समाज

    Showing 8,811-8,820 of 11,082 items.
  • जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो

    जनकपुर – किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् ।करीब ६ दिन धनुषा प्रहरीको हिरासतमा बसेपछि हाजरी जमानीमा रिहा भएका साहले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक संयन्त्रले नै फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।उनले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक प्रलोभन दिएर आफ्नो मान्छेलाई बृहत्तरमा राख्न दिएको दवाब अस्वीकार गरेपछि झुठो प्रपञ्च रचेर फसाउन खोजेको बताए ।साहले भने ‘किर्ते हस्ताक्षर मैले गरेको छु भनेर समाचार बाहिरियो तर विधि

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 535 पटक पढिएको
  • २० वटा मोटरसाइकल चोरीपछि फेला परे, सो सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरियो

    काठमाडौं— काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । सो कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 540 पटक पढिएको
  • झापा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 395 पटक पढिएको
  • नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु

    चितवन— चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु भएको छ।जोरकुशुम पार्क नजिक पौडी खेल्ने क्रममा आइतबार दिउँसो बालक असिम घर्तीलाई नदीले बगाएको थियो। उनी भरतपुर–१, आँपटारीमा बसोबास गर्दै आएकी गुल्मी घर भएकी मिरा घर्तीका छोरा हुन्।पानीमा बगाएर अशक्त भएका असिमलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 606 पटक पढिएको
  • रुकुममा कार्यालय सहयोगीको झुन्डिएको अवस्थामा मृत्यु, पत्रकार सम्पर्कविहीन

    काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 695 पटक पढिएको
  • ‘सानो घर, ठूलो सपना’ : हेल्प नेपाल बालगृहका बालिकाहरूको मनछुने कथा

    धुलिखेल(काभ्रे) – काभ्रेको हरियाली डाँडामुनि अवस्थित एक सानो घर, जहाँ आशा फुल्दैछन्, जहाँ भविष्य निर्माण भइरहेको छ । यो घर कुनै सामान्य आवास मात्र होइन, यो हो एउटा ममता र सम्भावनाले भरिएको बालगृह हो । जहाँ २४ जना बालिकाहरुले आफ्नो जीवनलाई नयाँ दिशा दिइरहेका छन् ।बालगृहको स्थापना हेल्प नेपाल नेटवर्कले गरेको हो । २०७१ साल भदौ ८ गतेबाट तत्कालिन १० जना बालिकाहरुबाट यो संस्था सञ्चालन हुँदै आएकोमा अहिले २४ जनालाई नयाँ दिशा दिइरहेको छ ।देश–विदेशमा रहेका नेपालीहरुको सानो–सानो योगदानबाट बनेको संस्थाले, यी बालिकाहरुको भविष्य उज्यालो बनाउने ठूलो काम गरिरहेको छ । काभ्रेको बालगृह स्थापना गर्नुको मूल उद्देश

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 514 पटक पढिएको
  • निषेधित क्षेत्र तोड्ने प्रयासमा १० जना नेविसंघका कार्यकर्ता पक्राउ

    काठमाडौँ – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्ता बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ।नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य ठहर गर्नुपर्ने र शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पसमा विरोध कार्यक्रमहरू गरिरहेको छ। अहिले मीनभवन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। यसअघि कोटेश्वरमा टायर बालेर सड

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 443 पटक पढिएको
  • मधेश प्रदेशमा असारमै खडेरी : करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

    काठमाडौं – मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो।मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 394 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमवार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमवार (आज) छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतवार उक्त सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि बढेको छ । आइतवार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 588 पटक पढिएको
  • बैंकिङ्ग कसुरका प्रतिवादी चौलागाईं पक्राउ

    बारा— बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं छन् ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बाराका एसपी सन्तोष तामाङले बताए । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 632 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.