समाज

    Showing 9,171-9,180 of 11,082 items.
  • सुन तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

    काठमाण्डौं —सुनको भाउ आज एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो । 

    • प्रकाशित मितिः असार ३, २०८२
    • 420 पटक पढिएको
  • स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना हुँदा ९ वर्षीया बालिकाको मृत्यु शिक्षकसहित ७ जना विद्यार्थी घाइते

    काठमाडौं— काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित ईडिफाई ईन्टेरनेशनल स्कुलको कमाउण्ड भित्र उक्त स्कुलको ईभि माईक्रो भ्यान दुर्घटना भएको छ । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको गेटको पिलरमा ठोक्कीदा शिक्षक तथा बाल बालिकाहरु घाईते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । निम्न अस्पतालमा उपचार भइरहेको ।सर्लाहीको लालबन्दि न.पा. १४ घर भएकी ८ की वर्षीया रेश्मा मोक्तानको टाउको र निधारमा चोट लागेका,रामेछाप घर भइ  हाल  का.जि. स्वयम्भु बस्ने ९ वर्षीया नेशिया थापाको टाउँकोमा चोट लागेको, किर्तिपुर घर भएकी ९ वर्षीया निकिशा डंगोलको बायाँ खुट्टामा चोट, मकवानपुर

    • प्रकाशित मितिः असार २, २०८२
    • 579 पटक पढिएको
  • विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

    धनुषा— हंसपुर नगरपालिका–६ सोनीगामा बस्ने ६० वर्षीय प्रदिप मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउनको लागि विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर गएराति उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 396 पटक पढिएको
  • प्रतिबन्धित औषधी र खैरो हिरोइन सहित ४ जना पक्राउ

    विराटनगर—  गएराती मोरङ र झापाको विभिन्न स्थानहरु बाट प्रतिबन्धित औषधी र खैरो हिरोइनसहित ४ जनालाई  पक्राउ गरेको छ  । पक्राउ पर्नेमा राकेश लिम्बु, दिपेश खनाल, निजाम मिया र  पुष्कर मगर रहेका छन् ।लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका–४ का ३० वर्षीय लिम्बु र २२ वर्षीय  खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्रामसहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट ख

    • प्रकाशित मितिः असार २, २०८२
    • 471 पटक पढिएको
  • सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

    विराटनगर— इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा ३८ बर्षीय बिष्णु पराजुली र २२ बर्षीय सुरज सरदार रहेका छन् ।आइतबार इलाम नगरपालिका–११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो ।दुर्घटनामा मृतक पराजुलीका ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई–९ जितपुर का २२ बर्षीय आइत ब

    • प्रकाशित मितिः असार २, २०८२
    • 396 पटक पढिएको
  • उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी

    काठमाडौं  -  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालका महिला तथा युवाहरुले उद्यमशिलतामा नविनता ल्याएर प्रस्ताव गर्यो भने २५ लाखसम्मको सहुलियत पूर्ण कर्जा दिने बताएका छन् । सोमबार ललितपूर महानगरपालिकाद्वारा आयोजित चौथो उद्यमी महिला सम्मेलनलाई सम्वोधन गर्दै उनले कानुन अथवा नीति  नियमबाट नै उद्यमशिलतालाई प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै उद्यमशिलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले ठूला ठूला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए ।  मन्त्री भण्डारीले महिलाहरु उद्यमशिलतामा बढी आकर्षण गर्नुपर्ने र आ

    • प्रकाशित मितिः असार २, २०८२
    • 317 पटक पढिएको
  • धरानमा ठूलो मात्रामा गाँजा बरामद, अदुवा–बन्दाकोपीको आडमा तस्करी प्रयास

    धरान — सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजासहित एक मालबाहक ट्रक बरामद गरेको छ।सशस्त्र प्रहरी बल नं. ४ गण, सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मलकुमार थापाका अनुसार सोमबार कोशी लोकमार्गस्थित शिवधारमा सशस्त्र प्रहरी बेस क्याम्प धरानबाट खटिएको एसपी सन्जीव पौडेलको नेतृत्वमा टोलीले चेकजाँचका क्रममा धनकुटाबाट धरानतर्फ आइरहेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा लुकाएर राखिएको गाँजा फेला पारेको हो।ट्रकमा अदुवा र बन्दाकोपी ल्याउने बहानामा गाँजा लुकाइएकाे थियाे। चेकजाँचमा ७० बोरा अर्थात् करिब २ हजार १३० केजी गाँजा बरामद भएको एसपी

    • प्रकाशित मितिः असार २, २०८२
    • 357 पटक पढिएको
  • सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा ?

    काठमाडौं  — प्रतिनिधिसभाको सोमबारको बैठकमा बजेटमाथिको छलफल जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको नाराबाजीबीच नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदको मर्यादा उल्लंघन भएको भन्दै नियमापत्ति जनाएका छन्।माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बजेटसम्बन्धी धारणा राखिरहेका बेला थापाले उठेर प्रतिनिधिसभा नियमावलीको नियम २० को उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए। उनले संसदको अवस्था प्रष्ट नहुँदा आफू कुन स्थानमा बसेको हो भन्ने समेत थाहा नपाएको बताए।थापाले भने, “हामी रत्नपार्कमा छौं कि शहीदगेटमा, कलंकीमा छौं कि पोखराको चिप्लेढुंगामा — मलाई केही थाहा छैन। कुर्सी रोइरहेका छ

    • प्रकाशित मितिः असार २, २०८२
    • 391 पटक पढिएको
  • विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सडक आन्दोलन

    काठमाडौं -  आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले प्रदर्शन गरेका छन् ।सुनचाँदी व्यवसायीहरूले ‘हेलो सरकार, सुनका कुरा सुन, हिरा–जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उच्च कर हटाउ, व्यापार बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गर्दै सरकारको निर्णयको विरोध जनाएका हुन् विलासी करविरुद्ध सुनचाँदी व्यवसायीको सड्क आन्दोलनकाठमाडौं । आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले सुनचाँदी क्षेत्रलाई लक्षित गरी लगाइएको ‘विलासी कर’ विरुद्ध सोमबार काठमाडौंमा सुनचाँ

    • प्रकाशित मितिः असार २, २०८२
    • 365 पटक पढिएको
  • गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

    नारायणगढ— चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय जङ्गे कुमालको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । कुमाललाई गएराति मेघौली सेराइ होटल पछाडि रहेको राप्ती खोलामा माछा मार्न गएको बेला गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । कुमालको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार २, २०८२
    • 232 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.