स्वास्थ्य

    Showing 561-570 of 2,150 items.
  • सत्ता र शक्तिको दुरूपयोग गर्दै सप्तकोसी न्यूरो अस्पताल

    इनरुवा  ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं - ४ मा अवस्थित रहेको सप्तकोशी न्यूरो अस्पतालका कार्यकारी अध्यक्ष राम बाबु गिरिका असिस्टेन्ट सम्राटले अस्पतालमा आएको सेवा ग्राही माथी खुकुरी प्रहार गरेका छन।  अस्पताल र अन्य सरकारी निकायहरूमा सत्ता र शक्तिको दुरुपयोग गम्भीर चुनौती बनेको छ। धेरैजसो अवस्थामा, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप, भ्रष्टाचार, र प्रभावशाली व्यक्तिहरूको पहुँचले सामान्य नागरिकहरू प्रभावित हुने गरेका छन्।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 352 पटक पढिएको
  • मदन भण्डारी अस्पतालमा ३० करोडको सुविधा सम्पन्न भवन बन्दै

    उर्लाबारी   ।    मोरङको उर्लाबारी नगरपालिका – ३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको बजेटमा पहिलो चरणमा अस्पताल परिसरमा करिब रु ३० करोड बजेटमा भवन निर्माणका लागि शहरी विकाश तथा भवन कार्यालय मोरङबाट ठेक्का आह्वान भएको मोरङ १ क का प्रदेश सांसद् उमाकान्त गौतमले जानकारी दिए। चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माणका लागि प्रदेश सरकारबाट रु ९ करोड बजेट बिनियोजन भएपनि आर्थिक मामिला मन्त्रालयबाट बजेट श्रोत सुनिश्चित गराएर बहुवर्षिय योजना अन्र्तगत भवन निर्माण प्रक्रिया अघि बढेको उनले बताए। सम्

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 419 पटक पढिएको
  • प्रोस्टेटको उपचार गर्न राष्ट्रपति अस्पताल भर्ना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचार गर्न राष्ट्रपतिलाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएको छ । रासस

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 400 पटक पढिएको
  • औषधी बेच्नलाई सेतो 'एप्रोन' अनिवार्य

    काठमाडौं— आउँदो पुस ४ गतेदेखि 'फर्मासिस्ट' हरूले सेतो 'एप्रोन' लगाएर मात्र औषधी वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ ।नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधी वितरकका रूपमा कार्यरत फर्मासिस्ट र फार्मेसी सहायकले औषधी वितरण गर्दा नामसहितको सेतो एप्रोन (बाहिरी पोशाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको हो ।परिषद्का रजिस्ट्रार सञ्जीवकुमार पाण्डेले फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को आचारसंहिता पालना नगरेको मानेर नियमानुसार कारबाही गरिने बताए । उनले भने, ‘ड्रेसकोडको पालना भए/नभएको परिषद्बाट नियमित अनुगमन

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 489 पटक पढिएको
  • चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजको द्वन्द्वले सात सय विद्यार्थीको भविष्य अन्योल

    काठमाडौं— चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजहरूको द्वन्द्वका कारण चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थी पोस्ट ग्य्राजुएट (पीजी) अध्ययन गर्नबाट वञ्चित हुने भएका छन् । चिकित्सातर्फ स्नातकोत्तर तहमा आउँदो माघ महिनामा प्रवेश परीक्षा भएर अध्ययन सुरु हुन्छ । बर्सेनि एक हजार दुई सय विद्यार्थीले नेपालमा पोस्ट ग्य्राजुएट अध्ययन गर्दै आइरहेकोमा यो वर्ष सरकारी कलेजमा मात्र पीजी अध्ययन हुने हुँदा सात सय विद्यार्थीले अध्ययन गर्न पाउने छैनन् । सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पीजी अध्ययन गर्न पाउँछन् । हाल पीजी अध्ययन सरकारी मेडिकल कलेजमा निःशुल्क हुने ग

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 481 पटक पढिएको
  • गर्भवती महिलाहरुलाइ डिग्निटी किट्स वितरण कार्यक्रम संचालन

