समाज

    Showing 8,891-8,900 of 10,061 items.
  • द्धन्द्धकाल र जनआन्दोलनका शहीदका परिवारलाई प्रदेश १ ले १ लाख दिने

    विराटनगर  / प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनमा परि शहीद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ । प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रुपैयाँ दिन लागेको हो । चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा सहादत प्राप्त  गरेका परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।प्रदेश १ मा

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 119 पटक पढिएको
  • वडाअध्यक्ष विरुद्ध नाबालिक बलात्कारको जाहेरी

    बारा / बाराको निजगढ नगरपालिका –२ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकालाई जबर्जस्ती करणीको आरोपमा जाहेरी परेको छ । पीडित नाबालिकाको आफन्तले वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यलय निजगढमा जाहेरी दिएका हुन् । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका हुन् ।

    • प्रकाशित मितिः असोज २६, २०७९
    • 175 पटक पढिएको
  • जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका पाँचसहित सात जनाको मृत्यु, दुई बेपत्ता

    जुम्ला  / अविरल वर्षाका कारण आएको पहिरोमा परी जुम्लामा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा सात जनाको मृत्यु भएको हो ।घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाहीको मृत्यु भएको प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए । सो घटनामा स्थानीय सरस्वति हमाल र रामबहादुर हमाल घाईते भएका छन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका

    • प्रकाशित मितिः असोज २२, २०७९
    • 129 पटक पढिएको
  • गोठाटार गोलिकाण्ड : मोहम्मदको हत्यामा संलग्न तीन जना पक्राउ

    काठमाडौं / काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या प्रकरणमा ३ जना पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार उनीहरूलाई केहीदिन अघि नै पक्राउ गरिएको हो। पक्राउ परेकाहरूको विवरण प्रहरीले गोप्य राखेको छ। उनीहरूलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी भइरहेको छ। सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै यही असोज ४ गते हत्या भएको थियो।मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए। घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो।

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 198 पटक पढिएको
  • बच्चा चोर्न खोजेको आरोपमा चार जना पक्राउ

    कञ्चनपुर  / कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्लाफाँटा नगरपालिका –८ मा बच्चा चोर्न खोजेको आरोपमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साहलाई पक्राउ गरेको हो । बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेर प्रहरीलाई खबर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । शुक्लाफाँटा –८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाइ जङ्गलतर्फ

    • प्रकाशित मितिः असोज ५, २०७९
    • 288 पटक पढिएको
  • आज ५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    झापा / आज ५८औँ राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ ।नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ मा बाल अधिकार महासन्धि अनुमोदन गरेको सम्झनामा प्रत्येक वर्ष भदौ २९ गते दिवास मनाउँदै आएको छ ।२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • 195 पटक पढिएको
  • झापामा पाँच वर्षीया बालिका बलात्कृत : ५४ दिनमा २३ जना महिला बलात्कृत (भिडियाे)

    झापा / पछिल्लो समय समाजमा बढ्दो अपराधको रूप लिइरहेको बलात्कारका घटना तीव्र रुपमा बढिरहेका छन् । त्यसमा पनि विषेश गरी २० वर्ष मुनिका किशोरीहरू बलात्कारको सिकार हुने गरेका छन् । जसको उदाहरण हुन शिवसताक्षिकी पाँच वर्षीय बालिका । शिवसताक्षी नगरपालिका –४ बस्‍ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीले गत भदौ १० गते ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडितका आफन्तले प्रहरीमा उजुरी दिए लगतै बुधबार इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुढाथोकीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान भइ

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 329 पटक पढिएको
  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु, १३ घाइते

    दाङ / दाङमा नाचगान गर्दै गर्दा चट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको घोराही उपमहानगरपालिका –१२ गुरउमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु भएको हो ।त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।डीएसपी गौतमका अनुसार तीजको बेला महिलाहरू साल डाँडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको थियो । 

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 246 पटक पढिएको
  • जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

    कर्णाली  / स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि गएका वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार एक सय २० हेक्ट

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • 191 पटक पढिएको
  • हात्ती आएको सूचना दिन झापाको बाहुनडाँगीमा ‘साइरन’ जडान

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका –४ मा हात्ती आएको जानकारी दिन ‘साइरन’ मेसिन जडान गरिएको छ । बर्सौँ देखि हात्ती आतङ्कको चपेटामा परेको बाहुनडाँगीमा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा  ‘साइरन’ दिने मेसिन जडान गरिएको हो ।साइरनको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । उक्त साइरन उज्यालो नेपालका पूर्व अध्यक्ष तथा स्वयंसेवक रमेश थापाले  मेचीनगर –४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप प्रदान गरेका थिए । ब्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक कि

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • 155 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.