 पटक पढिएको
  • हेटौंडामा वडाध्यक्ष र व्यापारी कुट्ने दुई जना पक्राउ

    हेटौंडा— हेटौंडामा व्यापारी र वडाध्यक्षलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। जेठ २९ गते हेटौंडा–१० मा रहेको दास इम्पोरियमका सञ्चालक राजाबाबु दासलाई फलामे रड र काठको बेलनले कुटपिट गर्ने बुद्ध मोक्तान (हरि) पक्राउ परेका हुन्। उनी हेटौंडा–१२, पदमपोखरीका हुन् । उनी घटनापछि घरमा लुकिछिपी बसिरहेका थिए।त्यस्तै, असार ४ गते हेटौंडा–१ वडा कार्यालयमै वडाध्यक्ष सविन न्यौपानेलाई कुटपिट गरेको आरोपमा विजय थिङ (नेप्टे) पक्राउ परेका छन्। उनी मनहरी गाउँपालिका–२ का हुन् र हेटौंडा–८, कमानेबाट पक्राउ परेका हुन्।जनप्रतिनिधिमाथिको आक्रमणपछि हेटौंडा उपमहानगरका वडाध्यक्ष र उपमेयर राजेश बानियाँले असुरक्षाको म

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 620 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.