समाज

    Showing 9,551-9,560 of 11,082 items.
  • बुबाआमासँगै भारत जाने बाध्यताले बालबालिकाको पढाइ प्रभावित

    भेरीगङ्गा (सुर्खेत) । विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर भारतको मुग्लान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था छ ।‘गाउँमै बसेर छोराछोरी पढाउने रहर नभएको होइन, तर कमाइका लागि भारत जानु हाम्रा लागि बाध्यता भयो, केटाकेटीलाई यहाँ एक्लै छाड्न सकिन्न’, स्थानीय दलबहादुर विकले भने । रोजीरोटीका लागि मुग्लान जानुको विकल्प नभएको उनको भनाइ छ । विकका अनुसार गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्यता रहेको यस वडाका मानिसहरु भारत जाँदा

    • प्रकाशित मितिः माघ २०, २०८१
    • 328 पटक पढिएको
  • सरकारले ल्याएको सामाजिक सञ्जाल नियमनको विधेयक प्रति गैसस महासंघको आपत्ति

    काठमाडौं— यतिबेला सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सर्वत्र विरोध भइरहेको छ । सरकारले सामाजिक सञ्जालको नियमनका नाममा नागरिकका आवाज कुन्ठित गर्ने काम गरेको आरोप राजनीतिक दलका नेताहरूले नै लगाउँदै आएका छन् । संसदमा दर्ता भयो विधेयकका विषयमा सत्ता पक्षमा रहेका सांसदको पनि आलोचनात्मक समर्थममात्र छ भने विपक्षी दलले चर्को विरोध नै गरेका छन् । नागरिक समाज तथा सामाजिक संघ संस्थाले पनि सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयकको विरोध गरेका छन् । गैरसरकारी संस्था महा

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 274 पटक पढिएको
  • बसाइँसराईको वर्तमान अवस्था, चुनौती र समाधान

    काठमाडौं— नेपालमा बसाइँसराई तीव्र गतिमा बढिरहेको छ । आधुनिक सेवा सुविधा खोज्दै शहर बजारमा बसाइँ सर्ने दिन प्रतिदिन बढेका छन् । विगतलाई हेर्ने हो भने भौतिक पूर्वाधारको अभावले मानिसहरू शहर वा विकास भएका ठाउँमा बसाइँ सर्ने प्रवृत्ति थियो ।तर, पछिल्लो समय गाउँमा बाटो घाटो, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायत सेवा सुविधाहरू पुग्दा-पुग्दै पनि शहरको आकर्षण बढेको देखिन्छ ।राष्ट्रिय जनगणना, २०७८ अनुसार पछिल्लो पटक एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने कुल जनसंख्या ९३ लाख ४१ हजार ४०८ छ । सबैभन्दा पहिले राष्ट्रिय तथ्याङ्क कार्यालयलको जनगणनाले देखाएको बसाइँ सर्नुका प्रमुख कारणबारे चर्चा गरौं ।यसरी मान

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 1,289 पटक पढिएको
  • अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला

    पथरी (मोरङ) । जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईबस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।सीता चौधरीको पाँच जनाको परिवार छ । उक्त परिवारका लागि खाना पकाउनैपर्ने बाध्यता छ सीतालाई । श्रीमान्को सामान्य कमाइले ग्यास र दाउरा किन्न पुग्दैन । ‘ग्यास चलाउन सकिँदैन, जङ्गल पनि टाढा छ, वन समितिले संरक्षण गर्न थालेपछि दाउरा पनि पाइँदैन, गुइँठाको विकल्प नगरे आफैँलाई ग्राहो हुन्छ’, चौधरीले

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 217 पटक पढिएको
  • जरलहवागाछीमा छ डिपट्युबेल सञ्चालन हुँदा खानेपानी समस्या हट्यो

    महोत्तरी । खानेपानीको समस्या खेप्दै आएका यहाँस्थित मटिहानी–६ जरलहवागाछी बस्तीका अग्निपीडितले १० महिनापछि बल्ल राहत पाएका छन् । बस्तीमा सोमबार एकसाथ छवटा डिपट्युबेल सञ्चालनमा आएपछि अग्निपीडितले आफ्नै घरआँगन नजिक खानेपानीको सहुलियत पाएका हुन् । मटिहानी नगरपालिका र रतौली युवा क्लबले जडान गराएका डिपट्युबेल सञ्चालनमा आएका हुन् ।‘आगलागी घटनायता खानेपानीको अप्ठ्यारो थियो’, अग्निपीडित बस्तीकी गृहिणी मैमुन खातुनले भनिन्, ‘आगलागी घटनाको १०औँ महिनामा बल्ल खानेपानीको सजिलो भयो ।’ सो बस्तीमा गत वैशाख १२ गते बुधबार भएको आगलागीमा एक सय तीन घर जलेर पूरै खरानी बनेका थिए ।सञ्चालनमा आएका छवटै डिपट्युबेलबाट पानी

