समाज

    Showing 8,771-8,780 of 11,082 items.
  • चिनियाँले सिनामंगलमा खोलेको कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद

    काठमाडौं - काठमाडौंको पुरानो सिनामंगलस्थित एउटा घरमा चिनियाँ नागरिकले अवैध रूपमा ल्यापटपका पाटपुर्जा, ब्याट्री, सिसी क्यामेरा र अन्य विद्युतीय सामग्री उत्पादन गर्ने कारखाना नै खोलेको पाइएको छ। अवैध रुपमा कारखाना खोलेर कर छली गर्दै आएको पाइएपछि प्रहरीले ती चिनियाँलाई पक्राउ गरेको छ।गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यसक्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।पक्राउ परेका चिनियाँ नागरिक चीनको स्यान्डोङका हुन्।  उनी हाल काठमाडौंको पुरानो सिनामंगलमा बसोबास गर्दै आएका थिए।गैरकानुनी रूपमा

    • प्रकाशित मितिः साउन १, २०८२
    • 335 पटक पढिएको
  • मेयरलाई एक लाख घुससहित अख्तियारले पक्राउ गर्यो

     काठमाडौं— सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले मेयर साहलाई बुधबार (आज) घुस रकमसहित पक्राउ गरेको हो।मेयर साहले सेवाग्रहीसँग घुस लिइरहेको बेला कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ। अख्तियारको टोली नगरपालिका कार्यालयमै रहेको र मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ।नगरपालिकामा २० लाखको लागतमा निर्माण भएको नालाको चेक भुक्तानीका लागि मेयर साहले उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन माग गरेका थिए।उपभोक्ता समितिले रकम दिन नसकेपछि उनले चेक दिन मानेका

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 603 पटक पढिएको
  • ११ महिना कैद र २ करोड ७० लाख ठगीको अभियोगमा एक जना पक्राउ

    काठमाडौं— काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ठगीसम्बन्धी गम्भीर मुद्दामा फरार रहेका केदार कार्कीलाई पक्राउ गरेको छ। कार्कीमाथि विभिन्न ठगी मुद्दामा संलग्न रहेको आरोप लागेपछि पक्राउ गरेको हो ।उनले २ करोड ७० लाख ८६ हजार रुपैयाँभन्दा बढी बिगो तथा जरिवाना भुक्तान गर्नुपर्ने फैसला भइसकेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए ।कार्की तारकेश्वर नगरपालिका–५ गोल्डुङ्गामा बसोबास गर्दै आएका थिए। उनलाई जिल्ला काठमांडौं, काठमाडौं महानगरपालिका–३ का रमेश कुमार कार्कीको जाहेरीका आधारमा पक्राउ गरिएको हो। जाहेरीअनुसार उनले एक करोड २५ लाख रुपैयाँ ठगी गरेका थिए।जिल्ला प्रहरी परिसर काठमाडौंका

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 633 पटक पढिएको
  • तीव्र गतिमा सवार मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते

    सर्लाही— जिल्लाको कबिलासीस्थित पिडार चोकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको ज्यान गएको छ भने मोटरसाइकलमा सवार पतिपत्नी घाइते भएका छन्।आज बिहान करिब १०ः३० बजे मलंगवा–नवलपुर सडकखण्डमा पर्ने कबिलासी–१० पिडार चोकमा प्र.२–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अन्दाजी ५० वर्षीय ती पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मोटरसाइकल चालक कबिलासी–८ निवासी २२ वर्षीय रुपेश राय

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 522 पटक पढिएको
  • ज्यान मार्ने उद्योगको आरोपमा फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    ललितपुर— प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ ।विसं २०७६ चैत ९ गते कर्तव्य गरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका–२२ बुंगमतीबाट मंगलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।विगत छ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसी पाटीका इञ्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 472 पटक पढिएको
  • मिक्लाजुङमा सहकारी कर्मचारीलाई जुत्ताको माला लगाउने दुई महिलामाथि पक्राउ पुर्जी

    मोरङ — मोरङको मिक्लाजुङ गाउँपालिकामा सहकारीको ऋणसम्बन्धी विवादका क्रममा दुई सहकारी कर्मचारीमाथि जुत्ताको माला लगाएको आरोपमा दुर्गामाया लिम्बु र माया मगरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।घटनाको अनुसन्धानका क्रममा दुर्गामाया लिम्बुले भिडियो खिचेकी थिइन् भने माया मगरले कर्मचारीलाई जुत्ताको माला लगाएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।पीडित पक्षले दुर्व्यवहार, गालीगलौज र सार्वजनिक अपमानसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको छ। यस घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 431 पटक पढिएको
  • बजार मूल्यभन्दा कम भएकै कारण किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गर्न मानेन्न

    जनकपुरधाम— सरकारले तोकेको समर्थन मूल्य बजार मूल्यभन्दा कम परेपछि जनकपुरका किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामलाई गहुँ बिक्री गरेका छैनन्।सरकारले प्रतिक्विन्टल ३,८६७ रुपैयाँ ३८ पैसाका दरले गहुँ खरिद गर्ने समर्थन मूल्य तोकेको थियो। तर जनकपुरसहितका बजारहरूमा गहुँ प्रतिक्विन्टल ४,४०० रुपैयाँमा बिक्री हुँदै आएको हुँदा किसानहरूले निजि व्यापारीलाई नै आफ्नो उत्पादन बेच्ने निर्णय गरेका छन्।किसानहरू गहुँको मूल्यबारे जानकारी लिन कार्यालय आएका भए पनि बिक्री गर्न भने मानेनन् कार्यालयका प्रमुख निर्मल थापाले बताए । 'बजार मूल्य यहाँको खरिद मूल्यभन्दा आकर्षक भ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 601 पटक पढिएको
  • ‘नेपाल इभीको युगमा प्रवेश गरिसक्यो’ — मन्त्री देवेन्द्र दाहाल

    काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल अब इलेक्ट्रिक सवारीसाधन (इभी) को युगमा प्रवेश गरिसकेको बताएका छन्।मंगलबार आयोजित महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री दाहालले, यद्यपि नेपाल केही पछि सुरु भए पनि हाल यातायात पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए।"पूर्वदेखि पश्चिमसम्मको राजमार्ग तथा उत्तर–दक्षिण करिडोरहरू आकर्षक ढंगले निर्माण भइरहेका छन्," उनले भने, "यो परिवर्तन द्रुत गतिमा अगाडि बढिरहेको छ।"उनले यातायात क्षेत्रसँग सम्बन्धित सेवाहरू क्रमशः प्रदेश सरकारको अधिकारमा जाने जानकारी पनि दिए। उनका अनुसार साउन १ गत

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 291 पटक पढिएको
  • मोरङमा पेस्तोलसहित दुई जना पक्राउ, एक जना फरार

     विराटनगर — मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना युवक पक्राउ परेका छन्।प्रहरीले बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरमा खोजतलासी गर्दा भुस राख्ने छाप्रोभित्र लुकाइराखिएको एकथान पेस्तोल फेला पारेको हो।हतियार लुकाएको आरोपमा सोही स्थानका अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। घटनासँग सम्बन्धित अर्का युवक, २० वर्षीय मुकेशकुमार महतो भने फरार छन्।प्रहरीले घटनास्थलबाट ‘मेड इन जापान’ लेखिएको पेस्तोलसहित एक थान खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ।त्यसैगरी, पक्राउ परेका

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 431 पटक पढिएको
  • नक्कली प्रमाणपत्र प्रकरणः मुद्दामा सफाइ पाएपछि बिद्यालयका प्रधानाध्यापक पदमा पुर्नबाहली भए शर्मा

    काठमाडौं— खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा सफाइ पाएका छन् ।गत आइतबार विशेष अदालतले प्रधानाध्यापक विरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो। विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। गत बैशाख ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक शर्माउपर मुद्दा दायर गरेको थियो।शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको अख्तियारको दावि थियो तर बिशेष अदालतमा भने नक्कली प्रमाणपत्र पेश गर्न नसकेपछि शर्माले स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 611 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.