समाज

    Showing 8,911-8,920 of 11,082 items.
  • दाउरा संकलन गर्न त्रिशुली नदीमा पुगेका २ जना फसे, हेलिकोप्टरमार्फत उद्धार गरिँदै

    काठमाडौं— त्रिशुलीमा बाढी आउँदा दुई जना नदीको बिचमा फसेका छन्। बिदुर नगरपालिका— १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।नदीको बीचमा दाउरा संकलन गर्न पुगेका उनीहरु बिहानदेखि त्यहाँ फसेका थिए। दाउरा संकलनका क्रममा बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ। 

    • प्रकाशित मितिः असार २४, २०८२
    • 556 पटक पढिएको
  • १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

    काठमाडौं— सम्पत्ति शुद्धीकरण मुद्दामा १५ लाख रुपैयाँ धरौटी तोकिए पनि रकम बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिए पनि अन्सारीले रकम बुझाउन नसकेपछि उनी जेल पुगेका हुन्।नक्कली नोट प्रकरणमा सजाय पूरा गरेर रिहा भएको केही समयमै, गत जेठ १० गते शनिबार, सीआईबीले उनलाई ललितपुरबाट पक्राउ गरेको थियो। उनीसहित चार व्यक्ति र एक संस्थामाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित उनकी पत्नी सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई प्रतिवादी बनाइएको छ। ती तीन जना हाल फरार छन्।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 562 पटक पढिएको
  • सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल (फेसबुक) मा महिलाको चरित्र हत्या गरेर सामग्री पोस्ट गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी घर भएका ३१ वर्षीय रमेश बाग रहेका छन् ।उनलाई आइतबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित मिलन चोकबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। आरोपी विरुद्ध प्रहरीले विद्युत्तीय कारोबार ऐन–२०६३ दफा (४७) अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।आरोपीले एक महिलाको अश्लील फोटो बनाएर फेसबुकमा पोस्ट गरेको आरोप छ । सो पोस्टबारे अनुसन्धान भइरहेको ब्युरोका अधिकृतहरू बताउँछन् । 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 572 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका–१ लामथुम्बा घर भएका टोखा नगरपालिका–८ अर्याल बस्ती बस्ने ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोखा नगरपालिक–८ अर्याल बस्तीबाट पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 614 पटक पढिएको
  • लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ सर्मपर्ण समारोहलाई सम्बोधन गर्दै उनले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन जरुरी रहेको बताएका हुन् ।राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताए । उनले सामाजिक न्याय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 244 पटक पढिएको
  • असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा

    काठमाडौं – नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन् ।उनले भने,‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ । असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रवन्ध गरियोस् ।’साथै उनले तत्काल मलको प्रवन्ध गर्न समेत आग्रह गरे ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 380 पटक पढिएको
  • ‘संसदीय समितिको नेतृत्व सोही दलले नगर्ने समझदारी कहाँ गयो ?’

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जुन दलका नेतामाथि विवाद उठेको हो त्यसका विषयमा छानबिन हुँदा संसदीय समितिको नेतृत्व त्यही दलले नगर्ने समझदारी कहाँ गयो भन्दै प्रश्न उठाएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसाजस्तो मानव तस्करीको विषयमा संसद अवरोध जारी रहँदा संसदीय समिति नबने पनि ‘कुलिङ अफ पिरियड’को नयाँ कथा आएकाले संसदीय समिति बन्न लागेको बताए ।उनले भने, ‘भिजिट भिषामार्फत भइरहेको मानव तस्करी जस्तो त्यो आन्दोलनमा हामी यथावत रहेकै बेलामा संसदीय अभ्यासमा एउटा कलंकित कथा बुनियो । त्यो हो कुलिङ पिरियडको बारेमा । सदनमा रोष्टमबाट सम्बन

    • प्रकाशित मितिः असार २३, २०८२
    • 352 पटक पढिएको
  • अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

    काठमाडौं, २३ असार । ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठनमा सहमति भएको छ ।प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पहलमा बसेको कार्य ब्यवस्था समितिको बैठकमा ७ सदस्सीय छानबिन समिति बनाउने सहमति भएको हो ।प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम 'संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति' गठन गरिएकाे हाे । साे समितिले २१ दिनकाे समय सिमा पाएकाे छ । सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन्

    • प्रकाशित मितिः असार २३, २०८२
    • 294 पटक पढिएको
  • भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

    एजेन्सी – दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । भारतका विभिन्न भागहरूमा भेला भएर उनको ९० औं जन्मदिनको अवसरमा करुणा र प्रेमका साथ आयु बृद्धिको कामना समेत गरिएको छ । सो अवसरमा पूर्वी गयामा एक उत्सव जुलुस आयोजना गरिएको थियो। भारतको राजधानीमा, केक काट्ने समारोह आयोजना गरिएको थियो र त्यसपछि परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।सो क्रममा दलाई लामाले आफू बसोबास गर्ने सानो भारतीय पहाडी शहर धर्मशालामा पानीमा रुझ्दै हजारौं भिक्षुहरू र अनुयायीहरूले मुस्कान एव ताली बजाएका थिए। भिक्षुहरूको समर्थनमा मञ्चमा बिस्तारै हिंड्दै गर्दा उनले हा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 354 पटक पढिएको
  • नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै  दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । उनले. नेपाल नै  हामीभित्र भए मात्र

    • प्रकाशित मितिः असार २३, २०८२
    • 377 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.