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 241 पटक पढिएको
  • अधिकार र समानताका सवालमा यौनिक अल्पसंख्यक

    मानव समाजमा जैवीक वा लैङ्गिक भिन्नताका आधारमा मानिसको लैङ्गिक पहिचान गरिएको छ । लैङ्गिक वा यौनिक पहिचानका आधारमा मानिसलाई महिला, पुरुष, समलिङ्गी, तेस्रोलिङ्गी, अन्तरलिङ्गी र दुइलिङ्गी भनेर पहिचान गरेको पाइन्छ । पछिल्लो समय पारालिंगीका रुपमा पहिचान मान्नेहरुको संख्या बढ्दो छ । धार्मिक वा पौराणिक मान्यताका आधारमा पनि यौनिक तथा लैङ्गिक पहिचानलाई स्वीकारेको विभिन्न धर्मग्रन्थले स्पष्ट पारेको पाइन्छ । हिन्दु धर्ममा पनि शिवजीलाई ‘अर्धनारीश्वर’ भनेको पाइन्छ । त्यस्तै महाभारतका पात्र शिखण्डीलाई फरक यौनिक पहिचानका रुपमा समलिङ्गी भनेर चिनिएको छ ।पश्चिमा राष्ट्रहरुमा यस सम्बन्धमा १७ औं शताब्दीदेखि नै गहन

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 428 पटक पढिएको
  • सिङ्गो बस्ती नै शौचालयविहीन

    जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।स्थानीय बयोवृद्ध ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन । यहाँका सबैजना खुला स्थानमै शौच गर्दै आएका छन् । यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरूष तथा बालबालिका सबै गरेर तीन सय ७० जनाको जनसङ्ख्या रहेको छ । यहाँ बसोबास गर्ने सबै जना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिशा पिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 269 पटक पढिएको
  • स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशिघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देश गरेका छन् ।सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताएका हुन् । उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुधार गर्ने गरी एक

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 352 पटक पढिएको
  • समानताको आवाज सशक्त बनाउन गैसस महासंघको अगुवाइमा खबरदारी सभा हुँदै

    काठमाडौं— गैर सरकारी संस्था महासंघले बढ्दो असमानताविरुद्ध आवाज उठाउँदै काठमाडौंमा खबरदारी सभाको आयोजना गरेको छ । महासंघसहित नागरिक समाज र विभिन्न सामाजिक संघ संस्थाले प्राकृतिक स्रोतमा सबैको समान पहुँचको मागसहित खबरदारी सभाको आयोजना गरेका हुन् । माघ ५ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने सभामा नागरिक समाजका अगुवासहित सामाजिक संघसंस्थाका पदाधिकारी र अभियान्ताको सहभागिता रहनेछ । सभाले आगामी जनवरी २० देखि २४ सम्म दक्षिण अफ्रिकाको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाज समेट्न खबरदारी गर्नेछ।खबरदारी सभाबारे जानकारी दिँदै गैरसरका

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 486 पटक पढिएको
  • माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्दै काठमाडौंमा गुञ्जियो इलाम

    काठमाडौं । काठमाडौंमा बसेका इलामेलीले माघे स‌क्रान्ति पर्व मनाएका छन् । इलाम विकास समाजको अगुवाइमा भएको कार्यक्रममा गृह जिल्ला इलाम भइ काठमाडौंमा बसोबास गर्दै आएका इलामेलीको उल्लेख्य सहभागिता थियो ।कार्यक्रममा प्रमुख अतिथि झलनाथ खनालले व्यक्तिगत विकासको विषयले नागरिकमा चिन्ता बढेको बताए । उनले भने, 'माघे संक्रान्ति वर्षेनी आइरहन्छ तर हाम्रो जीवन कसरी अगाडि बढिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो । हामीले जीवनलाई अग्रगति दिने भनिरहेका बेला अगाडि बढिरहेका छौँ कि यथास्थितिमै छौँ अथवा पछाडि परेका छौँ भन्ने विषय अहिले चिन्ताको विषय हो ।'नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले देशको विकास तीव्र गति

    • प्रकाशित मितिः माघ १, २०८१
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.