    सुनसरी  ।  सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ७७६ डिग्निटी किट्स मध्ये ३६७ जना गर्भवती महिलालाई वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीको आयोजना र युएनएफपीए (संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष) तथा युनाइटेड नेशनको सहयोगमा भाेक्राहा नरसिंह गाउँपालिकाका वडाहरू १, २, ३ र ४  अन्तर्गतका क्षेत्रमा यो कार्यक्रम आयोजना गरिएको छ भने यो कार्यक्रम निरन्तर वड़ा नम्बर ५,६,७ र ८ मा कार्यक्रम आयाेजना गरि वितरण गर्न तालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ ।कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह गाउँपालिका उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा भएको थियो । प्रमुख अत

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 513 पटक पढिएको
  • देशका ७७ जिल्ला नै पूर्ण खोपयुक्त जिल्ला घोषणा

    काठमाण्डौ  ।  देशका ७७ जिल्ला नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएका छन् । पछिल्लो पटक नुवाकोट पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको हो।स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले ती सबै जिल्लाका दुई वर्षमुनिका शतप्रतिशत बालबालिकाले सरकारले उपलब्ध गराएको खोप लगाएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।नेपालमा पहिलोपटक अछाम र पाल्पा पूर्ण खोप जिल्ला घोषित भएका थियो ।‘हामीले जन्मेदेखि बालबालिकालाई १५ महिनासम्म विभिन्न खोपका १८ मात्रा दिने गर्दर्छौं,’ उनले भने, ‘ती खोप सबै बालबालिकाले खोप पाएपछि ती जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दछौँ।’सरकारले जन्मिनेबित्त

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 424 पटक पढिएको
  • भारतबाट सिकलसेल औषधि ल्याएर नेपालमा वितरण गर्ने घोषणा

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेल रोगको औषधि नेपालमा ल्याएर बिरामीलाई वितरण गर्ने घोषणा गरेका छन् । नेपालमा विशेष गरी थारू समुदायमा सिकलसेल रोग बढी देखा पर्ने भएकोले उनीहरूको स्वास्थ्य सुधारका लागि यो कदम महत्वपूर्ण हुने उनको भनाई थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ईमानदार र लगनशील भई काम गर्ने नयाँ चिकित्सकहरुलाई सिकलसेल औषधि वितरणमा योगदान गर्न तयार हुन आह्वान गरे । उनले नेपालकै धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको स्मरण गर्दै निरोगी समाज

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 219 पटक पढिएको
  • तिहारका पटकाले काठमाडौंलाई बनायो विश्वको आठौँ प्रदूषित सहर

    काठमाडौं–तिहारमा पटका पड्काइएपछि काठमाडौंको वायु प्रदूषण बढेको छ। शुक्रबार साँझ एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क १६० पुगेको छ, जसले सहरलाई विश्वको आठौँ प्रदूषित सहरको सूचीमा राखेको छ ।पटका पड्काउँदा वायु र ध्वनी प्रदूषण बढ्ने भएकाले नियन्त्रण आवश्यक रहेको विज्ञ बताउँछन् ।  वातावरणविद्हरुले पनि पटकाबाट निस्कने रसायनले प्रदूषण बढाउने, श्वासप्रश्वासमा समस्या ल्याउने, र स्वास्थ्यलाई असर पुर्याउने भन्दै सचेत रहन आग्रह गरेका छन् ।वातावरण अभियन्ता राजन थापाले दिपावलीका बेला पटका पड्काउनुका साथै बाढी-पहिरो, धुलो, तथा चिसो हावाको मिश्रणले पनि प्रदूषण बढाएको ब

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 425 पटक पढिएको
  • प्रसादको मासु खाँदा ३५ जना बिरामी

    काठमाडौं–अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रूपमा मासु खाएर ३५ जना बिरामी भएका छन् । दीपक केसीले आइतबार देउराली पूजा गर्नुभएको थियो, जसमा मासु प्रसाद दिइएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, आज बिहान थप सात जना बिरामी उपचारका लागि अस्पताल पुगेका छन् । अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, र शरीर दुख्ने लक्षण देखिएको जानकारी दिए । अहिले ३४ जनाको अर्घाखाँची अस्पतालमा र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान जारी रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • 543 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा