शिक्षा

    Showing 81-90 of 776 items.
  • दुर्गमका ३५ पालिकालाई काठमाडौं महानगरको एम्बुलेन्स सहयोग

    काठमाडौं— काठमाडौं महानगरपालिकाले देशभरिका दुर्गम क्षेत्रका ३५ स्थानीय तहलाई एम्बुलेन्स प्रदान गर्ने भएको छ। एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको र मङ्गलबारदेखि वितरण सुरु हुने मेयर बालेन शाहले जनाएका छन्।उनका अनुसार पहिलो चरणमा मापदण्डको आधारमा छनोट गरिएका गाउँपालिकाहरूलाई एम्बुलेन्स पठाइनेछ। स्वास्थ्य सेवा पहुँच अभावले पछाडि परेका पालिकालाई प्राथमिकतामा राखिएको बताइएको छ।“स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार हो,” मेयर शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।”शाहका अनुसार वितरण प्रक्रिया पारदर्शी हुनेछ र कुनै पनि नागरिकले स्वास्थ्य

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 513 पटक पढिएको
  • कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

    कटारी (उदयपुर), २ असोजः  कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग  (ओपिडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।  अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिनुभएको हो । “ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन्, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ”, सूचनामा उल्लेख छ ।  योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 186 पटक पढिएको
  • कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    भक्तपुर, १ असोज : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (०

    • प्रकाशित मितिः असोज १, २०८२
    • 223 पटक पढिएको
  • राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । आइतबार शुभकामना सन्देशमार्फत उनले बालबालिकाको हितलाई प्राथमिकतामा राखी समाज र राज्यलाई सचेततापूर्वक कार्यसम्पादन गर्न यस दिवसले उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 525 पटक पढिएको
  • आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै

    काठमाडौं— आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।बाल अधिकार सम्बन्धी म

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 549 पटक पढिएको
  • आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले आजदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ।जेनजीहरुको आन्दोलनपछि देशमा पछिल्ला परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो।अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्नु भनेको छ। यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभि

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 523 पटक पढिएको
  • जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि

    काठमाडौं— जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् । 

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 485 पटक पढिएको
  • त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो । मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।  सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।    

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 381 पटक पढिएको
  • हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • 452 पटक पढिएको
  • प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

    काठमाडौं— जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन झन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् ।प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १६ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते भएका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 513 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा