समाज

    Showing 8,761-8,770 of 11,082 items.
  • आजदेखि प्लाष्टिकका झोला प्रयोग गर्नेलाई जरिवाना लिनेछ टीकापुर नगरपालिका

    कैलाली— टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा  प्रतिबन्ध लगाएको छ। पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो। नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन्।नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिवाना हुने उनले बताए। त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १०

    • प्रकाशित मितिः साउन १, २०८२
    • 651 पटक पढिएको
  • लागुऔषध तस्करीमा विदेशीको सक्रियता दिनप्रति दिन बढ्दै

    काठमाडौं – नेपालमा लागुऔषध तस्करीमा भारतीय नागरिकहरूको संलग्नता बढ्दै गएको देखिएको छ। पछिल्ला दिनमा थाइल्यान्ड, अजरबैजान लगायत विभिन्न मुलुकबाट लागुऔषध बोकेर नेपाल आएका भारतीय नागरिकहरू क्रमशः पक्राउ परिरहेका छन्।थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत काठमाडौं आएकी ३० वर्षीया भारतीय महिला लियाओन फुङथरलाई प्रहरीले ५ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। उनी भारतको मणिपुर राज्यकी हुन्।गाँजा र कोकिन तस्करीमा संलग्न एक भारतीय नागरिक अमरजित सिंह सन्धु (६४), नयाँ दिल्ली निवासी, लैनचौरस्थित एक होटलबाट पक्राउ परेका छन्। उनी यस गिरोहका मुख्य योजनाकार रहेको प्रहर

    • प्रकाशित मितिः साउन १, २०८२
    • 492 पटक पढिएको
  • केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काइने

    काठमाडौं–गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र परेका नेपाली नागरिकलाई वैकल्पिक मार्गबाट स्वदेश फर्काउने तयारी गरिएको छ।प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीनको केरूङ क्षेत्रमा फसेका झण्डै १,२०० नेपालीलाई स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयमार्फत् चिनियाँ सरकारसँग औपचारिक अनुरोध गरिएको छ।चिनियाँ पक्षले अहिले त्यहाँ रहेका नेपालीको खाना र बसोबासको व्यवस्था गरेको छ। अलपत्र परेकामध्ये ९१ जना मालवाहक सवारीका चालक र सहचालक छन्।त्यस्तै, कामको सिलसिलामा केरूङ पुगेका थप ११७ जनाले पनि घर फर्कन व्यवस्था मिलाइदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन्।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 413 पटक पढिएको
  • संयुक्त अरब इमिरेट्सले १२० नेपालीलाई जेलमुक्त गर्‍यो

    काठमाण्डौं— संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२० जना नेपालीलाई आममाफी दिएको छ ।विभिन्न कसूरमा यूएईको जेलमा रहेका नेपालीहरूलाई यूएई सरकारले आममाफी दिएको नेपाली राजदूतावासले जनाएको छ ।दूतावासका अनुसार ईस्लाम धर्मालम्बीहरूको महान पर्व ईद अल–अदाहका अवसरमा यूएई सरकारले बाँकी सजाय मिनाहा गरी आममाफी दिएको हो ।यूएई सरकारको यो निर्णयप्रति नेपाली दूतावासले आभार तथा कृतज्ञता व्यक्त गरेको छ ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 608 पटक पढिएको
  • दाइको ससुराली गएका दाजु भाइमाथि खुकुरी प्रहार, भाइको मृत्यु

    इलाम— इलामको सूर्योदय नगरपालिका–१ मा गएराति इलामकै माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको छ। ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेमा हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनलाई ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ।स्थानीय काजी तामाङको घरमा भएको झगडाका क्रममा चापागाईँमाथि धारिलो हतियार हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा मृतक प्रकाशका दाजु निरोज पनि गम्भीर घाइते भएका छन्। पेटमा धारिलो हतियार प्रहार हुँदा गभ्मीर घाइते भएका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको

    • प्रकाशित मितिः साउन १, २०८२
    • 502 पटक पढिएको
  • धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छयौंट

    धनुषा – धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१÷८२ मा दश वर्ष यताकै सबैभन्दा बढी मुद्दाहरु फर्छौंट गरेको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश चुडामन खड्काले २०८१÷८२ मा कुल ५६.८९ प्रतिसत मुद्दा फर्छौंट भएके जानकारी दिए । उनले विगत १० वर्षको तथ्यांकसंग तुलना गरेर यो वर्ष सबै भन्दा बढी मुद्दा फर्छौंट गर्न सफल भएको बताए ।नयाँ तथा पुराना मुद्दाहरु कुल ९ हजार ९ सय ३२ रहेकोमा जिल्ला अदालतले सार्वजनिक गरेको ३० गत्तेसम्मको तथ्यांक अनुसार जम्मा ५ हजार ६ सय ४९ वटा ुमुद्दा फरुछौंट भएको छ ।जिल्ला न्यायाधीश खड्काका अनुसार अदालतलाई वार्षिक ६५ प्रतिसत मुद्दाको फर्छौंट गर्नु पर्न

    • प्रकाशित मितिः साउन १, २०८२
    • 393 पटक पढिएको
  • भारतमा चट्याङ लागेर २० जनाको मृत्यु, हिमाचलमा अहिलेसम्म ८१८ करोड क्षति

    भारत— बिहारको नालन्दा जिल्लाका तल्लो तटीय क्षेत्रमा बाढी आएको छ भने चट्याङ लागेर २० जनाको मृत्यु भएको छ। हिमाचल प्रदेशमा भारी वर्षाका कारण १०६ जनाको मृत्यु भएको छ र ८१८ करोडको क्षति भएको छ।दिल्ली विमानस्थलमा खराब मौसमका कारण ६ वटा उडान डाइभर्ट गरियो, र अमरनाथ यात्रा स्थगित गरियो।नयाँ दिल्ली । भारतको बिहारको नालन्दा जिल्लाका धेरै तल्लो तटीय क्षेत्रहरूमा बाढीको अवस्था छ । झारखण्डमा वर्षाका कारण बाढी आएपछि फाल्गु नदीमा पानीको सतह निरन्तर बढिरहेको छ । बुधबार राज्यका विभिन्न जिल्लाहरूमा चट्याङ लागेर २० जनाको मृत्यु भएको खबर आएको छ । तर यस सिजनमा अहिलेसम्म औसतभन्दा ४६ प्रतिशत कम वर्षा भएको छ ।&

    • प्रकाशित मितिः साउन १, २०८२
    • 583 पटक पढिएको
  • राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित आयोगमा ज्ञापनपत्र बुझाउने

    काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् लिङ्देनको नेतृत्वमा  भोली साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 300 पटक पढिएको
  • बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक

    रामेछाप – मनसुनका कारण पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्न बिपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा आजदेखि रातिको समयमा सवारी आवागमनमा प्रतिबन्ध लगाइएको छ।काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचना अनुसार साउन १ गतेदेखि साउन मसान्तसम्म रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको हो । सार्वजनिक र निजी दुवै खा

    • प्रकाशित मितिः साउन १, २०८२
    • 475 पटक पढिएको
  • एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

    सर्लाही— सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना६ख ७५५० नम्बरको ट्रकबाट त्रिपाल हटाउने क्रममा करेन्ट लागेर ट्रकका सहचालक रौतहट वृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए ।एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हरिवनस्थित नमूना अस्पतालमा मृत्यु भएको हो ।उक्त दुर्घटनामा ट्रकका मजदुर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर रुपमा घ

    • प्रकाशित मितिः साउन १, २०८२
    • 469 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.