समाज

    Showing 9,451-9,460 of 11,082 items.
  • ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

    काठमाडौं— सुनसरीको दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर हुँदा एक जनाको मृत्यु । मृत्यु हुनेमा सोही नगरपालिकाकी ६० वर्षीया देउ कुमारी खाँ रहेकी छिन् । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । चैत्र ०८ गते दिउँसो ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भएकी उनलाई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक ५५ बर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 364 पटक पढिएको
  • १६ सय ३६ किलो गाँजासहित २ जना पक्राउ

    काठमाडौं— सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई  पक्राउ गरेको छ ।धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गङ्गा बहादुर बस्नेतलाई शुक्रबार पक्राउ परेका हुन् । इलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई पक्

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 469 पटक पढिएको
  • तस्करले प्रहरीमाथि नै आक्रमण प्रयासगरेपछि हवाई फायर

    काठमाडौं— धनुषामा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको हो ।तस्करहरुले प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 508 पटक पढिएको
  • २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    काठमाडौं— चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल रहेको काठमाडौं प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाड

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 333 पटक पढिएको
  • लागू औषध खैरो हेरोइनसहित तीन जना पक्राउ

    काठमाडौं— पोखराको छोरेपाटनबाट प्रतिबन्धित लागू औषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी स्थायी घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङ रहेका प्रहरीले जनाएको छ।प्रहरीले उनीहरुको साथबाट कालो झोलामा लुकाई छिपाई राखेको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुलगरी जम्मा ४२९ एम्पुल र मोबाइल चार थान बरामद गरिएको छ।पोखरा– १७ छोरेपाटन स्थितमा लागू औषध

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 450 पटक पढिएको
  • जातीय विभेद र छुवाछुत गर्नेलाई कारबाही गरः मानव अधिकार आयोग

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा अनुगमन सुरु गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगको मधेश प्रदेश कार्यालयबाट अनुगमन सुरु गरिएको जनाएको हो ।सिरहाको औरही गाउँपालिका–५ मा यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको थियो । साथै उनको घर रहेको क्षेत्रको माटो समेत खनेर फ्याँकिएको थियो । यो घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्नुपर्ने माग उठिरहेका बेला मानव अधिकार आयोगले अनुगमन थालेको हो । ‘सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटन

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 340 पटक पढिएको
  • फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग

    काठमाडौं— नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । रास्वपा नगर सभापति मोहन बस्नेतको नेतृत्वमा गएको टोलीले कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै फोहोर व्यवस्थापनमा गम्भीर हुने आग्रह गरेका हुन् । फोहोर संकलनको नाममा शुल्क उठाउने काम भईरहेको तर फोहोर उठाउने काम भने नभएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसैगरी तत्काल फोहोर संकलन कार्यलाई उचित ढंगले व्यवस्थापन नगरे कावासोतीमा सरुवा जस्ता रोगको संक्रमण बढ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 407 पटक पढिएको
  • घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने सापकोटा पक्राउ

    काठमाडौं— घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका-२ स्थित  दुर्गा चोकका सक्षम सापकोटालाई  प्रहरीले पक्राउ गरेको छ।कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका उनलाई करिब  ५ घण्टामा   प्रहरीले नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।विराटनगर-२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर-१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएको र उनलाई रानी एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।घाँटीमा चोट लागेका घाइतेलाई उपचारका ला

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 419 पटक पढिएको
  • 'भूमि बैंक' स्थापना गर्ने सरकारको तयारी

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले 'भूमि बैंक' बनाउने प्रक्रिया फेरि थालेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा उनले भूमि बैंक बनाउने विषय विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल थालेको बताए ।उनले राम्रो काम गर्दा विरोध हुने गरेको भन्दै विरोधका लागि विरोध नगर्न आग्रह गरे । उनले छोटो बाटोबाट भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेश ल्याएको भए पनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले काम थालिसकेको र वा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 385 पटक पढिएको
  • सौर्य जहाज दुर्घटनाबारे मानवअधिकार आयोगको चासो

    काठमाडौं— सौर्य जहाज दुर्घटना छानबिन गर्न मानव अधिकार आयोगले चासो देखाएको छ  । एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरबाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको समाचार सार्वजनिक भएपछि आयोगले छानबिन गर्न चासो देखाएको हो । आयोगले दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडालाई कार्यालयमा बोलाएर दुर्घटनाबारे छलफल गरेको छ । छलफलकै क्रममा पत्रकार खतिवडाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा खतिवडाले ‘उडान गैरकानुनी भएको, यात्रु गैरकानुनी रहेको, एयरलाइन्स कम्पनीले गैरकानुनी हर्कत गरेको, कानुन मिचेर स

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 465 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.