समाज

    Showing 9,281-9,290 of 11,082 items.
  • औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएका औषधी सहित एक जना पक्राउ

    काठमाडौं— नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक बिनाका औषधीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको धोवनी गाउँपालिका वडा नम्बर ५ जगनाथपुरका ३२ वर्षिय मुनिस दास रहेका छन् ।  जेठ १३ गते काठमाडौंको दक्षिणकाली नगरपालिका– ५ फर्पिङ चेकपोस्ट स्थितमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६३८ नम्बरको टाटा सुमो जिपको छतमा नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको तथा बिल बीजक समेत नभएको औषधी लुकाइ छिपाइ ल्याएको अवस्थामा चालक मुनिस दास पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।दासका साथबाट sildenafil Tablets IP 1

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 307 पटक पढिएको
  • प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा, बढुवा को को भए ?

    काठमाडौं— नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ ।बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 421 पटक पढिएको
  • भारतीय नम्बरको स्कार्पियो कारबाट लागुऔषध गाँजा बरामद

    सुनसरी— सुनसरीको दुहबी नगरपालिका—११ स्थितबाट भारतीय नम्बरको स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।  विहीबार प्रतिबन्धित लागु औषध बेचविखन भइरहेको सूचना पाएलगत्तै प्रहरीले १४ पोका गाँजा बरामद गरेको हो ।विहीबार बिहान ३ बजे लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियो कार भित्रबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको (१४ पोका) ४ किलो ३८ ग्राम गाँजा बरामद गरेको छ । गाँजा बरामद गरेसगै फरार

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 404 पटक पढिएको
  • झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

    बिराटनगर— लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीबाट ५ जनालाई पक्राउ गरेको हो ।झापाको मेचिनगर–११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर–१५ बाट ४ ग्राम ब्राउन सुगरसहित बेलबारी–४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 344 पटक पढिएको
  • १ हजार १४३ केजी गाँजासहित २ महिलालाई पक्राउ

    गाईघाट— नेपाल प्रहरीले उदयपुरबाट २८ मन ५ सय ७५ ग्राम अर्थात १ हजार १४३ केजी गाँजासहित २ महिलालाई पक्राउ गरेको छ ।उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटारका ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको हो ।रानीटार स्थित रत्नमायाको घरमा ३५ ओटा बोरामा प्याक गरेर राखिएको १ हजार १४३ दशमलव २७५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले गाँजा र मानिस पक्राउ गरेको हो । घट्नाको थप अनुशन्धान भईरहको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 427 पटक पढिएको
  • जब राज्य नै द्न्द्पीडितप्रति उत्तरदायी र जिम्मेवार भएन भने पीडित पक्षले कसरी पाउँछ न्याय?

    काठमाडौं— संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारवाही र सो सम्बन्धका बारेमा छलफल गरेको छ । शुक्रबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल गरेको हो । बैठकको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेश दत्त भट्टले आयोगलाई राज्यले गाइडेड कमिसनको रुपमा स्थापित गर्न खोजिरहेको बताए । उनले दुईवटै आयोगलाई गाइडेडको रुपमा परिवर्तन गर्दा द्न्द्पीडितले न्याय नपाउने बताए ।उनले भने, ‘दुईवटा आयोग छन् । जसमा टिआरसी र बेपत्

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 350 पटक पढिएको
  • प्रेस चौतारीका संस्थापक अध्यक्ष चालिसेको निधन

    काठमाडौं— प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। चालिसेको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो।उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने  गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।गोरखापत्र दैनिकका पूर्वसम्पादक समेत रहेका चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 359 पटक पढिएको
  • नदीको बीच भागको टापुमा फसेका २२ जनाको गोताखोरले सकुशल उद्धार गरे

     चितवन— चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्धार गरिएको हो।​उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल न. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। नदीको बाँध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको छ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 353 पटक पढिएको
  • बिच्छीको टोकाइबाट ८ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं— मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।बकैया–७ मैनाटार बस्ने बीरबहादुर वाईवाकी८ वर्षीया छोरी अस्मिता वाईवाको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको बाँया भागमा बिच्छीले टोकेको थियो । त्यसपछि दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा दिनराति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताए ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 510 पटक पढिएको
  • आर्थिक वर्ष २०८२–०८३ को वजेटमा मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि

    काठमाडौं— आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सरकारले मदिरा, बियर, चुरोट र सुर्तीको भन्सार महसुल वृद्धि गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै मूल्य अभिवृद्धि तथा अन्तशुल्कसम्बन्धी कानुनमा परिमार्जन गरिने बताएका छन् ।बजेट आउनु अघि बजारमा मदिरा, बियर, चुरोट र सुर्तीको अभाव हुने गरेको छ । अब भने यी वस्तुमा बजार मूल्यसमेत वृद्धि हुने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.