समाज

    Showing 9,361-9,370 of 11,082 items.
  • सप्तकोशी नदीमा पुलबाट हाम्फालेर १ जनाको मृत्यु

    उदयपुर— उदयपुरको बेलका नगरपालिका—८ कोठु स्थित सप्तकोशी नदीको पुलबाट हाम्फालेर १ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका—१ का ५२ वर्षीय मकर जंग राईले सप्तकोशी नदीको पुलबाट हाम फालेर मृत्यु भएको हो ।हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल  उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई  नदीबाट निकाली उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 371 पटक पढिएको
  • मोटरसाकलमा फर्कने क्रममा ढुंगाले लागेर शिक्षा अधिकृतको मृत्यु

     काठमाडौ— दार्चुलाको लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ। गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुका लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएका थिए। मोटरसाइकलमा फर्कने क्रममा गोदालीमा माथिबाट खसेको ढुंगा लागेर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका ओझाको पिँठ्युमा चोट लागेको इलाका प्रहरी कार्यालय रिठाचौपातले जनाएको छ । सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले ओझ

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • 426 पटक पढिएको
  • बिद्युतिय करेन्ट र चट्याङले लागेर २ जनाको मृत्यु

    विराटनगर— ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको खिजिदेम्वा–८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा करेन्ट लागेर मेत्यु भएको हो ।सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।यस्तै तेह्रथुमको आठराईमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 477 पटक पढिएको
  • सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, १४ जना घाईते

    विराटनगर— धनकुटा र उदयपुरको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाईते भएका छन् । वैशाख २२ गते  बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालकसहित १४ जना यात्रीहरु घाईते भएका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाईतेहरुलाई उद्दार गरी उपचारको लागी बिभिन्न अस्पताल पठाएकोमा उपचारको क्रममा बसका चालक सुनसरी धरान उप-महानगरपालिका–१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरप

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 355 पटक पढिएको
  • असिनापानीले चिचिला लाग्दै गरेको स्याउका बिरुवामा क्षति, किसान चिन्तित

    काठमाडौं— यही बैशाख १७ गते आएको असिनापानीले करिब १० लाख भन्दा बढी चिचिला लाग्न लागेको स्याउ खेतीमा क्षति गरेको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले चिचिला लाग्ने बेला परेको असिनापानीले स्याउमा क्षति गरेको हो ।जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको र सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर रहेका कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार गत वर्ष ६१ करोड ४१ लाख स्याउ बिक्री भएको थियो । असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्यांक संकलन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।गत वर्ष स्याउबाट आठ

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 493 पटक पढिएको
  • चट्याङ लागेर बालकको मृत्यु

    काठमाडौं— कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाबारे थप अनुसन्धान हुने जानकारी दिएका छन्।

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • 382 पटक पढिएको
  • मोरङ कारागारमा रहेका थुनुवाको मृत्यु

    काठमाडौं— जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको मृत्यु भएको छ। ​​​​​थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन्।ठगी मुद्दामा थुनामा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ४ बजे तामाङको ज्यान गएकोजेलर ढुंगेलले बताए। 

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 430 पटक पढिएको
  • गोरुको मासुसहित पाँच जना पक्राउ

    काठमाडौं— झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह–१ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।उनीहरुले गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बरऔ १ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा पक्राउ परेका हुन्।गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह– १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए।त्यसपछि लिम्बूको घरम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 468 पटक पढिएको
  • नागढुङ्गा नौबिसे सडकः वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिदै

    काठमाडौं— नागढुङ्गा नौबिसे सडक खण्ड यही बैशाख २२ गतेदेखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने भएको छ । उक्त सडकखण्ड १० दिनका लागि राति बन्द गरिने भएको हो ।एक सूचना जारी गर्दै मुख्य मार्ग मानिने सडक राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने जानकारी दिए ।काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति न

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 506 पटक पढिएको
  • दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु

    काठमाडौं— दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजे चट्याङ लागेर घाइते भएका नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । चट्याङ लागेर घाइते भएकी श्रीमती छोरी र तीन वर्षका छोराको हाल दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 221 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.