झापा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आयोजना गरेको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै दमकमा शनिबारबाट सञ्चालन गरिएको अभियानमा प्रहरीले हस्तक्षेप गर्दै माइक खोसेर भाँचिदिएको रास्वपा झापाका नेता प्रकाश पाठकले बताएका छन्।पाठकका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी कार्यक्रमलाई कारण देखाउँदै प्रहरीले अभियान रोक्न दबाब दिएको थियो। ‘रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्तक्षेप गरी लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रूपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टि राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुने गरी
झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन् ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची–महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताएका छन् । उनले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे
मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको रमणीय गुफाडाँडा पर्यटकीय स्थलको विकासमा संघ र प्रदेश सरकारले असहयोग गरेको स्थानीयबासीले दुखेसो गरेका छन् । ०७५ साल पुस १६ र १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक जलवायु सम्मेलनको उद्घाटन गरिएको उक्त स्थानलाई संघीय र प्रदेश सरकारले प्रतिवद्धता अनुसार काम नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।केही समय अघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएपनि एक रुपैंयाँ पनि बजेट विनियोजन नगरेको दुखेसो गरे । गुफाडाँडा मात्र होइन मेलम्चीका सबै स्थानहरु
काठमाडौं— विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट गरिएको छ । सर्वसाधारणका लागि गत असार १८ गतेदेखि असार २२ गतेसम्म खुला गरेको आईपीओ आइतबार बाँडफाँट भएको हो ।कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।सर्वसाधारणका लागि खुलाईएको यस आईपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता सेयर सदर भएको थियो भने बाँकी
काठमाडौं— क्यान्सर उपचारमा संलग्न चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था 'डाइरेक्ट रिलिफ' को सहयोगमा र 'वान हार्ट वर्ल्डवाइड' को समन्वयमा ती सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा प्रदान गरिएको हो।उक्त सामग्री असार २७ गते नेपाल ल्याइ स्वास्थ्य सेवा विभागले भण्डारण गरेको थियो। आज ती औषधिहरू भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, र काठमाडौंको वीर अस्पताल मा हस्तान्तरण गरिएको हो।स्तन क्यान्सर, अल्जाइमर, र सोरियास
काठमाडौं–धादिङको धुनीवेशी नगरपालिका – ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदी नागिरकता किर्ते गरेकाे आरोपमा पक्राउ परेका छन् ।सात महिनादेखि फरार रहेका सुवेदीलाई प्रहरीले शनिबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।सार्वजनिक किर्ते मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारेको आरोप लागेकाे हाे ।सोही जन्मदर्ताको आधारमा नागरिकता बनाएर जग्गा बिक्री गरेको अभियोगमा उनीविरुद्ध दर्ता भएको मुद्दा अहिले पनि जिल्ला अदालत धादिङमा विचाराधिन छ ।काठमाडौँबाट पक्राउ परेका सुवेदीलाई थप अनुसन्धानका लागि धादिङ लगिएको प्रहरीले जनाएको
काठमाडौँ – पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा निधन भएको हो ।शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।शर्माको दाहसंस्कार आज गरिने छ । उनका दुई छोरीहरु छन् ।
काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौं— डलर साटिदिन्छु भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोकको बाह्रबिसे–३ धार्पा स्थायी घर भई हाल उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।पक्राउ पर्नेहरूमा पर्वत तामाङ भनिने २८ वर्षीय कर्म वाङगेल पाइन, सूर्य बहादुर भनिने २५ वर्षीय प्रकाश तामाङ, सन्तबिर भनिने ३६ वर्षीय सागर पाइन र ३५ वर्षीय विष्णु कुमार रुम्बा रहेका छन्।प्रहरीका अनुसार उनीहरूले ९७६२६३४८६१ नम्बरको मोबाइलबाट सम्पर्क गरी आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको, त्यसको सट्टामा ७ लाख रुपैयाँ दिनुपर्ने भन्दै ठगी गरेका थिए।उक्त गिरोहले भक्तपुर चाँगुनारायण–४ हलछापस्थित
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्तीका अवसरमा शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले आदिकविले नेपाली मनमा रामायण रोपेर गएको बताए । उनले लेखेका छन् ,आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो ।नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.