काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।बोर्डले परीक्षाफल २० वटा संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस–यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।नतिजा प्रकाशनका क
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन् । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा साइन्स ल्याब तथा स्मार्ट कक्षाको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् ।अवलोकनका क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन सेल्फ–लर्निङमा आधारित उक्त तालिम एडिबी र शिक्षा
काठमाडौं / पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।सोमबार मातृसेवा प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । पुस्तक विमोचनपछि बोल्दै लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत विभिन्न व्यवहारिक प्रस्ताव अघि सारेको बताए । देशको गरिबी, परनिर्भरता र कमजोर अन्तर्राष्ट्रिय पहिचान अन्त्य गर्न प्रत्येक नेपालीले राष्ट्रिय व्रतका रूपमा तीन वटा नियम अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हाम्रो
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्।शुक्रबार नेपाली कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा बोल्दै थापाले आफूले निर्वाचनका क्रममा शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गरे । उनले सर्लाही–४ मा मत माग्ने क्रममा विज्ञान र गणित शिक्षाको गुणस्तरका विषयमा निरन्तर कुरा गरेपनि त्यसले अपेक्षित रूपमा जनचासो नपाएको उल्ले
काठमाडौं— शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को एकेडेमिक काउन्सिलमा विभिन्न क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।मन्त्रालयले सूचना प्रविधि तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्य नियुक्त गरेको जनाएको छ।सीटीइभीटीको एकेडेमिक काउन्सिललाई परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकायका रूपमा लिइन्छ। काउन्सिलले पाठ्यक्रम
बागमती। बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ ।विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिनुुभयो । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन् ।आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोमा बोल्दै उनले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि समयको गणना मात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पु¥याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर रहेको बताएका हुन् । उनले भने, ‘२५ वर्षको यात्रा कुनै पनि संस्थाका लागि केवल समयको गणना मात्र होइन । यो संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर पनि हो
मुगु । मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरु दैनिक पठनपाठन संयुक्त कक्षामा पढ्न वाध्य छन् ।संयुक्त कक्षामा कोठामा बसाइ गर्दा शिक्षकहरुले पढाएको बुझ्नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ । २०३७ सालमा स्थापना भएको नेपाल राष्ट्रिय आधारभुत विद्यालय ४६ बर्ष वितिसक्दा पनि उस्तै समस्या झेलिरहेको हो । सोही विद्यालय पढेर धेरैले राम्रो सफलता पाएपनि स्थानीय अभिभावक, सरोकारवाला र सरकारी वेवास्ताका कारण पूर्वाधारको अभाव व्यहोरिरहेको हो । कक्षा ४ र ५ एकै कक्षा कोठामा बसेर पढ्नु परेको छ । आवाजले विद्यार्थीले पढाएको नै बुझ्दै
काठमाडौं— रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अन्तिम सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण प्रक्रिया आइतबारदेखि सञ्चालन गरेको हो ।समितिका अनुसार छनोट प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ । प्रत्येक उम्मेदवारले विश्वविद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा भावी कार्यदिशाबारे
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले नतिजा प्रकाशनमा कुनै हतार नगरी आवश्यक जनशक्ति थप गरेर तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पारेका हुन्। मन्त्री पोखरेलले लेखेका छन्, ‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु । यस प्रक्रियाप्रति स्पष्ट र विश्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.