समाज

    Showing 9,291-9,300 of 11,082 items.
  • जग्गाधनीलाई खुशीको खबर, सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने घोषणा गर्यो

    काठमाडौं— सरकारले आर्थिक वर्ष २०८२/८३ भित्र पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र (पूर्जा) वितरण गर्ने घोषणा गरेको छ।संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिसम्बन्धी कानुन संशोधन गरी भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गरिने जानकारी दिए। उनले लगत संकलन र प्रमाणीकरणको प्रक्रिया सम्पन्न गरी पूर्जा वितरण कार्य अघि बढाइने बताए। यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति सुनिश्चित गरिने पनि उनले स्पष्ट पारे।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 509 पटक पढिएको
  • इटा भट्टामा १३ जनालाई जिउँदै जलाएर मारेका आलमलार्ई किन निर्दोष साविक गरियो? २० वर्ष पुरानो घटनामा अदालतको विवादास्पद फैसला

    काठमाडौं— नेपाली काग्रेसका पुर्व सांसद जस्ले १३ जना निर्दोष जनतालाई जिउदै इटाभट्टामा जलाएरका थिए । उनी हुन अफताब आलम यस्तो जघन्य अपराध गर्दा पनि उच्च अदालत जनकपुरले निर्दोष ठहर गरेको छ ।जिउदै मान्छेलाई मारेको मुद्दा लागेका उनलाई प्रहरीमा उजुरि दर्ता गर्न सम्म राजनितीक पहुँच प्रयोग गरिएको थियो । त्यसको करिब २ दशक लामो मुद्दा खेपिरहेका अपराधीको जित भयो उता पीडित पक्षको हार भो यता आलमको भने जित भयो ।यता पीडितको परिवार भन्छन न्यायालय प्रतिको विस्वास उडयो । यति खेर आलमको फैसलालाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको छ । जस्मा न्यायनलय पाट्रिको भर्ति केन्द«देखि सत्ताधारिको पहुँचमा फैसला हुन्छ

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 364 पटक पढिएको
  • झारफुकको बहानामा बालिकामाथि यौन दुर्व्यवहार, आरोपित प्रहरी नियन्त्रणमा

    मोरङ—  झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई  घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका महमदमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने ग

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 284 पटक पढिएको
  • नागढुङ्गा–नौबिसे सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना घाइते

    काठमाडौं— नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस दुर्घटना भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 358 पटक पढिएको
  • एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

    काठमाडौं— नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।यसरी भएको थियो बिहे२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो।बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्।२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 351 पटक पढिएको
  • सांसदद्वारा बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

    काठमाडौं— राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधारगृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए ।उनले भने, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 345 पटक पढिएको
  • संसद भवनको अगाडी रेविकाको न्याय माग्दै विद्यार्थीको प्रदर्शन, सात जना पक्राउ

    काठमाडौं— गत चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट अगाडि प्रदर्शन गरेका छन् ।निषेधित क्षेत्र अगाडी प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जनाको ज्यान जाने गरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 329 पटक पढिएको
  • कास्कीमा ४.४ रेक्टर स्केलको भूकम्प गयो

    काठमाडौं— कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । 

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 362 पटक पढिएको
  • ढुङ्गा खसेर पैदलयात्रीको मृत्यु, अर्का एक व्यक्ति घाइते

    दार्चुला— दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ हिडेर जाने क्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर मृत्यु भएको छ । उनको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो ।जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकार दिए ।बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 357 पटक पढिएको
  • विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना पक्राउ

    बिराटनगर— झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपक गडतौला, बिरहाङ लेछर्वो लिम्बु, किरण राई, मनिश कुमार गुप्ता र अन्जन राई रहेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यस्तै प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ बर्षीय क

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 290 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.